साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरीकाे मनपरी

बडी नाक कोट्याउँदै बोलिन् , साँच्चै यो ‘सरी’ ले मार्‍यो है । जेमा पनि ‘सरी’ । म पर पुगिसकेको थिएँ... बडीले भनेकी सुनिरहेकी थिएँ- ल... ल... यो ‘सरी’ ले गर्छ है मनपरी ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

अङ्ग्रेजी भाषाबाट आएर तपाईं हाम्रो जिब्रोमा फेभिकोल वा क्विक फिक्स झैँ ट्याप्पै टाँसिएको शब्द ‘सरी’ । कतिलाई ‘सरी’ शब्दको खासै अर्थ याद नभए पनि सानातिना विराम हुँदा स्वतः निस्किहाल्ने शब्द ‘सरी’ । ‘सरी’ विशेषण शब्द हो । अङ्ग्रेजी शब्दकोशमा SORRY को अर्थ यस्तो पाइन्छ- feeling syampathy for some elseÚs mis–fortune,  feeling or ecpresing regret.

कुनै कुरामा दुःखित हुनु, खिन्न हुनु, दुःखी हुनु, उदास हुनु, शोकाकुल हुनु वा अफसोच व्यक्त गर्नु नै ‘सरी’ हो । खासमा ‘सरी’ भन्नु नै मसिना-मसिना विराम भएमा अनौपचारिक क्षमायाचना गर्ने सजिलो बहाना हो यो ‘सरी’ शब्द ।

हाम्रो जिब्रोबाट ‘सरी’ शब्द छिटो निस्किन्छ । गल्ती वा विराम जस्तो सुकै ठूलो भए पनि ‘सरी’ भनेपछि काम तमाम । एकदिनको घटना बताउँ । खुट्टामा पिलो निस्केको थियो । अफिसमा धमाधम अडिट हुनाले अफिस जानैपर्ने । किनभने अफिसको हिसाब किताब मैँ हेर्थे । धमाधम अडिट चल्दैछ । जसोतसो गरेर खोल्च्याइङ खोल्च्याङ हुँदै पनि अफिस पुगेँ । पिलो टनटनती भएर केही छैन । अडिटरलाई सबै कुरो बुझाउँदै थिएँ । बडाबाबुले मलाई केही सोध्न मकहाँ आए । म सम्मानको लागि जुरुक्कै उभिएँ । उनले मेरो पिलोमै टेके । नेपाली जिब्रोबाट अचानक ‘ऐय्या’ निस्कियो । मेरै छेउमा बसेको अडिटर पनि तर्से म कराएकी देखेर । हुरुक्कै भएँ । दुःखेर केही देखिनँ । त्यति नै बेला बडाबाबुको मुखमा उल्टा झ्याँपटले दिनु मन लागेको थियो । बडाबाबु के भयो… के भयो… भनी मलाई सोधे । उनको दोष होइन । बडाबाबुले पो मलाई उनको स्टाफ भनेर चिन्छन् तर उनको खुट्टाले मेरो खुट्टालाई के चिन्छ र अनि मेरो खुट्टामा पिलो निस्केको छ भन्ने बडाबाबु फरुवाजस्तो खुट्टालाई के थाहा ।

बडाबाबुलाई पिलो निस्केको कुरा गरेँ । उनले एकै श्वासमा भनेँ, ‘सरी’ । सरी भनेर उनी बाँचे… तर मलाई जुन परेको थियो नि त्यो कसरी भनूँ… भन्ने शब्दै थिएन मसित ।
बडाबाबुले सोधे -‘दुःख्यो म्याम ?’ अडिटरले भने, ‘पिलोमाथि तपाईंको फरुवाजस्तो खुट्टाले टेक्दा दुःख्दैन ?’

पानको कसले दाँतै नदेखिने कालो दाँत देखाउँदै बडा बाबुले, सरी… सरी… आई एम एक्सट्रिमली सरी । आई एम भेरी मच सरी । हुन त उनलाई पनि अपठेरो लाग्यो होला । आफूले गतिलै काम बिराएँ भन्ने कुराले उनलाई चिमोट्यो होला । स्वाभाविकै हो । तर आफ्नो सानो अदेख गल्ती वा विरामलाई छोप्न उनले त्यस दिन कति पल्ट चाहिँ ‘सरी’ भने त्यसको हिसाब मसित छैन ।

तर घरमा मेरो पति महोदय होस् वा छोरो वा कसैले पनि पिलोमा टेकिदिएको भए त्यति बेला आँखा छैन, यहाँ पिलो निस्केको छ भनेर थाहा छैन भनी उल्टा झ्याँपट हानेर उत्तानो चित् पारिदिन्थेँ । तर बडाबाबुलाई त्यसो गर्नुभएन । सहेर भए पनि होइन ठिकै छ भनेर पिलो दुःखेको लुकाउन खोजेँ । त्यसदिन अफिसमा पिलोले सताएर बस्नै सकिनँ । तर बडाबाबु भने ‘सरी’ भनेर उम्कि हाले ।

कति सजिलो छ हिजोआज सानो कुरामा पनि ‘सरी’ भन्ने यो ‘सरी’ शब्द । यो सरी शब्द हाम्रोतिर ओसार्ने नै यी अङ्ग्रेजहरू हुन् । बडाबाबुले उनको फरुवा जस्तो खुट्टाले मेरो पिलोलाई बुल्डोजरले जस्तै थिच्दा म दुःखेर जुन प्रकारले हुरुक्कै भए त्यतिबेला बडाबाबुलाई रिस उठेन यो ‘सरी’ शब्द किन तयार पारे होला भनी अङ्ग्रेजसित पो रिस उठ्यो । अनि मनमनै सोँचे, यी अङ्ग्रेजहरूको खुट्टामा पिलो कहिले निस्केन कि क्या हो ? माल भए पो चाल पाओस् भने झैँ पिलो भए पो पिलोमाथि कसैले थिचेको, टेकेको याद होस् । बडाबाबुले मेरो पिलो टेकेको दिन रातभरि दुःखेर सुत्न सकिनँ । पेन किलर पनि फेल खाएको अन्त ।

कहिलेकाहीँ प्रेमी प्रेमिकामाझ सानो कुरामा पनि ठासाक् ठुसुक् हुन्छ । भनावरी हुन्छ । कति दिन बोलचाल भेट बन्द । अचेल त भेटघाट वा बोलचालमा भन्दा पनि इन्सटाग्राम, ह्वाट्सएप वा म्यासेञ्जरमा ठाटाक ठुटुक, ठुस्का ठुस्की । कति दिनसम्म ब्लक । यताबाट पनि ब्लक । उताबाट पनि ब्लक । इन्सटाग्राम, ह्वाट्सएप्, म्यासेञ्जर त ब्लक भयो भयो फोनमा पनि ब्लक । दुवै पार्टी ब्लक – ब्लक । एउटा खेलै चल्छ… ब्लकको । जस्तै ब्लक गरे पनि कतै ब्लक खोलि पो हाल्यो भनी फोन चियाउने ब्लके प्रेमी प्रेमिका दुवै यो संसारमा छैनन् भन्नु मिल्दैन ।

बुढा-बुढीको झगडा परालको आगो भनिन्छ तर म त भन्छु प्रेमी प्रेमिकाको इन्सटाग्राम, ह्वाट्सएप्, म्यासेञ्जरको झगड़ा हावामिठाइ । दुवैजनाको कुनै न कुनै दिन भेट हुन्छ वा मोबाइलमै गफ हुन्छ नै, त्यतिबेला यही क्इच्च्थ् शब्दले प्रेमि-प्रेमिका आलिङ्गन बाँधिएको देख्दा इन्सटाग्राम, ह्वाटस्एप् म्यासेञ्जरलाई कति कुरीकुरी लाग्दो हो भन्ने सम्झेर मलाई कुरीकुरी लाग्छ । किनभने मामुली कारण बिनै ब्लक प्रेमीलाई ब्लक गर्ने मै पनि एकजना हुँ । प्रेमी महोदय पनि त्यै ड्याङका मूला । र सोँच्छु आज यो ‘सरी’ शब्द नहुँदो हो ता संसारका हरेक प्रेमी प्रेमिकाले प्रयोग गर्ने इन्साटाग्राम, ह्वाटस्एप, म्यासेञ्जरहरूले आत्महत्या गरिसक्ने थिए । बस् यो क्इच्च्थ् ठुस्काठुस्की पर्ने प्रेमि प्रेमिकाले इन्साटाग्राम ह्वाटस्एप्लाई बचाईराखेको छ । धन्य ‘सरी’ शब्द ।

पहिले पहिले हाम्रो समयमा ‘सरी’ शब्द त्यति प्रचलित थिएन । त्यतिबेला आफूभन्दा ठूला मान्छेको खुट्टामा आफ्नो खुट्टा पर्दा हामी जिब्रो निकाल्दै ‘विष्णु विष्णु’ भनी आफ्नो हातले शीरमा राखी विष्ण पुकारी आफ्नो गल्ती स्वीकार गर्थ्याैँ । अनि चोट पर्नेले पनि ठिकै ठिकै छ भनी ‘विष्णु विष्णु’ शब्दको कदर गर्थे । तर त्यसबेला कसैले कसैको पिलो किल्चिदिँदा ‘विष्णु विष्णु’ भनेको मैले कहिल्यै सुनिनँ ।

अस्तिमात्रै मेरी गाउँकी साथी शिखासित भेट भयो । भेट्यो कि लामो गफिन्छौँ हामी । त्यसले सोधी, अन्त तेरो के खबर छ… तेरो हिरोको नि ।
मैले भनेँ, ‘अल ओके एण्ड फाइन ।’
मैले पनि सोधेँ, ‘तेरो नि…’
त्यो बोली, अम्मुई नभन् । हामी बाझेको एक हप्ता भयो । हेर न मैले उसको मन चोर्नलाई इन्साटाग्राम, ह्वाटस्एप, म्यासेञ्जर ब्लक गरिदिएकी थिएँ कि आमामा उसले पनि उल्टा मलाई ब्लक पो गरेछ जी । कल गरेको त्यसमा पनि ब्लक हेर् न । फेरि बहिनीलाई भनेर ब्लक खोल्न लाएँ । तर विचाराले मेरो कुरा जे पनि मान्छन् है । बहिनीको कुरा सुनेर ब्लक खोलेछन् । मेरो पाला फोनमा डेढ़ घण्टा भाषण सुनाएँ ।
मेलै सोधेँ, ‘के भने दाज्यूले अन्त ।’

के भन्छ र… उही त हो ‘सरी’ पो अरे । ‘सरी’ भन्दैमा सात खून माफ हुन्छ ? भन त एई ।

मैले आगोमा घिउ थपेँ, गल्ती गरेर यो ‘सरी’ भन्नेको ओँठ त नि दलसिङ ढुङ्गाले क्याच कि क्याच कुच्याउनु मन लाग्छ । साँच्चै यो ‘सरी’ शब्द सारै सस्तो र खेलाँची भयो हगि ?

त्यसो नभन् यही ‘सरी’ शब्दले हाम्रो फेरि मिलन गराएको छ । नेताहरूले गोर्खाल्याण्ड भएन भने पूर्पूरोमा गोली ठोक्छु भनेर हाँक लगाए पनि ‘सरी’ भनेर उनले माफ पायो त । यसकारण तेरो मिष्टरले ‘सरी’ भन्यो भने एक्सक्यूज दे क्या ।
ईस दिन्छु होला… त्यसलाई । ‘सरी’ शब्दले नै बाँचेका छन् मेरा मिष्टर ।
सुन् नि एउटा कथा ।
भन्न ।
बुढीबुढी एकदिन कटाक्ष परेछन् । एक हप्तादेखि बोलचाल छैन । सुताइ अलग अलग । एकदिन बुढा अफिसको काम लिएर बिहान आठ बजे जानुपर्ने भएछ । एकार्कामा बोलचाल छैन । बोल्नु पनि लाजमर्दो कुरो । कसरी भन्ने बुढीलाई । बुढाको पालो एउटा चिट बुढी सुत्ने पलङको सिरानीमा लेखेर राखेछ ।
के लेखेको रहेछ ?
सुन् न पहिला, यस्तो लेखेछ – औ नबोल्ने मान्छे भोलि मलाई ६ बजी उठाइदेऊ ल । आठ बजे भित्र पुग्नुपर्छ ड्यूटी ।
अम्मुइ हो र ।
हो नि । बिहान ठिक ६ बज्नै बितिकै बुढीले चिटमा लेखेर राखिदिइछन् औ नबोल्ने मान्छे ६ बज्यो है उठ है ।

बुढासित नबोले पनि बाझे पनि बुढाको निम्ति खाजाभुजा बनाउपट्टि लागिछन् । सात बजी सकेछ । खै बुढा उठेका छैनन् । उसको पाला फेरि एउटा चिट लेखेर राखिदिइछन्, औ नबोल्ने मान्छे सात बज्यो है । अहिले कुदनु पर्ला हो ।
छैन चालचुल छैन । पौने आठ । उठदैनन्, नबोल्ने बुढा… ।
फेरि अर्को चिट ड्यूटी जाँदैन कि क्या हो आज नबोल्ने मान्छे ।
तर पनि बुढा उठ्ने नामै नलिएको देखेर बुढीले उनको गाला चिमोट्दै गालामाथि चिट लेखेर छोड्छिन् – औ नबोल्ने मान्छे छिटो गेट अप… ।

बुढा खाजा खाइवरि नबोली नै ड्यूटी हिँडे । बुढीको मेक अप बक्समाथि चिट लेखेको देखिछन् – औ नबोल्ने मान्छे चिमोट्नु नै थियो भने गाला नै भेटाई नबोल्ने मान्छेले ? चिमोट्ने ठाउँ थुप्रै छन् त ।

साँझ बुढा घर पसे । स्थिति एउटै छ । बोलचाल छैन । कोनि कसो कसो गर्दा बुढीको बर्को पछाडि आगो लागेछ । भनिसक्नु छैन । बुढाले बिस्तारै भने अरे, नबोल्ने मान्छेको पछाडि बर्कोलाई आगो समातेको छ है ।

बुढी – माया लाग्छ भने नबोल्ने मान्छेले नबोल्ने मान्छेको बर्कोमा लागेको आगो निभाइदिनू नि ।

जे भए पनि बुढी नै हो । बुढाले बुढीको बर्कोको आगो निभाए अरे । बुढाले माथि सिलिङतिर हेर्दै भने अरे, नबोल्ने मान्छेलाई नबोल्ने मान्छेको ‘सरी’ । बुढीको जवाफ नबोल्ने मान्छे हजूरलाई पनि नबोल्ने गनगने मान्छेको हाई भोल्टेज ‘सरी’ ।

बस काम तमाम् यो ‘सरी’ शब्दले दुवै बुढाबुढी बाहुपाशमा कस्सिए अरे । वाऊ… साँच्चै यो ‘सरी’ शब्द अपरम्पार छ हगि ।

साथी शिखाले भनी, साँच्चै प्रोमिस होला कि एई अब मेरो उसले मलाई ‘सरी’ भन्यो भने कस्सम होला एक्सक्यूज गरिदिन्छु । मैले ओँठे जवाब दिएँ, म चाहिँ मेरो उसले ‘सरी’ भन्यो भने मान्दै मान्दिनँ… ।
के गर्छस् त ?
कान समातेर सत्तरी सत्तरी पल्ट उठ् बस् गर्नु लगाई ‘सरी’ बुढी क्इच्च्थ् बुढी… ‘सरी’ बुढी… ‘सरी’ बुढी… भन्न लाउँछु ॥ तैँले त सक्छेस् पनि ।

अनि मैले भनेँ, जे भन् यो क्इच्च्थ् ले हाम्रो माया प्रीति जोगाएको छ ।
गफको झोँकमा साँझ निकै परिसकेछ । हामी दुवै छिटै । पर पुगिसकेर त्यसले भनी, एई तँलाई अबेर पारेँ ‘सरी’ है साथी । म फूलमति बडीको दोकानसम्म पुगिसकेको थिएँ त्यसको ‘सरी’ सुनेर म पनि चिच्याएँ, एई ‘सरी’ है…. ‘सरी’ ।
फूलमति बडीले दोकानबाटै कराइन्… आमामामा के छ हौ त्यस्तो ‘सरी’ । मैले हाँस्दै भने, छ नि हो बडी यो ‘सरी’ मा ।

बडी नाक कोट्याउँदै बोलिन् , साँच्चै यो ‘सरी’ ले मार्‍यो है । जेमा पनि ‘सरी’ । म पर पुगिसकेको थिएँ… बडीले भनेकी सुनिरहेकी थिएँ- ल… ल… यो ‘सरी’ ले गर्छ है मनपरी ॥

०००
खोलाचन्द फाप्री, जलपाईगुड़ी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
तन्किने कुरा

तन्किने कुरा

नगिता लेप्चा राई
अनुहार

अनुहार

नगिता लेप्चा राई
‘तानतुने’ कवि

‘तानतुने’ कवि

नगिता लेप्चा राई
रिस र आह्रिस

रिस र आह्रिस

नगिता लेप्चा राई
युग ब‌दलियो

युग ब‌दलियो

नगिता लेप्चा राई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x