साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यलाई जगेर्ना तथा प्रवर्धन गर्नुहुने १५ सर्जक सम्मानित

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाको नगर प्रमुख श्री प्रकाश अधिकारीले साहित्य कहिल्यै नमर्ने क्षेत्र भएको आफूले साहित्य क्षेत्रमा केही नयाँ गरेर देखाउने धारणा राख्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौ, २०८१ वैशाख २९ । टोखा नगरपालिका र १ नं.वडा कार्यलय, झोर महाँकालको आयोजनामा साहित्यको जगेर्ना तथा प्रवर्धन कार्यक्रम -२०८१ सम्पन्न भएकाे छ ।

का.जि.टोखा न.पा. वडा नं. १ स्थित झरना पार्टी प्यालेसको प्रेक्षालयमा स्थानीय तथा विभिन्न क्षेत्रबाट पाल्नुभएका साहित्यिक व्यक्तित्वहरूको उत्साहजनक उपस्थितिका साथ भव्य रूपमा सम्पन्न भएकाे हाे ।

कार्यक्रममा लामो समयदेखि साधनारत विभिन्न विधाद्वारा नेपाली भाषा साहित्यलाई जगेर्ना तथा प्रवर्धन गर्नुहुने स्थानीय १५ सर्जकहरूलाई नगद र सम्मानपत्र तथा मायाको चिनो सहित सम्मानित गरिएको थियो ।

टोखा न.पा. १ नं. वडाका वडा अध्यक्ष श्री रमेश कुमार लामिछानेज्यूको सभापतित्व, टोखा न.पा. का नगर प्रमुख श्री प्रकाश अधिकारीज्यूको प्रमुख आतिथ्य तथा साहित्यका विभिन्न विशिष्ट व्यक्तित्वज्यूहरूको आतिथ्य रहेको उक्त कार्यक्रममा स्थानीय सर्जक लगायत ३५ जना सर्जकहरूले आ आफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा डा. दामोदर पुडासैनी ‘किशोर’, वरिष्ठ साहित्यकार वासुदेव गुरागाईं र समकालीन मुक्तककार सन्तोष अम्गाईँले वक्ताका रूपमा मुक्तक बिधा, समसामयिक साहित्य, साहित्य र पर्यटन विषयमा आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको सहजकर्ता एच.के. धिताल र चेतनपथ माधव रहनुभएको थियो । कार्यक्रमको सञ्चालन गीतकार एच के धिताल र गजलकार आँचलकुमार शर्माले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाको नगर प्रमुख श्री प्रकाश अधिकारीले साहित्य कहिल्यै नमर्ने क्षेत्र भएको आफूले साहित्य क्षेत्रमा केही नयाँ गरेर देखाउने धारणा राख्नु भएको थियो ।

कार्यक्रममा टोखा- १ का स्वर्गीय मंगलबहादुर तामाङ (गीत र गायन) र स्वर्गीय भैरव अधिकारी (भजन र साहित्य )लाई मरणोपरान्त साहित्य जगेर्ना तथा प्रवर्धन पुरस्कार-२०८१ प्रदान गरिएको थियो। साथै नरहरी दुलाल (गायन), श्यामकाजी श्रेष्ठ (गायन तथा गीत), शुदर्शन अधिकारी (गायन), सुमनकुमार धिताल (गीत), सुन्दरकुमार लामिछाने (कला तथा गायन), ईश्वरीप्रसाद अधिकारी (पत्रकारिता तथा साहित्य), ई.महेश्वर अधिकारी (उपन्यास), दिपेन्द्र घिमिरे (उपन्यास), आँचलकुमार शर्मा (गजल), शिव शर्मा (छन्द कविता), माधव बिडारी (उपन्यास), हरिकृष्ण धिताल (गीत र मुक्तक) र रेणु अधिकारी (गीत, लघुकथा र कविता)लाई नगदसहित साहित्य जगेर्ना तथा प्रवर्धन पुरस्कार-२०८१ तथा सम्मान प्रदान गरिएको थियोे ।

साेअवसरमा टोखा नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा कार्यक्रमका सभापती श्री रमेशकुमार लामिछानेले यस कार्यक्रमले आफ्नो वडाको गौरव बढाएकोले आफूलाई खुशी लागेको र यो कार्यक्रमको निरन्तरता दिने वचन दिनु भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति, काठमाडौका सदस्य श्री राजकुमार बिडारी, पूर्व वडा अध्यक्ष श्री श्रीकृष्ण अधिकारी, मुक्तक अभियन्ता श्री सुनिल अधिकारी र श्री मदन नेपाल, मुक्तक मन्च, काठमाडौका अध्यक्ष श्री राजेन्द्र घिमिरे,वरिष्ठ साहित्यकारहरु श्री योगेन्द्र तिमल्सिना, मुकुन्द पौडेल, मुकुन्द शर्मा चालिसे, कवि उमेश पाण्डे लगायत अन्य साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

०००
– चेतनपध माधवद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x