साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा सत्य आधा भ्रम – ४४

अमेरिकामा बसेका युवाहरूले पाएका दुःख–कष्ट सुन्ने र उनीहरूको हकअधिकारका लागि मन्तिरी मार्फत दबाब दिने सल्लाह भने खरानीको डल्ला नै सावित भयो।

Nepal Telecom ad

अर्जुन दाहाल (क) :

अमेरिकामा जेन–जी मन्तिरी बबाल गुप्ता आउने हल्लाले गत हप्ता बजार तातेको मात्र होइन बजारमा डढेलो नै लाग्यो। सुनिल साहका कारिन्दा र गौरी जोशीका भारिन्दाबीच फेसबुकमा हानाहान नै भयो। लेटरहेड दुरुपयोगको यो भन्दा ठूलो मजाक स्व. भेलु बाजेले पनि गरेका थिएनन्।

बबाल गुप्तालाई अमेरिका ल्याउने, युवाको कार्यक्रममा लैजाने, स्टेज चढाउने, बत्ती बाल्न लगाउने, कुर्सीमा बसाल्ने, अरूका गन्थन सुन्न लगाउने, छोटो भाषण पढ्न लगाउने, फोटो खिच्ने र अन्त्यमा चिनजानका मिडियामा हाल्ने—सबै योजना बनिसकेको थियो।

अमेरिकामा बसेका युवाहरूले पाएका दुःख–कष्ट सुन्ने र उनीहरूको हकअधिकारका लागि मन्तिरी मार्फत दबाब दिने सल्लाह भने खरानीको डल्ला नै सावित भयो।

सुनिल साह सरका लडाकुहरूले तराईबासी एक मन्त्री माथि अनेकथरी गालीगलौच गर्नसमेत भ्याएछन्। अर्को समूहले बोलाएको भनेर तथानाम गाली गर्दा ताली पिट्नेहरूको त र्याली नै थियो। मन्त्री आउँदा गुन्द्रुक ल्याइदिनुपर्ने, थ्रेडिङ गर्ने धागो ल्याइदिनुपर्ने, तराईतिरको पेढा ल्याइदिनुपर्ने माग मन्तिरीले नमानेपछि मुख छोड्न बाध्य हुनुपरेको उनीहरूले विज्ञप्तिमार्फत जानकारी गराए।
बन्जाले डा. साबले बनै जलाउन लगाएको आगो अझै निभ्ने छाँट–काँट देखिएको छैन। धन्य मन्तिरीज्यू, आखिर यो रमिता हेर्नुभन्दा एक चिलिम तानेर नेपालमै बस्ने निर्णय गर्नुभयो—त्यो निर्णय सर्वथा उचित थियो।

०००
(व्यङ्ग्य लेखक नुन–चिनी–पानी अमेरिकाका परिकल्पनाकार हुन्)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अबसुखीकरण कार्यक्रम:

अबसुखीकरण कार्यक्रम:

अर्जुन दाहाल (क)
बाजी:

बाजी:

अर्जुन दाहाल (क)
अन्तिम अस्त्र

अन्तिम अस्त्र

अर्जुन दाहाल (क)
आधा सत्य : आधा भ्रम- ५०

आधा सत्य : आधा...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम- ४९

आधा सत्य, आधा भ्रम-...

अर्जुन दाहाल (क)
आधा सत्य, आधा भ्रम – ४८

आधा सत्य, आधा भ्रम...

अर्जुन दाहाल (क)
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x