साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लमजुङको पाउँदीमा कर्मदा सिर्जना मञ्चकाे कविगाेष्ठी

लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा कला संस्कृतिको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ । छन्द कविता, स्वच्छन्द , लोकछन्द, गजल रोचक ढङ्गबाट प्रस्तुत गरे

Nepal Telecom ad

लमजुङ, २०८१ वैशाख २९ कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङको २०८१ वैशाख २९ गते शनिवार ३६ औँ भौतिक कविगोष्ठी अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता तथा वरिष्ठ कवि अङ्गराज घिमिरे ज्यूको प्रमुख आमन्त्रित्वमा सम्पन्न भयाे ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ कवि एवं समीक्षक मातृकाप्रसाद खनालकाे उपस्थिति थियाे । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति थियो । आरम्भमा स्वस्तिवाचन, राष्ट्रिय गान पछि दिवङ्गत भएका स्रष्टाको सम्झनामा १ मिनेट मौनधारण गरियो ।

कवि गोष्ठीको उद्घाटन नरहरीबुटीको बिरुवा रोपण गरेर गरिएको थियो । स्वागत विष्णुप्रसाद पौडेलले गर्नु भएको थियो ।

लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा कला संस्कृतिको श्रीवृद्धिमा गहन योगदान पुऱ्याउँदै आइरहेको छ । छन्द कविता, स्वच्छन्द , लोकछन्द, गजल रोचक ढङ्गबाट प्रस्तुत गरे ।

रचनाहरू राष्ट्रभक्ति भावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक विकृति विरुद्ध प्रहार गरिएका थिए ।

यस अवसरमा रचना वाचन गर्ने कविहरू अङ्गराज घिमिरे, वासु थापा, जगदीश्वर पोखरेल, मातृकाप्रसाद खनाल, तीर्थराज अधिकारी, सुरेश अधिकारी, वासु सेढाईं , कमलीकान्त अधिकारी, लक्ष्मीप्रसाद मिश्र, हरिश्चनद्र अधिकारी, प्रकाश पोखरेल, नारायण ढकाल, तिलक सुवर्णकार, दिवाकर भट्टराई र रामबहादुर रानाभाट हुनुहुन्थ्याे । उहाँहरूले कविता वाचन गर्नु भएको थियो विमलप्रसाद धिकारी, सूर्यकान्त अधिकारी, शुक्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

भद्र स्रोतामा नानीमाया पोखरेल, कौमाया पोखरेल, रत्नकुमारी पोखरेल, डोलमाया पोखरेल, कमलनारायण श्रेष्ठ, दयाराम पोखरेल, टेकलाल श्रेष्ठ, विमला श्रेष्ठ, भगवती घिमिरे, राधा थापा, तिलमाया अधिकारी, कृष्णकुमारी श्रेष्ठ, नैनसिङ विक, सरगम पोखरेल, नन्दिता श्रेष्ठ, प्रियङ्का सिलवाल, सञ्जु राना मगर, गौरव श्रेष्ठ, खुशीराम पोखरेल, विष्णु गौली, ज्योतिष रामचन्द्र पोखरेल, मोहनदेव लुइटेल, गङ्गादेवी श्रेष्ठ, विष्णुप्रसाद पोखरेल, विष्णुप्रसाद पौडेल, भूमिनन्दन तिमलसेना हुनु हुन्थ्यो ।

प्रमुख आमन्त्रित अङ्गराज घिमिरेले साहित्य सुन्दर फूल हो, कविता समाजको दर्पण हो भन्दै आज वाचन गरिएका रचनाले देशमा वर्तमानमा भईरहेका विषय वस्तुलाई बिम्ब बनाएका छन् भन्नु भयाे ।। नेपाली साहित्यले देशलाई विश्वमा चिनाएको छ । वाचित रचनाले मन्त्र मुग्ध बनाए भन्नु भएको थियो । कर्मदाले देश विदेशका सर्जकलाई लमजुङको पाउँदीबजारमा जम्मा गरेको छ । कर्मदा, कर्मदा जस्तै अविरल बगिरहोस् भन्दै शुभकामना दिनु भयो ।

विशिष्ट अतिथि मातृका प्रसाद खनालले वाचन गरिएका कविताको सुललित ढङ्गबाट समीक्षा गर्नुभएको थियो । निर्भीक भएर वाचन गरिएका कविताको गुण दोष केलाउनु भएको थियो । वासु थापाले समीक्षक मातृकाप्रसाद खनालको कविताको सुन्दर किसिमले समीक्षा गर्नु भयो ।
कविगोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल बनाउनु हुने सम्पूर्ण स्रष्टालाई हार्दिक आभार व्यक्त गर्दै र धन्यवाद दिँदै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । सभाकक्ष उपलब्ध गराएर सहयोग गर्ने मर्स्याङ्दी आधारभूत विद्यालय प्रति आभार व्यक्त गर्नु भयो ।

उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको आर्थिक तथा साहित्यिक गतिविधि प्रस्तुत गर्नु भएको थियो ।

अन्त्यमा कमलकान्त अधिकारीले योगको अभ्यास गराउनु भएको थियो ।

०००

-जगदीश्वर पाेखरेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x