साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो अभिव्यक्ति कविता होइन

अलिकति नजरिया चर्चा केहि गरेको के थिएँ अँध्यारा कुनाबाट ईरा भक्षकहरु अनर्गल निम्न कोटिको भाषा अलाप गर्न थालेकाले केहि क्षण मौनता बेहाेरेको मात्रै हुँ ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

चर्को घाममा आत्तिएकाहरु
रातको अन्धकारमा मात्तिएकाहरु
फोहोरी शब्दको पोखरीमा
मस्ती गरिरहेछन्
अवसरको भिडबाट हुत्तिएकाहरु
लालचको झाङभरि झुत्तिएकाहरु
अभिमानको गहबाट झरिरहेछन्
बोकाले खाएर बचेको
भोजपत्रको व्याकरणबाट
अलिकति शुद्धिकरण गरेको भाषा
आचमन गरेर
केहि लेख्न खोज्दा खोज्दै
म बिटुलिन पुगेको छु
केहि मान्छेहरु अपमानको राग भरिरहेछन
अर्थलाई उल्टोबाट नियालेर धारे दाग गरिरहेछन्

डरपोक नहुँनु भन्दैमा
भैंसी बसेको आहाल नजिक हिंड्न
संयम त अपनाउँनै पर्छ
व्युत्क्रमानूपाति बनेर कैलेसम्म चल्छ र !
सर्वे भवन्तु सुखिनः
गीत गाउँनै पर्छ
कृष्ण यजुर्वेदीको पौराणिक पाटोबाट
अलिकति नजरिया चर्चा केहि गरेको के थिएँ
अँध्यारा कुनाबाट ईरा भक्षकहरु
अनर्गल निम्न कोटिको भाषा अलाप गर्न थालेकाले
केहि क्षण मौनता बेहाेरेको मात्रै हुँ
मैले लेख्न छाडेको छैन
तर
मेरो अभिब्यक्ति कविता होइन ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x