साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टाहरूबीच वियाेगी बुढाथाेकीकाे ७१ औँ जन्मोत्सव

मुख्य आकर्षण र रमाइलो कुरा सो कार्यक्रममा सभापति, प्रमुख अतिथि आदि कोही पनि थिएनन् भने महिलाहरूको एक समूहले किस्तीमा फूलहरूले छोपिराखेको पुस्तक निकालेर लोकार्पण गरेका थिए।

Nepal Telecom ad

काठमाडौँ, २०८१ जेठ ६ । स्रष्टाहरूले महाराजगन्जमा साहित्यकार वियोगी बुढाथोकीको ७१ औँ जन्मोत्सव मनाएका छन् ।

बुद्धिराज पाण्डे, तुलसीराम पुडासैनी, शङ्कर भारती, विष्णु बहादुर सिंह र प्रकाश घायलको संयुक्त आयोजनामा ‘वियोगी साँझ’ नाम दिएर गरिएको सो रमाइलो साँझमा ‘वियोगी व्यक्ति र कृति’ पुस्तकको लोकार्पण समेत गरिएको थियो। उक्त कृतिको सम्पादन स्रष्टा प्रोल्लास सिन्धुलीयले गरेका हुन् भने कृति भुँडीपुराण प्रकाशनबाट प्रकाशन भएको हो।

मुख्य आकर्षण र रमाइलो कुरा सो कार्यक्रममा सभापति, प्रमुख अतिथि आदि कोही पनि थिएनन् भने महिलाहरूको एक समूहले किस्तीमा फूलहरूले छोपिराखेको पुस्तक निकालेर लोकार्पण गरेका थिए।

कार्यक्रममा भुँडीपुराण प्रकाशनका तर्फबाट केशवप्रसाद पराजुलीले फूलको माला लगाइदिएर स्वागत गर्नुका साथै आफ्नो शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रमका परिकल्पनाकार बुद्धिराज पाण्डेले आफ्नो स्वागत मन्तव्यमा कार्यक्रम ‘वियोगी साँझ’का बारेमा संक्षेपमा प्रकाश पारेका थिए।

अनि शिवपुरी साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहले स्रष्टा वियोगीलाई दुबोको लगाइ दिएर दोसल्ला समेत ओढाई अभिनन्दन गरेका थिए।

चर्चित समीक्षक तथा पत्रकार राजकुमार बानियाँले लोकार्पित पुस्तकमाथि संक्षिप्त समीक्षात्मक टिप्पणी गर्नुका साथै वियोगीका जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पारेका थिए।

कार्यक्रममा स्रष्टा वियोगी बुढाथोकीले आफ्नो मन्तव्य सहित ‘योध्दा’ र ‘मृत्यु उत्सव’ शीर्षकको आफ्ना दुई थान कविता र दुई थान गजल अनि तीन थान मुक्तक समेत वाचन गरेका थिए।

मन्तव्यका क्रममा उनले कवि, सम्पादक तथा लेखक बन्न सक्नुमा आफ्नो घर परिवारका सदस्यहरूको ठूलो योगदान रहेकोले यसको श्रेय परिवारलाई दिनु पर्छ भन्दै आफ्नो लेखन यात्राबारे संक्षेपमा प्रकाश पारेका थिए।
कार्यक्रममा उपन्यासकार शङ्कर भारतीले वियोगी बुढाथोकीसँगको आफ्नो परिचय, सम्बन्ध र मित्रताका बारेमा मन्तव्य राखेका थिए।

त्यसरी नै प्रा.डा.कुमारप्रसाद कोइरालाले स्रष्टा वियोगी बुढाथोकीका बारेमा संक्षेपमा प्रकाश पार्दै सहभागी सबैका तर्फबाट शुभ जन्मोत्सवका अवसरमा उनको सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा कविहरू विशुकुमार के.सी., चेतनपथ माधव, रावत, रूपक वनवासी, शीतल कादम्बिनी, रवि प्राञ्जल, प्रकाश घायल, श्याम सङ्कल्प, हरिकृष्ण धिताल, किशोर पहाडी तथा रामेश्वर के. सी.लगायतले वियोगीद्वारा रचित कविताहरू वाचन गरेका थिए।

तुलसीराम पुडासैनीद्वारा सञ्चालित कार्यक्रममा पुस्तकका सम्पादक प्रोल्लास सिन्धुलीयले कृति सम्पादनका बारे संक्षेपमा प्रकाश पारेका थिए।

महाराजगञ्ज चक्रपथस्थित न्यू थकाली चूल्होमा भएको उक्त वियोगी साँझमा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x