साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्दिवासमा स्रष्टासम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

कार्यक्रममा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष डा. सुमन कर्माचार्य र प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

Nepal Telecom ad

बर्दिवास महोतरी, २०८१ वैशाख २८ । महोतरी जिल्लाको बर्दिवासमा शुक्रबार विश्व नेपाली साहित्य महासंघको आयोजनामा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष डा. सुमन कर्माचार्य र प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बेलायती चिकित्सकहरू अगस्ता ट्रुसेल, एलेक्सिस एवरल, लारा एन्ड्रेक्सी, निना बुक्स्टन, सरिता तामाङ तथा उप प्राध्यापक कृष्ण अधिकारी समेतको उपस्थिति रहेको थियो । बेलायती चिकित्सक डा. अगस्ता ट्रुसेलले डेण्टल शीर्षकको अङ्ग्रे्रेजी कविता वाचन गरेकी थिइन् ।

विश्व नेपाली साहित्य महासंघ महोत्तरी शाखाका अध्यक्ष उद्धव अविचलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा प्रमुख अतिथि प्रेम घिमिरे अग्निकवचले साहित्य अन्तरात्माको अभिव्यक्ति भएको बताउँदै अब हामीले समाजलाई समाजवादीकरण गर्न सहयोग पुग्ने गरी कलम चलाउनु पर्ने आवश्यक्ता भएको बताउनुभयो ।

विशिष्ट अतिथि प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेले विश्व नेपाली साहित्य समाज महोत्तरीले यस क्षेत्रको साहित्यको फूलवारीलाई गोडमेल गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरेर महत्वपूर्ण योगदान पुर्‍याएकोले धन्यवाद व्यक्त गर्नुभयो । साथै शृङ्गारिक मुक्तक र गजल वाचन गरेर कार्यक्रममा रौनक थप्नु भयो ।

अर्का विशिष्ट अतिथि डा. सुमन कर्माचार्य ले देशकाल र परिस्थितिले नदेखेको कुरा साहित्यले देखेको हुन्छ भन्दै आज सुनिएका कविता समाजका ऐना जस्तै र कालजयी भएको विचार ब्यक्त गर्नुभयो र कुरूक्षेत्रको तारतम्य शीर्षकको कविता वाचन गर्नुभयो ।

पत्रकार गोपाल बरालले नेपाली साहित्यको क्षेत्रमा यहाँहरूको भूमिकाले आफूमा ईष्र्या जागेको विचार व्यक्त गर्नु भयो । राजन सिंले बर्दिबासका साहित्यिक व्यक्तित्वहरूको संगतले मलाई पनि लेख्न उत्प्रेरित गरेको विचार व्यक्त गर्दै प्रगतिवादी कविता वाचन गर्नु भएको थियो ।

यसैगरी मन्तव्यसहित कविता वाचन गर्नेहरूमा लिलानाथ गौतम, विपिराज दहाल, नारद काफ्ले, गोपाल यादव, विपुल विद्रोही, कुमार कुसुम, डेण्टल शीर्षकको अङ्ग्रेजी कविता डा अगस्ता ट्रुसेल, भीम राउत लगायत हुनुहुन्थ्यो ।

कार्यक्रममा जानकी साहित्य समाजकी देवी घिमिरे, मिथिला साहित्य समाजका अध्यक्ष विपीराज दाहाल, गौरी शंकर मिथिला वाङुमय प्रतिष्ठानका महासचिव कुमार कुसुम, साहित्य संरक्षण केन्द्र मधेश प्रदेशका सल्लाहकार गोपाल यादव, बलेसी साहित्य समाजका अध्यक्ष भीम राउत, बुढ्यौली साहित्य समाज महोतरीका अध्यक्ष नारद काफ्ले, बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विपुल विद्रोही, बर्दिवास छन्द चौतारीका लिलानाथ गौतम लगायतका स्रष्टाहरूले रचना वाचन गरेका थिए भने स्वागत मन्तव्य शुभेच्छा घिमिरेले र कार्यक्रम संचालन शान्ता अधिकारीले गर्नु भएको थियो ।

सभालाई समापन गर्दै सभापति उद्धव अविचलले बर्दिवास साहित्यको उर्वर भूमि रहेको विचार व्यक्त गर्दै कार्यक्रमलाई भव्य र सभ्य बनाएर सफल पार्न सहयोग गर्ने देशी विदेशी सबैलाई धन्यवाद दिनुभयो ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x