साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपमको साहित्यिक अनुष्ठान 

Nepal Telecom ad

२०७५ वैशाख १५ गते शनिवार एडमार्क कलेजमा अनुपम सिर्जना प्रतिष्ठान नेपाल कलङ्कीको उनान्सत्तरीऔँ रचना वाचन सम्पन्न भयो । {{read_more}}  height=प्रतिष्ठानले हरेक महिना फरक विधामा रचना वाचन शुरू गरेको छ । वर्षको पहिलो महिनामा कविताको पालो परेको हुँदा सोही विधालाई प्राथमिकता दिइयो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । संस्थाका उपाध्यक्ष रमेसप्रसाद गौतम ज्यूको अध्यक्षतामा भव्यरूपमा कार्यक्रम सम्पन्न भयो । काठमाडौं उपत्याकाको पश्चिम मूलद्वारमा रहेको एक मात्र साहित्यिक संस्थामा रोचक ढङ्गबाट स्रष्टाहरूले रचना वाचन गरे । रचनाहरू राष्ट्रभक्तिभावले भरिपूर्ण भएका, जनचेतना मूलक ,सामाजिक बिक्रिति बिरुद्धका विषयमा प्रहार गरिएका थिए । 

सो अबसरमा रचना वाचन गर्नेमा रमेशप्रसाद गौतम, डा.बमबहादुर जिताली, जगदीश्वर पोखरेल, हृदयपाणि अधिकारी, बिनुबाबा घिमिरे, मुकुन्द न्यौपाने, सुधा बाँसकोटा, हरि खनाल, माधव घिमिरे अटल, जसध्वज गुरुङ, पूर्णप्रसाद पन्त, कालीचरण बस्नेत, रामप्रसाद जोशी, सीता कोइराला, लक्ष्मीकुमार कोइराला, हरिप्रसाद पण्डे हुनु हुन्थ्यो ।

यसै गरी आफ्ना रचना वाचन गर्ने स्रष्टा खगेन्द्र खोल्साघरे, जनार्दन धड्कन, पुरुषोत्तम सिग्देल, ईश्वरीप्रसाद न्यौपाने, जयमङ्गल सापकोटा, लिलाधर पाण्डे, द्वारिका कुइकेल, तारा के.सी., शशि थापा पण्डित र उमेश पण्डे हुनु हुन्थ्यो । संस्थाका महासचिव जगदीश्वर पोखरेलले संस्थाको गतिविधिको वारेमा बोल्नु हुँदै हरेक महिनामा फरक विधामा रचना वाचन गरेर कार्यक्रमको आकर्षण बढाइने छ भन्दै अभ्यागतहरूलाई हार्दिक स्वागत गरेर कार्यक्रम समेत आकर्षकशैलीमा सञ्चालन गर्नु भएको थियो । 

सभाध्यक्ष रमेशप्रसाद गौतमले आफ्नो धारणा व्यक्तगर्नु हुँदै सहभागीहरूलाई धन्यवाद दिदै सभा विसर्जन गर्नु भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x