साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बूढाकाे सत्ता ढाल

विहानै झिसमिसेमा खाेले पकाउ थाेत्रै पेन्ट लगाउ जाडाेले खुट्टा कमाउ हिजाे बेलुका राखेकाे एक मुठ्ठा घाँस हाल थाराे कुकुर हाेइन लैनाे भैंसी पाल बाबुकाे बिरासत सम्हाल अनि मात्रै बूढाकाे सत्ता ढाल ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

असीवर्षे बा
अझै गाउँमा कुँडाे पकाएर
गाई पालिरहनु भएकाे छ
गाेबर फालिरहनु भएकाे छ
खेतमा ताेरी छर्दै हुनुहुन्छ
बारीमा काम गर्दै हुनुहुन्छ
तिमी चाहिँ शहरमा
बूढाकाे काम छैन भन्छाै रे
हाेटलकाे टेबुलमा
दुईचार लाउके भेला पारेर
कुनाकाे एष्ट्रेमा
शिखर आइसकाे खरानी झारेर
बूढाहरु फाल्नुपर्छ
पुरानु सत्ता ढाल्नुपर्छ
भन्दैछाै रे ।

खै के भयाै तिमी ?
खै कहाँ गयाै तिमी ?
कुन आवेशमा चल्दैछाै
कुन ठुटाकाे आगाेसँगै जल्दैछाै
यता बा मकैकाे ढाेड सल्काएर
पिराे अनुहारसँगै जीवन झेल्दैछन्
तिमीलाई एक मानु घ्यू र
एक मुठ्ठी मस्याैरा ठेल्दैछन्
उता तिमी प्राैढ मनहरुप्रति
अलिकति नसाेचेर
अलिकति घाेचेर
अलिकति खिज्याएर
अलिकति अपमानकाे गीत गाएर
अब पाइला चाल्नुपर्छ
भन्दैछाै रे पुरानाे सत्ता ढाल्नुपर्छ  ।

सक्छाै भने आऊ
विहानै झिसमिसेमा खाेले पकाऊ
थाेत्रै पेन्ट लगाऊ
जाडाेले खुट्टा कमाऊ
हिजाे बेलुका राखेकाे
एक मुठ्ठा घाँस हाल
थाराे कुकुर हाेइन लैनाे भैंसी पाल
बाबुकाे बिरासत सम्हाल
अनि मात्रै बूढाकाे सत्ता ढाल ।

०००
गाैरदह, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Bimala Rai
Bimala Rai
4 months ago

बास्तबिकता यहि हो अति राम्रो लाग्यो

Nepal Telecom ad
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
भेडाकाे सिङ

भेडाकाे सिङ

खगेन्द्र नेउपाने
एउटा मान्छे

एउटा मान्छे

खगेन्द्र नेउपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
1
0
Would love your thoughts, please comment.x
()
x