साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफ्नै डम्फू

कल्पना, सपनाका संसार घुम्दै समयलाई आफ्नो काबुमा राख्दै एकैछिनको बहाना गरी गरी अरूका चाहना बिक्री गर्न ? लाजसरम सबै पचाउँछ मान्छे आफ्नै डम्फू बजाउँछ मान्छे ।

Nepal Telecom ad

शिव सस्मित :

खण्डकाव्यका कुरा के गरौँ ?
महाकाव्यमा भर त के परौँ ?
बाइबल र कुरान छुनै आँटेका
अठार पुराण हुनै आँटेका
हजारै जिब्रा शेषनागले नभेट्ने गरी
चारै टाउके ब्रह्माले नदेख्ने गरी
गिदीले लम्पूm बनाइए पनि
अक्षम वर्गमा जनाइए पनि
कुनामा छेकेर थुप्र्याइए पनि
झुप्रामा राखेर कुप्र्याइए पनि
महलकै सपना सजाउँछ मान्छे
आफ्नै डम्फू बजाउँछ मान्छे ।

एक बित्ता तल झुन्डिए पनि
कानका लोती उसकै राम्रा
खराब खराब देखे पनि
आँखाका ज्योति उसकै राम्रा
दिनहुँ काली लगाए पनि
कपाल कालो उसकै जाती
गलगाँड भने त आँखै तर्ने
घाँटीको रालो उसकै जाती
जस्तै मरन्च्याँसे किन नहोस्
सर्लक्क जिउ उसकै परेको
घरमा के छ तेलको भुटन
पेटमा घिउ उसकै परेको ।

घरको साँचो उसकै बलियो
भैँसीको फाँचो उसकै ठुलो
कुकुरका छाउरा उसकै धेरै
चिनेका दाउरा उसकै धेरै ।
बाहिर होस् या भित्र ऊ नै जाती
जति छन् इष्टमित्र उनै जाती
सम्पत्तिदेखि दम्पतीसम्म
बाउबाजेदेखि सन्ततिसम्म
स्वबखानका गीत गाउँछ मान्छे
आफ्नै डम्फू बजाउँछ मान्छे ।
छुरारूपी थुतुनो उसको
बकम्फुसे कुरा बनाउँछ ।

फाटेको, च्यातिएको, मकिएको मनलाई
गोबरले टाल्दै, आधुनिक जनाउँछ
झिँगामुन्टे काममा फूर्ति लाउँछ
कलौटे ओठमा सुर्ति कोच्दै
चुनौतीमा फेरि मूर्ति बस्दै
बेफुर्सदीका उखान हाल्दै हाल्दै
स्वपरमेश्वरका बखान छाँट्दै छाँट्दै
परलौकिक ज्ञान जानेजस्तै
सबैले प्रभुलाई मानेजस्तै
अरूको अस्तित्वमा लजाउँछ मान्छे
आफ्नै डम्फू बजाउँछ मान्छे ।

नाकका टोटा फुलाएर
पिनासको झोल बगाएर
र्‍यालग्रन्थीका छिटाहरु
सामुन्नेको मुखमा उछिट्याएर
दुई मिनेट भन्दै कुनातिर तान्दै
घण्टौँ गफका पासा हान्दै
गफैका पिलेनमा आकाश उड्दै
कुरैका रकेटमा अन्तरिक्ष चुम्दै
कल्पना, सपनाका संसार घुम्दै
समयलाई आफ्नो काबुमा राख्दै
एकैछिनको बहाना गरी गरी
अरूका चाहना बिक्री गर्न ?
लाजसरम सबै पचाउँछ मान्छे्
आफ्नै डम्फू बजाउँछ मान्छे ।

०००
रचनाकाल २०६८, साउन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव सस्मित
नेता पो म त

नेता पो म त

शिव सस्मित
कुर्चीशास्त्र

कुर्चीशास्त्र

शिव सस्मित
मै पाजी

मै पाजी

शिव सस्मित
व्यथैव्यथा

व्यथैव्यथा

शिव सस्मित
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x