साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तैले यहाँ के पाइस् !

कैयौँ कुर्सीबाट फ्याँकिए, तर पनि कुर्सीमा लड्कन वक्तव्य फलाको र रडाको गर्ने यहाँ छन्- यहाँ गजवकै पप्लू मास्टरी छ- फन्कोमा पप्लू पाउने धुन गजबकै हुँदो रहेछ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्य्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य्य ऋषि’का तात्कालीन व्यङ्ग्य्यको स्वाद नवपुस्तालार्ई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्य्यकारहरूलार्ई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

यहाँको प्राप्ति
सधैँ सधै गफडीका, झिरले रोप्नु माफिकका, कानमा ‘सुन्दर, शान्त, विशाल- विश्वमा अग्लो हिमाल, भनी हिमालको गौरव गाथा-पर्थे । नेपाली गौरव-गाथा पनि गफडीले मनग्गे सुनेको हो, तर अफसोस ! गफडीले कतै नसुनेको ! – त्यो सुन्दर हिमाल पप रहेछ । गफडी विचार गर्छ- जसले जे भने पनि पत्याउने गफडी आजसम्म दुई खुट्टा टेकेर तैपनि कसरी हिँडिरहेछ ! तर हजुर हो, एउटा भनाइ छ- लाटाका पनि दिन फिर्छन्, अथवा बाठो लड्छ सय बल्ड्याङ, भने लाटो लड्दैन । भनाइको तात्पर्य के भने गफडीका लाटा बुद्धिमा घाम लागेको छ अब यी झिरले रोप्नुपर्ने कान ठाडा भइसकेका छन् । कुरो के भने लाटो गफडीले यहाँको कुरो निकै बुझ्दै छ । हिमाल अग्लो र सुन्दर भएकाले यस सुन्दरतालाई ‘नछोऊ’ होइन, यसलाई माड्नेले बिताएछन् । हरियो जङ्गललाई आफ्नै निम्ति मङ्गल गर्नेले प्राकृतिक सुन्दरता लुटेछन् । राष्ट्रका अतिभक्त भन्ने सिल्लीहरूले ब्वाँसा वनेर यहाँको रगत पसिना चुसेछन् ! जम्माजम्मी कुरा गर्ने हो भने सकेछन्, केही राखेनछन् अनि तथाकथित साधु-महात्मा र देशभक्त हुने गफडी जस्ता मानिस तिन छक्क पर्नुबाहेक केही चारा छैन । यसैले कसैले सोध्दछ- ‘गफडी ! तैँले यहाँ के पाइस् ?’ गफडीको उत्तर छ-नप्पाइस उपलब्धि ! यहाँको प्राप्ति हात लाग्यो शून्य ! फुङ्ग ! (पप विहीन !)

मास्टरी अनि पप्लू मास्टरी
भजमन नारायन चैने जो छ हजुरहो । जब हात लाग्यो, शून्य, फुङ्ग त यहाँको मास्टरी पनि त्यस्तै ! महिनाभरि काम गर, सबले लथालिङ्ग छाडेका, छाडेका पशुजस्ता जनताजनार्दनको गोठालो वन ! तलव झोलाभरि ल्याऊ त्यसले घरखर्च थाम्ने नाम छैन । यति गर्‍यो, उति गर्‍यो । कस्तो थियो ? यस्तो भयो भन्ने चटकेहरूका कुरारूपी चटकमा मस्त ! सधँै नमोनारायन, न स्वास्नीलाई राम्रो गुनिउँ, न रोग लागेका बेला राम्रो औषध-उपचार । अनि ‘ठिक छ । राम्रो छ ।’ कम्पनीको गुप्तचरी ! गुप्तचरी पनि दिन प्रतिदिन धाऊ, यता जाऊ, उता जाऊ जातेआतेमा सम्पूणर् श्रम खत्तम, हुइपा । ताकत नमोनारायन ! बिल्डिङपति अर्कै ! अनि सुरु पत्रकारिता। पत्रकारी पनि प्रशासन चाटुकारी ! भाग्यविधाताको ‘नजर’ नलागेपछि र ग्रहदशाको मात्र नजर लागेपछि विज्ञापनमा पनि कमी ! यता पुत्रकारी ! उता अलपत्रकारी । अनि प्रभुहो, अब सुरु भो पप्लू मास्टरी ! सम्पूणर् विनाशको विनाशकारी । यसको अन्तेको कुरो गणेशजी (पप्लु) छिन्ने, जीवन उज्याल्ने, स्वमङ्गलकारी- अनन्त आनन्दकारी माग । तर यस क्षेत्रतिर ओलिंदा पनि गफडीको खेती भने वाँझै बनेको छ भाग्यको संहारकारी । त्यसैले गफडीलाई कोही दया गरी सोध्छन्, ‘गफडी, तेरो प्राप्ति तेरो उपलब्धि के गफडीको उत्तर छ- ‘सदा खुलेको जनता पार्टी चैने जो छ सो- रमिता हेर, कुरा सुन, ठुलाबडा उँभो लागेको हेर ! उनीहरूको पप्लू मास्टरीको तारेफ गर, यस सुन्दर शान्त विशाल देशको हावा-पानीमा आफ्नै देशवासी सप्रिएको हेरेर खोलेफाँडा भेटुन्जेल बाँच !

पातमा पात ! बातमा बात !
यहाँ गफडी मात्र आफू बिग्रिएँ भन्ने छैन र बिग्रिने धेरै छन् । पातमा पात हुँदा बातमा बात हुन्छन् र भन्दैछ अझ बिगार्ने त धेरै छन् । अब सुन्नोस् – बिगार्नेको कैरन । प्रधानमन्त्री भएर बिगार्ने अर्को ? अब प्रधानमन्त्री बन्न सन्की धुनमा नाना फलाक्ने अर्को ? – कुरो गजव छैन त ?) प्रज्ञाप्रतिष्ठाने भएर लैफुङ्गे हुने अर्कै लेखक ! यही आशामा झुन्डिएर उफ्रिने अर्कै सत्रौँ आश्चर्य होइन ?) । कैयौँ कुर्सीबाट फ्याँकिए, तर पनि कुर्सीमा लड्कन वक्तव्य फलाको र रडाको गर्ने यहाँ छन्- यहाँ गजवकै पप्लू मास्टरी छ- फन्कोमा पप्लू पाउने धुन गजबकै हुँदो रहेछ । ‘मास्टरीभन्दा पप्लू मास्टरी राम्रो ।’ कुनै दिन एउटा बुज्रुकले गफडीलाई भनेको हो । अब अर्थ लाग्दैछ- हुन पनि यहाँको धुन मात्र ‘पप्लू प्राप्ति’ रहेछ ! त्यसैको भजन छ यहाँ ! तिहारमा झिलिमिली देखिन्छ । हुन पनि प्रभु हो- यस महँगीमा यस भवसागरको चटारामा सिधासाधा व्यवहारले मात्र के हुन्छ र ! गणेशजीको प्राप्ति, धनपतिको मङ्गलमय पदवी प्राप्ति ! यी सब कुराका लागि मात्र पप्लू मास्टरीको खाँचो ! पप ! पप जीवनको एक मात्र घिडघिडो ! हवस् त तिहारे कुरो यत्तिमै शेष । आगे फेरि ।

०००
युगज्ञान वर्ष ११, अङ्क ४, २०३६
‘गफडीका गफ’ (२०६३)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
यो झापा हो

यो झापा हो

चूडामणि रेग्मी
प्यारोडी पाराका गफ

प्यारोडी पाराका गफ

चूडामणि रेग्मी
कविता गफ !

कविता गफ !

चूडामणि रेग्मी
सयौं लठ्ठी खाएका गफ !

सयौं लठ्ठी खाएका गफ...

चूडामणि रेग्मी
दुई कुरा !

दुई कुरा !

चूडामणि रेग्मी
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x