साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता पो म त

आफ्नै भुँडी फुकाइएकै छ खोलानाला सुकाइएकै छ इमान, नैतिकता लुकाइएकै छ वनजङ्गल मासिएकै छ चुरे पहाड नासिएकै छ जिउँदै यतै आएपछि स्वर्गै यतै पाएपछि गाउँघरलाई त चिन्दिनँ म ।

Nepal Telecom ad

शिव सस्मित :

चुनावरूपी नारनपुजामा
झुट्टा आश्वासनको प्रसाद बाँड्दै
दुराचारको खोपडीमा
कुविचारको भिख माग्दै
शोक, भोक र रोगले सताइएका
‘जनता’ सबैले बताइएका
निरीह प्राणीहरूलाई
एकमुठी सपना ‘राहत’ दिन
विरोधीलाई ‘आहत’ दिन
सत्तातिर ढल्किएको
भत्तातिर पल्किएको
जनताहरूलाई ‘हलो’ गर्ने
आफ्नै पेटको भलो गर्ने
राष्ट्रहितको ‘व्यथा’ पो म त
जनता मेरा ‘दुहुना गाई’
‘जनता’को नेता पो म त ।

कसैले नपत्याएर के भो ?
चुनावबाट आइएकै छ ।
जिते पनि हारे पनि
समानुपातिक खाइएकै छ
सभामा नबसेर पो त के भो ?
दानदक्षिणा पाइएकै छ
मेट्दै नमेटिने
असहमतिको बन्द कोठाभित्र
भेट्दै नभेटिने
सहमति खोज्दै खोज्दै
स्वार्थसिद्धिका बाटाहरू,
भ्रष्टाचारका पाटाहरू
भित्री मनले रोज्दै रोज्दै
राजनीतिमा रमाइएकै छ
राष्ट्रलाई बाउको विर्ता ठान्दै
नफुत्कने गरी
सिङ् र जुरो समाइएकै छ
पुस्ताँंलाई पुग्ने कमाइएकै छ
बुढ्यौली लाग्यो कसले भन्ने ?
उधौँली लाग्यो कसले भन्ने ?
नखाए बगलीमा हल्लिन सक्ने खाए
नालीमा झल्लिन सक्ने
उमेर खाएको केटा पो म त
जनता मेरा ‘दुहुना गाई’
‘जनता’ को नेता पो म त ।

गुटबन्दीको बीउ छरेर
एकताको नारा घन्काउँदै
बुद्ध जगाउने निहुँ गरेर
युद्ध निम्त्याउने पारा रन्काउँदै
कैयौँका ढाड भाँचिएकै छ
घरबार छोडी दरबारतिर
यसै गरी बाँचिएकै छ
आफ्नै भुँडी फुकाइएकै छ
खोलानाला सुकाइएकै छ
इमान, नैतिकता लुकाइएकै छ
वनजङ्गल मासिएकै छ
चुरे पहाड नासिएकै छ
जिउँदै यतै आएपछि
स्वर्गै यतै पाएपछि
गाउँघरलाई त चिन्दिनँ म
राजधानी छोडी हिँड्दिनँ म
भन्नलाई पो जनताका लागि
त्यता होइन, यता पो म त
जनता मेरा दुहुना गाई
‘जनता’ को नेता पो म त

०००
म्याग्दी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव सस्मित
आफ्नै डम्फू

आफ्नै डम्फू

शिव सस्मित
कुर्चीशास्त्र

कुर्चीशास्त्र

शिव सस्मित
मै पाजी

मै पाजी

शिव सस्मित
व्यथैव्यथा

व्यथैव्यथा

शिव सस्मित
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x