साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि बधाईं

देश रसातलमा डुबाएस्, जनता थाङ्नामा सुताएस् सोझो बाटो नहिँडेस्, साथीभाइ नचिनेस् यस्तै यस्तै कर्म गरेस्, देशजनतालाई मर्म हुने गरेस् परिवार उचालेस्, घरबार सुधारेस्

Nepal Telecom ad

हेम अधिकारी :

बधाईं छ
बधाईं नदिनु मूर्खता हुनेछ
त्यसैले दर्जा, शक्ति र क्षमता अनुसारको बधाईं !
ठुला भ्रष्टाचारीलाई झनै ठूलो बधाईं
मझौला भ्रष्टाचारीलाई
बढुवाको बधाईं

साना भ्रष्टाचारीलाई
लिस्नु चढ्न सक्ने बधाईं
बधाईं छ, बधाईं

नभ्रष्टाचारीलाई बधाईं दिने हिम्मत छैन
त्यसैले अहिले
साँचेर राखेँ
तर
भ्रष्टाचारीलाई
नदिई रहन सकिनँ
बधाईं ! बधाईं !! बधाईं !!
नभ्रष्टाचारीलाई चैँ
भ्रष्टाचारको शुभकामना
सिकेस्, जानेस्, बुझेस् र गरेस् भ्रष्टाचार
अनि दिउँला अहिले साँचेर राखेको बधाईं
जनता सताई सताई भ्रष्टाचार गरेनौ भने
फेरि पनि दिन्न है बधाईं ।

अनि अर्को बधाईं
जता ताकपर्छ त्यतै ताक्नेलाई
सकेसम्म ताक पारेस्
तिवारी नै तिवारी भेटेस्, गोतामे नभेटेस्
लाजघिन् नमानेस्, ठिकबेठिक नछानेस्
आफ्नालाई हानेस्, बिरन्तरीलाई मानेस्
आफू माउ नबनेस् तर दाउपार्ने बनेस्
गतिलो नगरेस्, अगतिलो नबिराएस्
देश रसातलमा डुबाएस्, जनता थाङ्नामा सुताएस्
सोझो बाटो नहिँडेस्, साथीभाइ नचिनेस्
यस्तै यस्तै कर्म गरेस्, देशजनतालाई मर्म हुने गरेस्
परिवार उचालेस्, घरबार सुधारेस्
बास्
यसपालिलाई यस्तै बधाईं ! साँच्चिकै बधाईं !

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धनमहिमा

धनमहिमा

हेम अधिकारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x