साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मलाई कवि जस्तै हुन मजा लाग्छ

हेर दौडिएका छन् मान्छेहरू पुरानु भगवानको सिंहासन ओगट्न मेरो वर्तमानको ईश्वर पनि उनकै पछि लागेको छ कस्तो नि हगि ! त्यो भगवानलाई पनि मान्छे जस्तै हुन मन लागेको ?

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

मलाई कवि जस्तै हुन मजा लाग्छ
मलाई हार्न मजा लाग्छ
आफूले आफैँलाई पछार्न मजा लाग्छ ।

कतै चोक बजारमा उभिएका मान्छेहरू
सर्लक्क आफूभरि सारेर
उनीहरूकै चलनचल्तीका दुःखहरू
अघाउन्जेल आफ्नु भागमा पारेर
भरोसाको थोत्रे मादल बजाउँदै
मनग्गे गीत गाउँन मजा लाग्छ
जिन्दगीका बाङ्गा खुट्टाहरू टेकेर
आफ्नै तालमा रमाउन मजा लाग्छ
मलाई कवि जस्तै हुन मजा लाग्छ ।

मलाई कवि जस्तै हुन मजा लाग्छ
बतास भएर चारैतिर छुन मजा लाग्छ

नीलो रातमाथि नटुङ्गिने सपनाको ताँती
साथी नपाइ पर्खिएको आवाजहीन समय
सबैलाई एकसाथ सम्बोधन गरेर
अलल्लिई अलल्लिई रुन मजा लाग्छ
भन्छन्
मरेकाले फेरि मर्नु पर्दैन
झरेकाले फेरि झर्नु पर्दैन
जून अस्ताएको रातमा
आकाश गङ्गालाई भुइँमै ओह्रालेर
दुनियाँको मैलो धुन मजा लाग्छ
मलाई कवि जस्तै हुन मजा लाग्छ ।

हेर दौडिएका छन् मान्छेहरू
पुरानु भगवानको सिंहासन ओगट्न
मेरो वर्तमानको ईश्वर पनि उनकै पछि लागेको छ
कस्तो नि हगि !
त्यो भगवानलाई पनि मान्छे जस्तै हुन मन लागेको ?
सबै सबै हेरिरहेको मलाई
माथि आकासको एक टुक्रा खबटो उक्काएर
संसारलाई अल्झाउन मजा लाग्छ
मलाई कवि जस्तै हुन मजा लाग्छ ।

०००
गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x