साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई व्यङ्ग्यात्मक लघुकथा

त्यस ठेकेदारले धोका दियो । पैसा पनि खायो र नहर पनि खनाएन । म अर्को वर्षसम्म त पक्कै नहर बनाएर बुझाउने छु । कृपया एक वर्षको म्याद थपिपाऊँ !’

Nepal Telecom ad

हरिशंकर परसाईं :

व्यङ्ग्यानुवाद : रमेश समर्थन

१. अर्को फरहाद

यो हालसालैको कुुरो हो । एउटा राजा थिए जसकी छोरी सिरीन असाध्यै राम्री थिइन् । फरहाद नामको एउटा तन्नेरीले उसलाई माया गर्न थालेको थियो किनभने उसले लैलामजनूँको किस्सा सुनेको थियो किनभने जसले यो किस्सा सुनेको हुन्थ्यो ऊ प्रेमी बनिहाल्थ्यो ।

फरहाद सिरीनसँग विवाह गर्ने अर्जी लिएर राजाकहाँ पुग्यो । त्यति बेला राजा एउटा नहरको नक्सा हेर्दै थिए । उनले फरहादको अर्जी सुनेर भने, ‘बाबुराजा, यति वेला त म पञ्चवर्षीय योजनामा हराएको छु । हेर न, यो नहर खन्नुपर्ने छ । यो खनियो भने ठुलै भूभागमा सिँचाइ हुनेछ र हाम्रो राज्यमा अन्नको सङ्कट समाधान हुनेछ ।

फरहादले फादर इन ललाई प्रभावित गर्नका लागि भनेछ, ‘ड्याडी, के यो हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट हो …?’
राजाले भने, ‘हैन बाबु, नहर खन्ने मात्र हो । जसले यो नहर खनाउने छ उसैसित मेरी छोरीको विवाह गरिदिनेछु ।’
म.फरहादले भन्यो, ‘मलाई यो सर्त स्वीकार छ । मैले एकै वर्षमा यो नहर बनाइदिने छु । तबसम्म सिरीन पनि कुनै लफङ्गो क्लासफेलोको जालमा नपरेर बस्ने छिन् भन्ने आशा पनि गरेको छु ।’

राजाले भने, ‘तिमी निश्चिन्त बन । सिरीनको विवाह त यो नहर बनाउनेसित नै हुनेछ ।’
फरहाद ठुलो उत्साह लिएर फर्क्यो । उसले एउटा ठेकेदारलाई बोलाएर नहर खन्ने ठेक्का दिँदै भन्यो, ‘पैसा जति चाहिन्छ, त्यो लेऊ तर नहर एक वर्षमा तयार पारेर देऊ ।’

यता ठेकेदारले काम सुरु गर्‍यो उता फरहाद सिरीनको सम्झनामा हराउन थाल्यो ।
वर्ष बित्यो । फरहाद नहर हेर्न निस्क्यो । नहर पनि खनिएको थिएन र ठेकेदार पनि फरार थियो ।
फरहाद छट्पटियो । ऊ सिरीनका बाबुलाई भेट्न गयो । उसले भन्यो, ‘मलाई माफ गर्नुहोला । त्यस ठेकेदारले धोका दियो । पैसा पनि खायो र नहर पनि खनाएन । म अर्को वर्षसम्म त पक्कै नहर बनाएर बुझाउने छु । कृपया एक वर्षको म्याद थपिपाऊँ !’

सिरीनका बाबुले भने, ‘अब दुःख पाउनै पर्दैन ।’
फरहादले सोध्यो, ‘किन हजुर ?’

राजाले भने, ‘किनभने सिरीन त त्यसै ठेकेदारसित भागिसकी ।’
त्यसपछि फरहाद ‘मस्टर रोल’माथि टाउको ठोकेरै मर्‍यो भन्ने पनि सुनियो ।

२. गुरु शिष्य

कुनै राज्यमा पण्डित वेद शर्मा नामका विद्वान् थिए । उनको विद्याको ख्याति टाढाटाढासम्म फैलिएको थियो । उनको गुरुकुलमा राजा वितण्डवाहनका पाँच भाइ छोराहरू विद्यार्जन गर्दथे ।

राजकुमारहरूको शिक्षा समाप्त भएपछि गुरुले भने, ‘शिष्यहरू हो ! अब म तिमीहरूको परीक्षा लिन्छु है !’
पाँचैजना राजकुमारहरूलाई राखेर गुरुले प्रश्नपत्र दिए । उनीहरू उत्तर लेख्न थाले ।

गुरु पालैपालो प्रत्येक राजकुमारनिर गएर हेर्दै थिए । चारवटा कुमारहरूलाई हेरेर जब उनी पाँचौँ राजकुमारनिर पुगे त्यहाँ उनले उसले उत्तरकुञ्जिका (आन्सरकी)बाट सारिरहेको देखे ।

गुरुले भने, ‘बाबु, यो कुञ्जिका तिमीले कहाँ पायौ ?’

कुमारले भन्यो, ‘गुरुदेव, यो मैले हजुरकै पुस्तकधानीमाथि (टेबल)बाट झिकेर ल्याएको हुँ नि !’

यो सुनेपछि गुरु निकै खुसी भएछन् र उसैलाई प्रथम घोषित गरिदिएछन् ।

०००
यसमा परेका लघुकथाहरू हरिशंकर परसाईको ‘परसाई रचनावली’ २ को ‘पाँच लघुकथाएँ’बाट अनुवाद गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
संयोजक

संयोजक

हरिशंकर परसाईं
दुई व्यङ्ग्य कथा

दुई व्यङ्ग्य कथा

हरिशंकर परसाईं
लज्जास्पद

लज्जास्पद

हरिशंकर परसाईं
लडाइँ

लडाइँ

हरिशंकर परसाईं
संयोजक

संयोजक

हरिशंकर परसाईं
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
0
Would love your thoughts, please comment.x
()
x