फित्काैली डटकमबुद्धजयन्तीका अवसरमा बुद्ध विषयमा विशेष कविगोष्ठी सुसम्पन्न
जयमङ्गल लामा र प्रमुख आमन्त्रित -पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । विशेष आमन्त्रितमा राजकुमार लामा,प्रा.डा.हेमनाथ पौडेल, का म न पा वडा नं- ६ का वडाध्यक्ष भुवन लामा, चट्याङ माष्टर कृष्णमुरारि गौतम लगायतकाे उपस्थिति थियाे ।

काठमाडाैं, २०८१ जेठ ७ । २५६८अौं बुद्ध जयन्ती मूल समारोह समितिद्वारा आयोजित विशेष कवि गोष्ठीगोकर्णेश्वर न. पा. वडा नं ६ बौद्धमा सम्पन्न भयो ।
कार्यक्रमका सहजकर्ता -कवि देवी घिमिरे, अध्यक्ष- जयमङ्गल लामा र प्रमुख आमन्त्रित -पूर्व कुलपति गङ्गाप्रसाद उप्रेती हुनुहुन्थ्यो । विशेष आमन्त्रितमा राजकुमार लामा,प्रा.डा.हेमनाथ पौडेल, का म न पा वडा नं- ६ का वडाध्यक्ष भुवन लामा, चट्याङ माष्टर कृष्णमुरारि गौतम, प्रा.डा,जगत्प्रसाद उपाध्याय, लक्ष्मण गाम्नागे”, रत्नवज्र लामा, जिग्मे भुजेल लगायतको उपस्थिति रहेको थियो ।
बौद्ध तामाङ कल्याण गुठीको सभाहल बौद्धमा आयोजित यो गोष्ठीमा धेरै जसो कविताहरू बुद्धसम्बन्धी थिए भने केहीकविता व्यङ्ग्यात्मक ,सँस्कृति, राष्ट्रिय भावका समेत थिए । बालकवि चक्षु भट्टराईको ” म बुद्ध बन्छु” शीर्षकको कविता वाचनबाट शुरु भएको कवितावाचनमा अन्य कवि र कविता निम्नानुसार प्रस्तुत भएका थिए ।
सविता बराल” म बुद्ध मार्गमा हिंडूँ”, कोषराज न्यौपाने-“शान्ति हे बुद्ध देव”, प्रह्लाद पोखरेल”वाणीका बान्की- बुद्ध वाणी”, गोविन्द घिमिरे वेदमणि”पञ्चशील”, चट्याङ माष्टर कृष्णमुरारि गौतम “बुढेसकालको एक्लो ज्यान”, महेश्वर खनाल” बुद्ध र शान्ति “, लक्ष्मण गाम्नागे “लेख्न बाँकी एउटा राष्ट्रवादी कविता”, ओमप्रसाद कोइराला “हौ बुद्ध हाम्रा सुखका सपूत”, खोलाघरे साहिंलो “बुद्ध र शान्ति ” , अच्युतप्रसाद पौडेल चिन्तन , सरिता घिमिरे, शारदा पराजुली, पर्शुराम पराशर ” बनूँ प्रबुद्ध बुद्ध झैं”, रत्ननिधि रेग्मी “बस्छन् स्वयम्भू बनी”, मित्रलाल पंज्ञानी “बुद्ध बन्नु थियो मैंले”, लक्ष्मी रुम्बा “कोमेण्डो”, सुशील आचार्य “शान्ति मार्ग खोजौं”, रामकुमार पण्डित “बुद्धविचार”, विमल अर्याल “सँस्कृति”, घनश्याम प्रसाईं “सबै जुट्नुपर्छ “गीता ढकाल ( बालकवि) “शान्तिका बुद्ध आउँछन्”, भारद्वाज मित्र “धर्ती आमाको .. “कमला पराजुली ” ज्येठ नागरिकको पीडा” सुनिता बुढाथोकी ” म विद्रोही धर्ती”, देवी घिमिरे”…”, डा.देवी नेपाल” यो बुद्धको देशमा”, जगत् प्रसाद उपाध्याय “बुद्ध बन्न सकौं हामी” ।
आसनग्रहण र सामुहिक राष्ट्रिय गानपछि, स्वागतमन्तव्य- सम्पूर्ण लामाले दिनुभयो । प्रा. डा. हेमनाथ पौडेलले विशेष कविगोष्ठीको अौचित्यमाथि प्रकाश पार्नुभयो । डा.देवी नेपालबाट रसिलो छोटोे मन्तव्य आएपछि डा.जगत्प्रसाद उपाध्याय प्रेक्षितले बुद्ध संसारकै तारा हुन् भन्ने पुष्टि गर्ने सारगर्भित मन्तव्य दिनुभयो ।
पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रमुख आमन्त्रितको मन्तव्यमा विश्वमा भाँडभैलो जति बढ्दै जान्छ, उति नै बुद्धको आवश्यकता महसुस हुन्छ भन्दै बुद्धका ज्ञानहरूलाई जीवनमा प्रयोग गर्नुपर्छ भन्नुभयो, यसमा साहित्यकारहरूको ठूलो भूमिका हुने बताउनुभयो ।
अध्यक्ष जयमङ्गल लामाले विशेष आमन्त्रितहरूमा मायाको चिनो वितरण गर्नुभयो र बौद्ध तामाङ कल्याण गुठीका कामहरूको प्रशंसा गर्दै आजका ३१ जना सहभागी कविहरू लगायत समाजसेवी, बुद्धिजीवी, प्रहरी सबैलाई धन्यवादसमेत दिंदै सभा समापन गर्नुभयो ।
कार्यक्रममा महेश भट्टराई दिङ्लाली, शिवराम खड्का, गणेश खतिवडा, वसन्त रिजाल लगायत धेरैजना कविगणको उपस्थिति रहेको थियो ।
०००
-खाेलाघरे साहिँलाेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest







































