सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गफडीको खसखस ! घुर्कीवाद !

यहाँ ‘ख्याउँ-स्याउँ’ गर्नका पनि दिन गए । यहाँ गहिरिएर हेर्नोस्- ‘हातमा सेतो पुस्तक लिएर हिँडेका भविष्यका कणर्धारका हुल । यहाँ ज्ञानको ज्योति उध्रिसकेको छ ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

Chudamani Regmiपूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सङ्ग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश (मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी (सत्यवाद केशरी), व्यङ्ग्य ऋषि (चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्तालाई दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

घुर्कीवाद !
गफडीले रोमान्टिक शास्त्र पढ्दा ‘अचम्म’ ‘आश्चर्य’ पढेको थियो अनि शास्वहरूमा ‘बाद’ पढेको थियो, तर मेची-देउनियाँ खाल्टामा कहिलेकाहीँ घुर्कीवादका कुरा सुन्नुपर्छ अनि यसमा अचम्म लाग्छ, त्यस्तो अचम्म होइन, जस्तो प्रकृतिप्रेमी कविलाई सौन्दर्य देख्दा लाग्छ । साँच्चै भन्नु हो भने लाखे र मुखुन्डेको नाच देख्दा लाग्ने अचम्मभन्दा कम यी घुर्कीपन्थीका घुर्की देख्ता लाग्दैन, रपनि गफडी बालख कालको अनुभवमा के भन्छ भने आफ्नो स्वार्थ पुरा हुन्छ भने सकेसम्म घुक्र्याऊ । पहिले बाबुआमालाई घुक्र्याऊ, मामलीलाई घुक्र्याऊ, इस्ट मित्रलाई घुक्र्याऊ, समाज र देशलाई अनि क्रमशः घुक्र्याऊ । अनि फेरि सत्यचाहिँ के हो भने घुर्कीका जुग गए । (कठैवरा ! घुर्कीपन्थीहरू ! विचराहरूउपर माया लाग्छ चुकचुक !!)

धामी पनि !! झाँक्री पनि !!
आफैँ धामी, आफै झाँक्री भन्ने कुरा सुन्या’ थियो । सुनेको कुरा कहिलेकाहीँ कामलाग्दो रहेछ, भनूँ मिल्दो रहेछ (अँ, यसमा पनि अचम्म लागेको छ ।) कुरा के भने बेपिधका लोटाहरू आफैँ ठग र आफैँ इमान्दार भएमा के भन्ने ? आफूखुसी कसैको विरोधमा वम्किने र आफूखुसी फेरि तथाकथित आफ्नो पक्षको पनि खेदो गर्ने ! ‘देखाजायेगा’ आफैँ भन्ने र ‘मलाई सकसमा पारे’ भन्ने ! ‘ऐया !’ भन्ने र मुड्की देखाउने पनि आफैँ ।

बेहुलाले बेहुली लग्यो, जन्ती परे छक्क !
गफडीले मात्र होइन, यो धेरैले सुनेको, देखेको र भोगेको कुरो हो । ‘जिउ, बुझ्नु भो, यसो ! जिउ बुझ्नु भो उसो’ भन्नेहरू आज यहाँ, भोलि उहाँ, अनि वाँके साहेबले वाँके साहेबसँग जुधेमा (यो पनि मेची-देउनियाँ नै हो है ।) लडेर सिङ भाँच्नु भयो- अब पुच्छरले के गर्ने एक बेलुका गफडीले देख्यो विषादि प्रयोगले गर्दा टिमलिडर खिच्चा बाटामा लडेकाले पिछलग्गू खिच्चा कम्पनीको दम खत्तम भएछ, यद्यपि यो क्षणिक नै हो । कुरो के भने बेहुलाका रमाइलामा मख्ख पर्ने जन्तीले परिणाम खिस्स पर्नुपर्छ । होहोरी कुद्धाको परिणाम के हुन्छ भन्ने भनाइ गफडीको जे !

पातमा पात ! वातमा वात !
गफडीको दिमाग त भुत्ते छ है । जे, ऊ जब जवान थियो- त्यतिखेर ऊ धारिलो थियो । उसको बाक्लो मगजमा पातमा पात भएझैँ वालमा बात हुँदा के कुरा चढेको छ भने मेची – देउनियाँ खाल्टो पनि आखिर खाल्टो नै हो । यसको वणर्न गर्दा ठूलो खाल्टोको पनि सानो रूप आउँछ । अब यसको पनि विकास भएको छ । घरहरू बढेका छन् । गुदी भएका मान्छे पनि अब यहाँ बस्न थाल्या छन्, त्यसैले, यदा-कदा जब गफडी देख्छ- यहाँ केहीलाई अरुलाई भुच्चुक पार्ने रोगले छाडेको छैन । कतिपय टुटाएर जे पनि गर्न सक्ने पत्यारमा अझै मख्ख छन् । कतिपय ‘आफू अझै चलाख, अरु अझैँ बुद्धु ठानेर स्वार्थसिद्ध गर्ने धुनमा छँदैछन् । गफडी प्रस्ट भन्छ- अब यहाँ लाक्खे नाच नाँच्ने, घुर्कीपन्थी, गालीमास्टर शिशुपाल जस्ता छट्टुहरूका दिन गए । यहाँ ‘ख्याउँ-स्याउँ’ गर्नका पनि दिन गए । यहाँ गहिरिएर हेर्नोस्- ‘हातमा सेतो पुस्तक लिएर हिँडेका भविष्यका कणर्धारका हुल । यहाँ ज्ञानको ज्योति उध्रिसकेको छ । गए ‘शुभलाभ’ गर्नेका दिन । लौ त आँज यत्ति नै । आगे फेरि ।

०००
युगज्ञान वर्ष १०, अङ्क २२, २०३५

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
बाह्र सत्ताइसे गफ !

बाह्र सत्ताइसे गफ !

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी