साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपना अनि काठमाडौं 

Nepal Telecom ad

घाम जून आँखा भरि बोकेर height=
नागढुङ्गाबाट धुवाँ र धुलोको 
बाक्लो बादल छिचोल्दै {{read_more}}
म राजधानीको कालो आकाशमा 
फैलने कोशिस गर्छु

रङ्गिन सपनाहरू टाँस्छु 
बादलका भित्ता भरि
मेरा अबोध स्निग्ध परेवी
सपनाका सुन्दर स्केचहरू
जून झैँ बादलमा हराउछन्
धुलो टक्टक्याउदै थाक्छन्

एक पोका ताराहरू 
पोलिष्टर कमिजको गोजि भरि राखेर
भानुभक्तको कान्तिपुरिमा 
उत्साहित पाइला टेक्छु
एक बित्ता उज्यालो
आँखाको परेलीमा अडाएर उठ्छु

मेरा ती रङ्गिन ताराहरू 
मैले थाहा नपाइ खै कता खस्छन्
त्यो एक बीत्ता उज्यालो
साँझको रातो घाम संगै डढ्छन् खाग हुन्छन्
मेरा सपनाका घाम जून
मेरो आँखालाई छक्याउदै
छितिजतिर ओर्लन्छन् 
अनि बिस्तारै टाढिन्छन् मबाट

म उता एक्लै हिडदा नि 
पटक्क डर हुन्नथ्यो
आज एता बाटो भरि मान्छे हुँदा नि
डरले डेरा जमाउछ बेस्कन
फकाउदै फकाउदै मलाई नङ्ग्याउछन
यहाका झिलिमिली बत्तिहरू

मेरा एक मुठ्ठी जूनकीरी रहरहरू
धरहराबाट हाम फालेको थुप्रै भयो
गरेको थिएँ मैले हारगुहार 
नसकेर
मनका परालहरू दुईचार त्यान्द्रा बटुलेर
मन नमान्दा नमान्दै त्यहिनेर
आफ्नै हातले दाहसंसकार गरेको थिएँ
बिचरा रगताम्य मेरा जूनकीरीहरू

मलाई थाहा छ
अब म बिजुलि बत्तीको उज्यालोमा
यहाँ जुनकीरी खोज्न सक्तिन
अब म घरहरूको थुप्रोहरूमा
घाम जून उमार्न सक्तिन
स्वार्थ का काला आकाशमा
ताराहरू छर्न सक्तिन ।

सबै घाम जून अनि एक अन्जुली
ताराहरू एतै हराएर
अनि सपनाहरू एतै बुझाएर
फर्किदैछु उतैतिर
जहाँ मलाई मन पराउने 
मेरा कलिला घाम जून अनि ताराहरू 
मेरै बाटो हेरिरहन्छन् हर साँझ बिहान !!

भोजपुर, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x