साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको ९२औँ शृङ्खला

Nepal Telecom ad

सुरभि साहित्य प्रतिष्ठानले आफ्नो नियमित मासिक कार्यक्रमको ९२ औँ आख्यान वाचन कार्यक्रम २०७५ वैशाख १५ गते शनिबार सम्पन्न गरेको छ ।{{read_more}}  height=प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा वरिष्ठ साहित्यकार कणाद महर्षिको प्रमुख आतिथ्य थियो भने अतिथिहरूमा उद्धव रायमाझी, भवानी सापकोटा हुनुहुन्थ्यो ।

यस कार्यक्रममा कुसुम शर्मा, रमेश भट्टराई पुजारी, रञ्जु खनाल, सुशील आचार्य, पवित्रा अधिकारी, घनश्याम प्रसाईं, निरञ्जन आचार्य, रामचन्द्र खतिवडा, महेशकुमार वाग्ले, कात्यायन, परशुराम पराशर र कणाद महर्षिले आख्यान वाचन गर्नुभएको थियो । यस आख्यान वाचन कार्यक्रममा स्रोताहरूको पनि बाक्लो उपस्थिति थियो । कार्यक्रममा वाचित कथाहरूको समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो । वहाँले कथाका आवश्यक तत्वहरूको उपस्थिति कथामा अनिवार्य हुनुपर्ने कुरा उठाउनुभएको थियो । 

प्रमुख अतिथि कणाद महर्षिले कथा लेखन र वाचन गराउने यो प्रतिष्ठान काठमाडौँमा सायद प्रथम नै होला भन्दै कथामा निपुणता र परिपक्कता बन्न सिकाउने यस प्रतिष्ठानले उहाँलाई पनि कथाको पुस्तक प्रकाशन गर्न हौस्याएको कुरा बताउनुभयो । कतिपय कथाकारहरू यहीँबाट उत्पादन भई उत्कृष्ट बनिसकेका कुरा बताउँदै वहाँले कथाकार जन्माउने यस संस्थालाई सलाम गर्छु भन्नुभयो । कार्यक्रमको अन्त्यमा सभाध्यक्षले सबैलाई धन्यवाद भन्दै कथा लेखनमा आपूm पछि परेको स्वीकार गर्दैै अबका दिनहरूमा यसलाई निरन्तरता दिने कुरा बताउनुभयो । 

कार्यक्रम प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो भने सदस्य रामचन्द्र खतिवडाले स्वागत गर्नुभएको थियो ।  
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x