साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुनाव ??

आउने छन् मञ्चमा आसन जमाउने छन् उपरखुट्टी लगाउँने छन् गाडी समाउने छन् जतिसुकै उफ्रिए पनि चुनाव पछि सबै पछुताउने छन् थत्तेरिका भन्दै पुर्पुराे समाउने छन् ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

चुनाव हाे कि गाेरु जुधाई हाे ?
अघि नै समर्थक दर्शकहरु
डिल डिलमा
आलीमा बारीका पाटामा
काेही पर्खालमाथि काेही बाटामा
आइसके
साइसाइ र सुइसुइ हाक्कहुक्क बनाइसके
ए !! फलानो गाेरु यति बर्षकाे
ढिस्कानुकाे गाेरु काेेशी पारिबाट ल्याएकाे ।

याे चुनाव पनि गाेरु जुधाई जस्तै भयाे
जुधुन्जेल मात्र मजा आउँने
जुधुन्जेल मात्र दर्शक पाउँने
गाेरु जुधीसके पछि
दर्शकहरु थाकेर घर पुग्छन्
जित्नेहरु हार्नेलाई खुइल्याउँछन्
हार्नेहरु जित्नेलाई थुक्छन्

चुनाव पनि त्यस्तै भयाे
मात्र हारजितकाे खेल जस्तो
मिति आउँनुभन्दा महिनाैं अगाडि
काेही फुर्किन थालिसके
लाखेस ! भन्दै पाखुरा सुर्किन थालिसके
मात्र एउटा खेल जस्तो
धक्कम धक्का र ठेलमठेल जस्ताे ।

वास्तवमा याे चुनावले दिने पनि केही हाेइन
मात्र केही थान सदस्य
आउने छन् मञ्चमा आसन जमाउने छन्
उपरखुट्टी लगाउँने छन् गाडी समाउने छन्
जतिसुकै उफ्रिए पनि
चुनाव पछि सबै पछुताउने छन्
थत्तेरिका भन्दै पुर्पुराे समाउने छन् ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x