साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मै पाजी

गन्नेले अमान्छेको औँलामा गनोस् भन्नेले मूर्ख अज्ञानी भनोस् चोरले औँला तेर्साएर के भो ? मूर्खले ज्ञानी नभनेर के भो ? फटाहाले जाली देखेर के भो ?

Nepal Telecom ad

शिव सस्मित :

कसैको आसनमा घुसारिएन औँलो
कसैको हत्केला मुसारिएन चिल्लो
न त कसैको पाउ मोलियो
न त बोलीमा चिनी घोलियो
असत्यलाई ज्यूहजुर भन्दै
व्यभिचारसित मन्जुर हुँदै
अनैतिकताका मोडिएन बाटा
सामन्तीसँग जोडिएन नाता
‘प्रभु’ का शरणमा वरण पर्न
अरूको अस्तित्व हरण गर्न
न त कसैलाई बनाइयो काजी
न त आफैँ काजी भइयो
स्वाभिमान बाँच्न राजी भइयो
त्यसैले त आज पाजी भइयो ।

थुकेको थुक चाटिएन
कुराको डोरी बाटिएन
अन्तरमनमा पालेर क्लेश
परमनलाई लगाएर ठेस
स्वार्थका मैदान झेलिएन
कसैको मखुण्डो पहिरिएर,
कसैको भकुण्डो खेलिएन ।
धाकधक्कु बाँडिएन
मानवताको धर्म विरुद्ध,
कसैको मनलाई भाँडिएन ।
झुटको खेती लगाएर
बुटको शासन विजय गर्न
न त कसैलाई बनाइयो बाजी
न त आफै बाजी भइयो
स्वाभिमान बाँच्न राजी भइयो
त्यसैले त आज पाजी भइयो ।
पाइलाहरू रोकिएन
शोषकहरूलाई बोकिएन
न्यायका भाषा बोलियो बोलियो
अन्यायका नाका तोडियो तोडियो
ध्वाँसका खुट्टा हालेर कतै
चिन्तनमा खोट पालेर कतै
कुमार्गमा हिँडिएन कहिल्यै
कसैका चाहना गिँडिएन कहिल्यै
कसैको खल्तीमा बाँच्न सकिएन
कसैको चल्तीमा चल्न सकिएन
आफ्नै कर्मको साक्षी भइयो
परजीवीका नजरमा लाक्षी भइयो
क्रुर, निर्मम निर्दयी बनी
न त कसैलाई बनाइयो नाजी
न त आफू नाजी भइयो
स्वाभिमान बाँच्न राजी भइयो
त्यसैले त आज पाजी भइयो ।

गन्नेले अमान्छेको औँलामा गनोस्
भन्नेले मूर्ख अज्ञानी भनोस्
चोरले औँला तेर्साएर के भो ?
मूर्खले ज्ञानी नभनेर के भो ?
फटाहाले जाली देखेर के भो ?
चाप्लुसले खाली लेखेर के भो ?
चिन्तनमा खोट पाल्न सकिन्न
कसैलाई खाडलमा हाल्न सकिन्न ।
नजिकै भई मनमा बसेर
जानेवेला छुरा धस्न सकिन्न
कालो साँप बनेर स्वार्थको
चोरझैँ झ्यालबाट पस्न सकिन्न
कसैको जीवनलाई डस्न सकिन्न ।
बरू अमान्छेकै कित्तामा परी
एक्लो वृहस्पति झुट्टा बनिन्छ
सत्यको बाटाका खुट्टा बनिन्छ ।
स्वाभिमान बाँच्न राजी भइन्छ ।
भए बरू आफैँ पाजी भइन्छ ।

०००
म्याग्दी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

शिव सस्मित
नेता पो म त

नेता पो म त

शिव सस्मित
आफ्नै डम्फू

आफ्नै डम्फू

शिव सस्मित
कुर्चीशास्त्र

कुर्चीशास्त्र

शिव सस्मित
व्यथैव्यथा

व्यथैव्यथा

शिव सस्मित
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x