साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताचरित्र

पदका मदमा मस्त द्वेध भाषा उकेल्दछ तालुमा कसरी त्यस्तो आलु निर्भय फल्दछ । औँला उठ्छ उठोस्, छुन्न ठाँगेले झन् कसै गरी हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥

Nepal Telecom ad

जीवनाथ अधिकारी :

देखियो कि भनी लाज मानेर फुत्त खोल्दछ
सर्वाङ्ग ढाकिएको छ भन्ने तथ्याङ्क बोल्दछ ।
लँगौटी काँधमा फन्को मार्छ पृथ्वी घुमेसरि
हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥१॥

साँच्तछ सपना उस्तै संसार सब झल्किने
उच्च हिमालको तृष्णा आँखाबाट छचल्किने ।
नातावाद सबै त्यागी, छन् आफन्त घरैभरि
हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥२॥

कालो बादलको झल्को भावमा द्वेष छिप्त छ
नयाँ जाल घुमाएर कला-सौन्दर्य खिप्त छ ।
न्यानो बाफ कुराभित्र मुस्लिन्छ त्यो सधैँभरि
हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥३॥

चुनावी खेलमा झेल हुन्छ कैले कताकति
अर्कैको दोष बल्झिन्छ आफू सुग्घर जेजति ।
दुधमा स्नान गर्दै ऊ मिठो मुख गरी गरी
हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥४॥

पदका मदमा मस्त द्वेध भाषा उकेल्दछ
तालुमा कसरी त्यस्तो आलु निर्भय फल्दछ ।
औँला उठ्छ उठोस्, छुन्न ठाँगेले झन् कसै गरी
हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥५॥

आचार शिष्टताभित्र अनुशासित बन्दछ
छओटै यन्त्रमा लिप्त आफूलाई सँगाल्दछ ।
कथाभित्र नयाँ नौला भर्छ गाथा थरी थरी
हो नेता, मञ्चमा नाच्छ भाँची कम्मर बेसरी ॥६॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x