सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अविरल–४६मा चालिसेको आख्यानकारितामाथि परिचर्चा 

Nepal Telecom ad

वैशाख १४ गते शुक्रवार अपराह्न ठिक ३ बजे जनसांस्कृतिक महासङ्घको संयोजन र जनसाहित्यिक मञ्च नेपालको व्यवस्थापनमा जनसांस्कृतिक महासङ्घको  height=सभाकक्ष,{{read_more}} बागबजारमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४६ औँ शृङ्खला सम्पन्न गरियो । नेपाली प्रगतिवादी साहित्यका वरिष्ठ आख्यानकार, निबन्धकार, बालसाहित्यकार विजय चालिसेका एउटा कथा र एउटा लघु कथा सुनियो, आख्यानकारितामा विषयवस्तुको चयन, पात्र तथा परिवेश निर्माण गर्दै कथा लेख्ने शैलीका बारेमा कथाकारले प्रकाश पार्नुभयो । विगतमा नेपाली प्रगतिवादी साहित्यमा साधनारत एक जना वा कहिलेकाहीँ सोभन्दा बढी स्रष्टाका एक दर्जन कविता, गीत, गजल श्रवण गर्ने र ती सिर्जनामाथि टिप्पणीसमेत गर्ने उद्देश्यमूलक विशेष समारोहको आयोजना गर्ने गरिएकोमा योपटक वरिष्ठ आख्यानकार चालिसेलाई प्रस्तुत गर्ने र उहाँको आख्यानकारिताका बारेमा जानकारी लिने, अन्तरक्रिया गर्ने र आख्यानका क्षेत्रमा कलम चलाउनेहरूका लागि पनि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो विशेष समारोहको आयोजना गरिएको जानकारी उक्त विशेष समारोहकी सहजकर्ता डा.विन्दु शर्माले जानकारी दिनुभयो । साथै डा.विन्दु शर्माले आख्यानकार विजय चालिसेलेको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत सङ्क्षिप्त प्रकाश पार्नुहुँदै २०२० सालदेखि नै कवितामार्फत नेपाली साहित्यमा पाइला चाल्नथालेका चालिसेले २०३० मा ‘आँसुमा रुझेको जीवन’ शीर्षकको कथाबाट आख्यालेखनको सुरुआत गर्नुभएको, हालसम्म उहाँका दुइटा उपन्यास, छओटा कथासङ्ग्रह, दुई दर्जन बालसाहित्यका कृतिहरू, तीनओटा निबन्धसङ्ग्रह, एक लोक संस्कृति र साहित्य जस्ता कृतिहरू प्रकाशित भइसकेका छन् भन्नुहुँदै वरिष्ठ साहित्यकार चालिसे समाजका यथार्थलाई टिप्ने र नयाँ शैलीका माध्यमबाट सामाजिक रूपान्तरणका पक्षमा वकालत गर्ने साहित्यकार भएको चर्चा गर्नुभयो । 

उक्त विशेष समारोहको अध्यक्षता जनसाहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले गर्नुभएको थियो भने सञ्चालन मञ्चकी काव्य विभागकी संयोजक डा.विन्दु शर्माले गर्नुभएको थियो । जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई प्रमुख अतिथि रहुनभएको उक्त विशेष समारोहमा महासङ्घका महासचिव प्रेमनाथ अधिकारी, जनकलाकार माननीय सानु पहाडी, पूर्व मन्त्री शान्ता मानवी, नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य–सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्राज्ञ उदय श्रेष्ठ, वरिष्ठ साहित्यकार डम्बर घिमिरे, सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, प्रा.डा.खेम दाहाल, डा.विदुर चालिसे,  वरिष्ठ कवि तारा गाउँले, साहित्यकार पुरुषोत्तम सुवेदी, साहित्यकार डम्बर पहाडी अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । समारोहका वरिष्ठ नायकलाई अध्यक्ष राम विनयले माला लगाएर स्वागत गर्नुभएको थियो ।  

हरेक महिनाको दोस्रो शुक्रवार ठिक २.३० बजे उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने कहिले एक जना र कहिले एक जनाभन्दा बढी प्रगतिवादी साहित्यकारका एक दर्जन वा केही बढी कविता÷गजल सुन्ने र ती सिर्जनामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानले आज छयालिसौँ  शृङ्खला तय गर्दै छ र आजदेखि आख्यान सुन्ने र आख्यानकारको आख्यानकारिताका बारेमा जानकारी लिने यस्तो खालको थालनी गरेका छौँ । वरिष्ठ आख्यानकार विजय चालिसेकी जीवनसङ्गिनीको हालै देहावसान भएकाले उहाँ दुःखमा हुनुहुन्छ, हामी दिवङ्गत जीवनसङ्गिनीको यो दुखद अवसानका प्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ र विजय चालिसेलगायत सम्पूर्ण परिवारजनमा समेत समवेदना अर्पण गर्दछौँ । उहाँलाई परेको दुःखको ताजै अवस्थामा पनि हाम्रो आग्रह स्वीकार गरी यो समारोहमा आइदिनुभयो त्यसनिम्ति विजय चालिसेज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्नचाहन्छौँ भन्नुहुँदै निम्ता स्वीकार गरी आइदिनुहुने सबै सबैलाई स्वागतसमेत गर्नुभयो । 

समारोहका नायक विजय चालिसेले जनसाहित्यिक मञ्च, नेपालले विगत पौने चार वर्षदेखि थालनी गरेको यो अभियानमा कविता, गीत र गजललाई प्राथमिकता दिइरहेकोमा योपटक देखि आख्यानलाई समावेश गरेको र त्यसको प्रारम्भमै आपूmलाई छनोट गरेकोमा हार्दिक धन्यवाद दिन्छु । जीवनसङ्गिनी गुमाएर पीडामा परेको हुँदा यो आलो घाउकै अवस्थामा यस्तो विशिष्ट समारोहमा सोझै उपस्थित हुँदा असहज होला कि भन्ने धारणा राख्दा मञ्चका अध्यक्ष राम विनयले केही फ्रेस पनि भइन्छ, साथीहरूसँग घुलमिल हुने अवसर प्राप्त हुन्छ र दुःख बिर्सन सहज हुन्छ भनी आग्रह गर्नुभएकोले उपस्थित भएको जानकारीसहित २०४७ सालताकाको शिक्षक आन्दोलनसँग सम्बन्धित विज्ञान कथा ‘प्रयोग प्रत्यारोपण’ शीर्षकको कथावाचन गर्नुभयो भने डाक्टरहरूले गरेको हडतालसँग सम्बन्धित ‘हडताल’ शीर्षकको लघु कथावाचन गर्नुभयो । सहजीकरण गर्दै डा.विन्दु शर्माले समारोहलाई अन्तरक्रियात्मक पार्नुहुँदा आख्यानकार चालिसेले साहित्यमा पनि विशेषगरी आख्यान विधा रोज्नका लागि घरायसी वातावरणले त्यसमा पनि विख्यात आख्यानकार पिताजी रमेश विकलको साधनाले प्रभाव पारेको, पहिले पहिले दन्त्यकथा सुन्नेसुनाउने प्रचलन रहेको र त्यस्ता कथा सुनेपछि कल्पनाशीलतामा वृद्धि भएको आपूmलाई भान हुन्छ र समाजका भोगाइलाई उजागर गर्न आख्यान केही सहज लागेर आपूm यतातर्फ लागेको बताउनुभयो । आफ्नो समयमा विज्ञान कथा लेख्ने कार्यको थालनी विजय मल्लले गर्नुभए पनि आख्यान र विज्ञानको समन्वय त्यस समयको आवश्यकता महसुस भयो र स्वैरकल्पनालाई विज्ञानकथामा समावेश गरेको देखे वा पढेपछि विज्ञानकथालाई यथार्थपरक पार्न पाए हुन्थ्यो भन्ने लाग्यो र नै स्वैरकल्पनाको आवरणमा यथार्थ सम्प्रेषण गर्ने प्रयत्न मैले गरेको हुँ । लेखकको हिसाबले हेर्दा दन्त्यकथाका सुन्दर र कलात्मक विम्ब अनि तिनले दिने घुमाउरो तर महत्त्वपूर्ण सन्देश आजपर्यन्त यथार्थ लाग्छन् र त्यस्ता विज्ञानले प्रमाणित गर्नसक्ने कुराहरू कथामा समेट्ने प्रयास मैले गरेको छु । प्रयोगपरक संवादात्मक शैलीको प्रयोग पनि मैले गरेको छु । आख्यानलेखन सूत्रबाट होइन, सिर्जनापछि बल्ल सूत्र बन्छन्, समालोचना हुन्छ भन्ने मलाई लाग्छ । मेरो लेखनमा समाज, समाजका मान्छेका पीडा, व्यथिति, विसङ्गति, हेलाँहोचो जस्ता पक्षलाई उजागर गर्ने र प्रकारान्तरले रूपान्तरणको सन्देश सम्प्रेषण गर्ने प्रयत्न मेरो रहन्छ । नेपालका विभिन्न भूभागमा पुग्दा देखिएका अनेकखाले समस्या उजागर गर्ने र पौराण्कितासँग जोड्ने, दन्त्यकथासँग जोड्ने अनि कपोलकल्पितभन्दा यथार्थ पात्र र परिवेशलाई उजागर गर्ने मेरो प्रयत्न रहेको छ भन्ने धारणा राख्नुभयो । केही अन्तरक्रिया पनि भए र त्यस्ता अन्तरक्रियाले आपूmलाई पनि थप ऊर्जा प्रात गरेको धारणा आख्यानकार चालिसेले राख्नुभयो ।    

प्रमुख अतिथि खगेन्द्र राईले जनसांस्कृतिक महासङ्घको घटक सङ्गठन जनसाहित्यिक मञ्चले महासङ्घसँगैको सहकार्यमा विगत पौने चार वर्षदेखि अविच्छिन्नरूपमा सञ्चालन गरिरहेको ‘अविरल जनसाहित्य यात्रा–४६’ औँ शृङ्खलामा प्रमुख अतिथिको रूपमा उपस्थित हुने अवसर फेरि पनि प्राप्त भएको छ । विगतमा कविता, गीत, गजलले प्राथमिकता पाउँदै आएकामा यसपटक आख्यानलाई समावेश गरी वरिष्ठ स्रष्टालाई उपस्थित गराइएको पाउँदा खुसी लागेको छ र अन्य विधालाई पनि यसैगरी समावेश गर्दै जानु उपयुक्त हुने धारणा राख्नुभयो । 

कार्यक्रम सञ्चालक डा.विन्दु शर्माले आजको यो महत्त्वपूर्ण र विशिष्ट समारोहमा हाम्रो निम्ता स्वीकार गरी आइदिनुहुने नायक विजय चालिसे तथा सम्पूर्ण मान्यजनमा हार्दिक आभार व्यक्त गर्नुभयो र अर्काे शृङ्खलामा यहाँहरूलाई जेठको दोस्रो शुक्रवार फेरि प्रस्तुत गरिने स्रष्टासहित आमन्त्रण गर्ने नै छौँ भन्नुहुँदै अध्यक्षज्यूको अनुमतिले समारोहको समापन गर्नुभयो । 
रमेश पोखरेल
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad