फित्काैली डटकमफुयाल र थापामगरलाई सम्मानित गर्दै प्रलेस अधिवेशन
प्राज्ञ बाबा बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा सह-इन्चार्ज डा. कृष्ण सुवेदी, बागमती प्रदेस अध्यक्ष डा. हरि सिलवाललगायतको उपस्थिति रहेको थियो ।

सिन्धुली, ,२०८१ जेठ २९ । प्रगतिशील लेखक सङ्घ नेपाल सिन्धुलीको शाखाको तेस्रो जिल्ला अधिवेशन टंकध्वज थापाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।
समितिको उपाध्यक्षमा धनमाया राई, सचिवमा बाबुराम श्रेष्ठ , कोषाध्यक्षमा केशवकुमार फुयाल, सह सचिवमा रुपक जमरा चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा दिल पौडेल,गोपी थापामगरलाई सर्वसम्मत चयन गर्दै दुई सदस्य कार्यसमितिले मनोनित गर्ने अख्तियारी प्रदान गर्दै अधिवेशन सम्पन्न भएको छ ।
सिन्धुलीको प्रसिद्ध कमलामाई पार्टी प्यालेसको सभाहलमा भएको सो कार्यक्रममा प्रलेस केन्द्रीय कोषाध्यक्ष तथा बागमती प्रदेस इन्चार्ज प्राज्ञ बाबा बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा सह-इन्चार्ज डा. कृष्ण सुवेदी, बागमती प्रदेस अध्यक्ष डा. हरि सिलवाललगायतको उपस्थिति रहेको थियो भने जिल्लाका प्रगतिशील श्रष्टाद्वय केशवकुमार फुयाल र गोपी थापामगरलाई खादा,अबिर र प्रमाणपत्रका साथ सम्मान गरिएको थियो ।
०००
– टंकध्वज थापाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest








































