सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ब्याकबाइटिङ् क्विन

तपाईं लेख्नु सक्नुहुन्न र त लेख्न सक्नेले लेखेकोलाई देखि नहसेको हई ! फेरि उनको जवाफ, होइन मैले नै लेख्न इण्ट्रेस्ट नगरेकी । मलाई पनि आर्टिकल माग्छन् नि भाइहरूले । मैले पठाउन थालेँ भने सम्पादकहरूले फुर्सद पाउँदैनन् ।

Nepal Telecom ad

नगिता लेप्चा राई :

अर्काको कुरा गरेर अघाउन खोज्ने महाशयलाई कुरौटी भन्छौँ हामी । कुरौटीको स्वभाव आचार आचरण बानी बेहोराबारे मलाई भन्दा पनि तपाईंंलाई नै धेर याद होला । किनभने तपाईंको छर छिमेका कुरौटे वा कुरौटीहरू छैनन् भन्नु सुहाउँदैन ।

कुरौटीको कामै हुन्छ अर्काको कुरा गरेर दिन बिताउने । आज म तिनै कुरौटीको कुरा गरेर उनको धोती धुन चाहन्छु । एकदमै शान्त स्वाभावका हाम्री गाउँकी कुरौटी दिदी । उनलाई खुसी पार्नेलाई उनी भगवान नै मान्छिन् । तर बाईचान्स उनलाई खुशी पार्नु सकिएन भने सर्वनाश । भगवान मान्नेलाई एक आँखाले पनि हेर्न सक्दिनन् । अनि़ त उनकै विरुद्धमा कुरा गरेर कुराैटीको जात जनाउँछिन् ।

कस्तो बाठी छिन् भने कुरा बनाउनु र कुरा थप्नुमा जस्तै वकिललाई पनि जिताउँछिन् । तपाईंको कुरा गरेर तपाईंबाट नाफा लुट्छिन् । तर बाईचान्स उनले थाहा पाए यस्तो कुरा बनाउँछिन् मानो ऊ सेतो दूधमा नुहाउने स्वच्छ लेडी हुन् ।

एकदिन गाउँमा कुरौटीको झण्डै जगटा लुछियो । गाउँकी एकजना म्यामको गर्नुसम्म कुरा गरिछन् । चल्दो भाषामा भन्नु हो भने ब्याकबाइटिङ । सबैले उनलाई ब्याकबाइटिङ क्विन भन्ने गर्छन् । ब्याकबाइटिङ क्विनले म्यामको विरुद्धमा त्यो म्यामले समाज सेवाको नाममा पैसा लिन्छिन भनिछन् । बस्…. जसलाई यो कुरा गरिन् ब्याकबाइटिङ क्विनले उनले सोझै गएर म्यामलाई पोल हालिदिएछिन् । कुरा सुनेर रणचण्डीको रुप धारण गरिन् म्यामले । ब्याकबाइटिङ क्विनलाई हुन त गाउँमा कसैले मन पराउँदैनन् । बोल्नु त आन्द्रा गाँसेला जस्तो गरि बोलिदिन्छन् तर बाहिर बाहिर मात्रै । म्यामलाई बरु गाउँ घरमा सबैले इज्जत गर्छन् । सबैले मान्छन् । म्यामको चित्त नबुझेर उनले दुइचार जनाको छेउमा ब्याकबाइटिङ क्विनलाई बोलाएर सबै कुरा सोधिन् । तर य़स्तो बाठी… मैले हो भनेकी तर मैले त्यस्तो भनेकी होइन तपाईंलाई के भन्छिन् भनेर उनको मन चोरेकी पो त हरे ! छक्कै पर्‍यौँ हामी । एक भन्नु न दुइ भन्नु भयौँ । म्याम पनि केही बोल्नु सकिनन् ।

भन्नु उसो होइन कुरा बनाउनु, भत्काउनु र कुरा लाउनुमा ब्याकबाइटिङ क्विनले अनर्स नै पास गरेकी बराबर छ । राजनीतिमा पनि ब्याकबाइटिङ क्विनको चकमक कम्ति थिएन । अहिले राजनीतिबाट दूधबाट झिँगा निकाले जस्तै निकालेकोले अहिले मलाई चैँ राजनीति मनै पर्दैन भनेर आफ्नो लाज छोपिररहेकी हुन्छिन् ।

ब्याकबाइटिङ क्विनको एउटा घटिया बानी कस्तो छ भने, तपाईंको बारेमा मलाई एकजनाले यस्तो कुरा गर्दैथियो है भनेर उनको कैकयी राजनीति चलाइरहेकी हुन्छिन्। कसले भन्यो भन्दा एकजनाले भनेको… तर म नाम चाहिँ भन्दिनँ भनेरै टार्छिन् ।

गाउँमा कसैले नयाँ साडी किन्यो कि, गाउँका कुनै पनि युवती पुराणतिर गयो कि ब्याकबाइटिङ क्विनलाई कम्ति त खसखस हुँदैन । मुख स्याउँस्याउँ भएर हो कि के ले हो कोनि छेउमा हुनेलाई भनि हाल्छिन् औ… फलनालाई नयाँ साडी वा नयाँ सलवार कुर्ता कसले किन्देको होला हई । हुनसक्छ उनको यो ईर्ष्यामा रिस उठेर होला आ..होस् न है…जोसुकैले किनेदेवोस् न तपाईंलाई के को खसखस भनिदिए फेरि यति छिटो कुरा सच्याउँछन् खै के भन्नु । होइन भनेको नि । फेरि थप्छिन्, होइन फलानाले यति महङ्गो दामको लुगा किन्नै सक्दैन । छेवैमा हुने कोही त भद्र शान्त हुन्छिन् । उनी भन्छिन्, तपाईंलाई साह्रो पर्‍यो भने तपाईं पनि पुराण हुञ्जेल नयाँ नयाँ लुगा किन्नुहोस् अनि लाएर आउनोस् न भन्दिँदा फेरि बाठी ब्याकबाइटिङ क्विनको जवाफ सुन्नुहोस् न, होइन त्यो नयाँ लुगाले उसलाई कति सुहाएको हई । खै हामीलाई त जतिनै महङ्गो दामको लुगाले सुराउने होइन ।

एकदिन त प्रत्यक पुराणमा नयाँ लुगा किनेर लाउनेले चाल पाइछन् । उनले ब्याकबाइटिङ क्विनलाई सोध्दा होइन मैले त्यसो भनेकी.. मैले त परैलाई नयाँ लुगाले कस्तो सुहाएको । कसले आ मिन कुन टेलरले बनाइदिएको भनेकी पो त । बस कुरै सकियो । ब्याकबाइटिङ क्विनको यो बानी कहिले सुध्रिने हो । सुर्ता लाग्छ मलाई । कुन दिन यस्तो भड्खालोमा पर्छिन् त्यतिबेला उम्किने मौका पाउँदिनन् ।

ब्याकबाइटिङ क्विनको सबभन्दा घटिया बानी कस्तो छ भने, तपाईंको छेउमा तपाईंलाई प्रशंसाको चुलीमा पुर्‍याएर तपाईंलाई कहाँ पुर्‍याउँछिन् । तर तपाईं उदेखि अलिक टाढा भयो कि तपाईंविरुद्ध कुरा गरेर वाक्कै लाउँछिन् । बाई चान्स तपाईंले एउटा शब्द पनि थप्नु भयो भने बर्बाद । त्यही एउटा शब्दलाई उपन्यास बनाएर बक्छिन् बस उनी ठिक हुन्छिन् तपाईं बेठिक । उनी असल तपाईं कमसल ।

एकदिन मैले त भनिदिएँ, तपाईं अर्काकै कुरा मात्रै गर्नुहुन्छ । ती जम्मै कुराहरू बरू एउटा डायरीमा लेखेर उपन्यास नै बनाउनु नि । उसको उत्तर, त्यो लेख्नु जान्दिनँ र त यस्तो लेख्न जान्ने भा त यस्तो लेख्थेँ खै के भनुँ ?
यस्तो कुरा हुँदा एकजना दिदीले भनिहालिन्, तपाईं लेख्नु सक्नुहुन्न र त लेख्न सक्नेले लेखेकोलाई देखि नहसेको हई!
फेरि उनको जवाफ, होइन मैले नै लेख्न इण्ट्रेस्ट नगरेकी । मलाई पनि आर्टिकल माग्छन् नि भाइहरूले । मैले पठाउन थाल्यो भने सम्पादकहरूले फुर्सद पाउँदैनन् ।

विचारा ब्याकबाइटिङ क्विनलाई सम्पादकले पत्याए पो… आफै त चिनियाँको देवताजस्तो छिन् ।
जे होस्, ब्याकबाइटिङ क्विनलाई ईश्वरले सद्बुद्धि दिउन्।

०००
जलपाईगुडी (भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
लाइन

लाइन

नगिता लेप्चा राई
मुड

मुड

नगिता लेप्चा राई
आफ्नो डम्फु आफै बजाउन थालेँ है

आफ्नो डम्फु आफै बजाउन...

नगिता लेप्चा राई
झिल्के पण्डित

झिल्के पण्डित

नगिता लेप्चा राई
(बी)३ = बी क्यूब बडा

(बी)३ = बी क्यूब...

नगिता लेप्चा राई
डगी

डगी

नगिता लेप्चा राई
प्रायश्चित

प्रायश्चित

कुमार खड्का
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
स्वजातीय प्रेम

स्वजातीय प्रेम

नन्दलाल आचार्य
अविश्वासको प्रस्ताव

अविश्वासको प्रस्ताव

सूर्यबहादुर पिवा
पुच्छर माने हनुमान

पुच्छर माने हनुमान

माधव पोखरेल गोज्याङ्ग्रे