साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रलेस सर्लाहीको अध्यक्षमा रूपनारायण सिंह दनुवार

प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा अतिथिहरू प्रलेस केन्द्रीय परिषद् सदस्य एवम् गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’, प्रलेस मधेस प्रदेश सचिव भिमकुमार राउतलगायतको उपस्थिति थियो ।

Nepal Telecom ad

लालबन्दी सर्लाही, २०८१ जेष्ठ ६ । सर्लाही लालबन्दी स्थित जनज्योति क्याम्पसको सभाकक्षमा शनिबार एक साहित्यिक समारोहको आयोजना गरी प्रगतिशील लेखक सङ्घ सर्लाही जिल्ला कार्यसमिति गठन गरिएको छ ।

प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा अतिथिहरू प्रलेस केन्द्रीय परिषद् सदस्य एवम् गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठान अध्यक्ष प्रेम घिमिरे ‘अग्निकवच’, प्रलेस मधेस प्रदेश सचिव भिमकुमार राउत, उपसचिव मिना देवकोटाको उपस्थिति रहेको थियो ।

यसै गरी बर्दिबास साहित्यिक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, गौरीशंकर मिथिला वाङ्मय प्रतिष्ठानका केन्द्रीय सदस्य सुमित्रा आचार्य र प्रवीणता पल्लवी, सर्लाही साहित्य समाजकी उपाध्यक्ष राजेश्वरी काफ्ले, जनज्योति क्याम्पस चिफ उमेस तिमल्सिना हुनुहुन्थ्यो ।

भेलाले साहित्यिक ब्यक्तित्व रूपनारायण सिंह दनुवारको अध्यक्षतामा ४ सदस्य पछि थप गर्ने गरी सात सदस्यीय समिति गठन गरेको छ । जसमा उपाध्यक्ष दिर्घकुमारी आचार्य (लुईटेल), सचिव शुभद्रा चौलागाई, कोषाध्यक्ष बिचारी सुनुवार र सदस्यहरू पूणर् बहादुर दुलाल, अर्जुन बिक र ईर्फान अन्सारी हुनुहुन्छ ।

भेलामा नवगठित कार्यसमितिलाई शुभकामना दिँदै प्रलेस मधेस प्रदेश अध्यक्ष नारायण घिमिरेले प्रलेसको ऐतिहासिक पृष्ठभूमिको चर्चा गर्दै लेखकहरूको कलम बन्दुक भन्दा शक्तिशाली बन्दै आएको तथ्य प्रष्ट पार्नुभयो ।

त्यसैगरी केन्द्रीय परिषद् सदस्य प्रेम घिमिरे ‘अग्निकवच’ ले प्रगतिशील लेखकहरूको कलमले विचारको सम्प्रेषण गरेर राजनीतिक परिवर्तनको पृष्ठभूमि तयार पार्ने काम गर्दै आएको चर्चा गर्दै अहिले पनि ब्यवस्था मात्र परिवर्तन भएको जनताको जीवनस्तरमा कुनै परिवर्तन नआएको समाजलाई समाजवादीकरणको दिशामा अग्रसर गराउन हामी लेखकहरूले भूमिका खेल्नुपर्ने आवश्यकता रहेको प्रष्ट पार्नुभयो ।

नवगठित कार्यसमितिलाई प्रलेस मधेस प्रदेश सचिव भिमकुमार राउत र बर्दिवास साहित्यिक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलले समेत शुभकामना दिनुभएको थियो ।

भिमकुमार राउतले सन्चालन गर्नु भएको भेलामा गायक एवम गीतकार सन्तोष दहालले गीत र मिना देवकोटा, राजेश्वरी काफ्ले, प्रविणा पल्लवी, दिर्घकुमारी आचार्य, सुमित्रा आचार्य लगायतले कविता र गजल वाचन गरेर भेलाको रौनक बढाउनु भएको थियो ।

०००
– माधव पोखरेल गोज्याङ्ग्रेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x