सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाह्र सत्ताइसे गफ !

तिनै राष्ट्रवादी हुन् जसले कोटा खाए, झोडा उडाए, सुकुम्वासीका जग्गा हडपे, सिमन्टीवाट आफ्नो बिल्डिङ ठोके, जो नातावादी र कृपापात्र छन् । ती सूक्ष्मदर्शी, सुझबुझ भएका र भाग्यमानी हरेका छन् ।

Nepal Telecom ad

चूडामणि रेग्मी :

पूर्वका मोतीराम भनेर चिनिनु भएका चूडामणि रेग्मी ‘युगज्ञान’ कालमा निकै रौसिएर हास्यव्यङ्ग्य लेख्नु हुन्थ्यो । ‘गजवाष्टक’ आठश्लोके व्यङ्ग्य कविताको सँग्रह र ‘गफडीका गफ’ त्यही कालखण्डका दसी हुन् । ‘युगज्ञान’ मा छापिने ‘गजवाष्टक’ वा ‘गफडीका गफ’, ‘मि. झप्पुसिं’, विवेचनामा छापिने ‘एैँसेलुको झाङमुनि’ जस्ता स्तम्भले पञ्चायतकालीन विद्रूपताको लेथ्नु काडेका थिए । मोराश -मि.झप्पुसिं डबल एम.ए.) नकुल काजी -सत्यवाद केशरी), व्यङ्ग्य ऋषि -चूडामणि रेग्मी), होम सुवेदी, अनिकाले ओझा, माधव भँडारीहरूले त्यो बेला उचालेको हास्यव्यङ्ग्यको झण्डा झापातिर अझै फरफराइरहेको छ । त्यसैले अहिले पनि कोमल पोखरेल, होम सुवेदी, चूडामणि वशिष्ठ, गङ्गाप्रसाद अधिकारी, विनोद खनाल हुँदै पछिल्लो पुस्ताका खगेन्द्र नेउपानेसमेत पङ्क्तिबद्ध भएर लेथ्नु काड्ने कार्यमा सरिक छन् । अघिल्लो पुस्ताका अगुवा चूडामणि रेग्मी अर्थात ‘व्यङ्ग्य ऋषि’का तात्कालीन व्यङ्ग्यको स्वाद नवपुस्ताला दिने गरी ‘गफडीका गफ’बाट केही बान्की फित्कौलीले उठाउने सोच बनाएको छ । नकुल काजी लगायत नयाँ पुराना सबै झापाली हास्यव्यङ्ग्यकारहरूलाई फित्कौलीमा जोड्ने प्रयत्न जारी छ । – सम्पादक ।

बाह्र सत्ताइस् कुरा
हेर्नुहोस् हजुर हो । बाह्र-सत्ताइस् गफ गर्ने, सिल्ली विकाम भनेको को त । भन्दा गफडी जस्तो मान्छे भनेमा फरक पर्दैन । जमानाअनुसारको ठाँट-बाँट गर्न नसक्ने मान्छे योग्य ठहरिँदैन । त्यो पत्रकार सिल्ली हो- जो पत्रिका भएर पनि हरिया दाँत देखाउन छाड्दैन । ‘म इमान्दार’ भन्ने पत्रकार आफ्ना टाउकामा आफैँ बन्चरो हान्ने मान्छे हो । राजनीति गरिकन घरको खर्च गर्ने मान्छे अराजनीतिज्ञ त हो-हो विकम्मा सिल्ली पनि हो ।

१५ वर्ष नोकरी गरेर पनि ‘इमान्दार हुँ’ भन्ने ढर्राको ढ्वाँङ गर्ने, तर स्वास्नीलाई श्रीमतीमा मात्र पनि पदोन्नत गर्न नसकी थाङ्ने लुगा लगाएर बजार हिँडाउने मान्छे निकम्मा मात्र होइन पत्रू पनि हो । ‘म त चाकरी गर्दिनँ’ भनी झोडाका जग्गा नहत्याउने, ‘म त गरिबको हक मार्दिनँ’ भनी हदउँभोका जग्गा हात नलाउने, ‘म इमान्दार कार्यकर्ता अवसर हेर्दिनँ’ भनी ढुङ्गो हुने मान्छे राजनीतिक हुस्सू हो । त्यस्ता लेखक हुस्सू र लम्फू हुन्- जो अनुसन्धान लेख्तैनन् र पोचा सिर्जना गरी जुरुक्क उठेर ‘फलानाजी भनी नामुद्दार हुने काममा पछि पर्छन् । अर्कालाई अ.त. न भन्ने, अर्कालाई विदेशी टट्टू नभन्ने, अर्कालाई पेन्डुलम नभन्ने, अर्कालाई रातो नभन्ने सब निकम्मा हुन् । जनताको प्रिय बनी मन्चमा नकुर्लने त सिल्ली नै हुन् । हामी जे छौ, ठिक छौँ, हामी हिमाल हौँ, हामी उज्याला हौँ, अरु सब काला मैला हुन् र दक्षिणपूर्व-एसियामा अफाप छन् भन्ने गुटमा लागेर उल्लू सिधा गर्न नजान्ने त युगले मौका दिएर पनि मौकाको उपयोग गर्न नजान्ने बुद्धिमा बिर्का लागेका मनुस्से रूपका पशु हुन् । त्यस्तैमा यो एक हो गफडी ।

सस्तो राजनीति
एक जना गुरुवा भन्थे, ‘हेर्नुहोस् गफडीज्यू, राजनीति धेरै प्रकारका हुन्छन्- गरुङ राजनीति, हलुङ राजनीति, महंगो राजनीति, सस्तो राजनीति । मलाई सस्तोचाहिँ मनपर्छ । उनले व्याख्या गरी सम्झाए- ‘गरुङ राजनीति भनेको त्यस्तो राजनीति हो जसको लक्ष्य भेट्न साह्रै गाह्रो छ । हलुङ राजनीति भनेको त्यस्तो राजनीति हो, जसमा लाग्यो भने सधैँ पुच्छर मात्रै हुइन्छ । महंगो राजनीतिले घर लान्छ, जेल ख्वाउँछ, यातना दिलाउँछ, तसर्थ श्रीमान् गफडीजिउ, राजनीतिमा उत्तम राजनीति हो ।’ गुरुवाले अझ फर्माए, ‘सस्तो राजनीतिमा गाली गर्न शब्द किन्नुपर्दैन, चाकरी गर्ने भाषाका शब्द सस्ता हुन्छन्, मोजका मोज, झोडाका झोडा । मुकाविला गर्छाैँ, एक जुट हौँ’ जस्ता शब्द प्रयोग गर्‍यो, ‘देशद्रोही’ जस्ता शब्दले गाली दियो, ‘हाम्रो उदार राजनीति सर्वश्रेष्ठ हो’ भनेर भन्यो । यस्तो राजनीतिमा नै सक्कली कार्यकर्ताको जमघट हुन्छ । सजिलो काममा भिड पनि त हुन्छ नि ।’

कूटनीति !, फुटनीति !, छुटनीति !
गफडी त भ्रनाना मान्छे हो, जहिले पनि महंगो राजनीतिको सिकार भएको छ । अर्को राजनीतिभन्दा चर्को हुँदोरहेछ राजनीतिको बाबु कूटनीति । कूटनीतिले फुटनीति ल्याउँदो रहेछ । ‘सपक्ष’ हुनुपर्‍यो भन्यो भने ‘निष्पक्ष’ भनाउँदो रहेछ । ‘शान्ति गरिरहेछु’ भन्नेमा ‘अशान्ति बढाउँदैछु’ भन्ने हुँदोरहेछ । ‘देशका लागि, राष्ट्रका लागि एकता ! त्याग ।’ भन्नेका पछाडि अलिकता स्वार्थ हुँदोरहेछ । एउटा कूटनीतिज्ञ प्रशासकले मुखले हदउँभोका जम्मै जग्गा किसान, कर्मचारी, शिक्षकलाई बाँडिसकेको हुन्छ, कामले आफन्तलाई बाँडिरहेको हुन्छन्, किन ? भन्दा भू.पू. कूटनीतिज्ञ प्रशासकहरूले पनि यस्तै किसिमको कूटनीति गरी यहाँ लुटनीति लिए । जय होस् प्रभुहरूका सफलताको !

पातमा पात ! बातमा बात !
गफडी र गफडी जस्ता विकम्मा यहाँ धेरै भए । किन रे ? बात भन्दैछु – यहाँ त्यस्ताको राजनीति चल्दछ, जो राष्ट्रियताको फलाको उराल्न दैव छन् । जो वडा अविदेशी, टट्टू छन् । तिनै राष्ट्रवादी हुन् जसले कोटा खाए, झोडा उडाए, सुकुम्वासीका जग्गा हडपे, सिमन्टीवाट आफ्नो बिल्डिङ ठोके, जो नातावादी र कृपापात्र छन् । ती सूक्ष्मदर्शी, सुझबुझ भएका र भाग्यमानी हरेका छन् । देशले यस्ता भाग्यमानीका खप्परमा नै बुद्धि हालून् । बाह्रसत्ताइसे गफडी तिनको अझ समृद्धि चाहन्छ । आमै ! सिल्ली गफडीले केके भन्यो । ज्यादा भनेको भए रिसानी माफ । धेरै दिनपछि दुई-चार सिल्ली कुरा गरिएकामा पनि माफी । ज्यादा किन ? आगे फेरि

०००
युगज्ञान वर्ष ११, अङ्क २-२०३६
‘गफडीका गफ’ (२०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तैले यहाँ के पाइस् !

तैले यहाँ के पाइस्...

चूडामणि रेग्मी
चम्किस् कि थच्चिस् !

चम्किस् कि थच्चिस् !

चूडामणि रेग्मी
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी