साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे भगवान !

तर भगवान मेराे बनेनन् लाइनमा बसेर दर्शन गर्नेहरूलाई भगवानले पनि गनेनन् । हे भगवान ! त्यति टाढादेखि बेइमानहरूकाे कालाे कर्तुतकाे बयान गर्न मन्दिरसम्म आएँ बेइमानहरू त मन्दिरभित्रै बसेर व्यभिचार गर्दै रहेछन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

त्यति टाढादेखि
आफू ठगिएकाे राेदन लिएर
भगवानलाई भेट्न मन्दिरसम्म आएँ
तर ठगहरू मन्दिरभित्रै बसेर
दुुनियाँ ठग्दैरहेछन्
त्यति टाढादेखि
आफू फूल भएर
भगवानमा समर्पित हुन आएँ
तर फूलहरू फाेहाेर भएर
नालीमा बग्दैरहेछन् ।

हरेक बिहान हतारिएर दाैडन्थें
हरेक साँझ भाेलिकाे यात्रा तय गरेर
थकाइ मार्थें
तर म कहिँ पुगेकाे थिइनँ
अस्थाई जीवन लिएर
स्थायी बास बनाउँने संकल्पमा हिँडिरहेँ

आउँदा आउँदै गर्दा
डाँडाले मलाई साेधेकाे थियाे
ओरालाे झर्दै गर्दा
खाेलाले कहाँ जान्छस् ? भनेकाे थियाे
तर म
कसैकाे जवाफ नफर्काईकन आएकाे थिएँ
बिसाैनी चाैतारीहरुले मलाई जिस्क्याइरहेँ
पाटी र चप्लेटीहरूले मलाई खिज्याइरहेँ
बरबाेटेकाे चिसाे पानी छाेडेर आएकाे थिएँ
ओखल ढिकीसँगकाे नाता ताेडेर आएकाे थिएँ
अपराधकाे दुनियाँमा
मस्त निदाएका मेराे भगवान
ड्वाङ ड्वाङ घन्टी बजाउँदा पनि ब्युँझिएनन्
मैले भगवानलाई पुकारेँ
तर उनले आँखा खाेलिदिएनन् ।

पाेल्टाभरि चाेखा तरुनी फूल बाेकेर
प्रशंसाका अनेकौं सूत्रहरू घाेकेर
अञ्जुली भरि पैसा देखाउने ठगहरू
सजिलै मन्दिरभित्र छिर्थे
गलाभरि आशिर्वादका माला भिरेर फिर्थे
तर
हजारौं पटक मैले भगवान भनें
तर भगवान मेराे बनेनन्
लाइनमा बसेर दर्शन गर्नेहरूलाई
भगवानले पनि गनेनन् ।

हे भगवान !
त्यति टाढादेखि
बेइमानहरूकाे कालाे कर्तुतकाे
बयान गर्न मन्दिरसम्म आएँ
बेइमानहरू त मन्दिरभित्रै बसेर
व्यभिचार गर्दै रहेछन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x