साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बालकोटको बार्दलीबाट बालुवाटार

ढलमती बगेको छ बागमतीभित्र भित्रभित्रै बनेको छ हन्तकाले चित्र ॥ बुढानील-कण्ठ बसे बुढी समाएर परिश्रमी पठाउँछन् भेटी कमाएर । बालुवाको टारमाथि पानीसरि मनी खन्याउँदा परदेश भएको छ धनी ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा ‘जिताली’ :

बालकोटको बारदली बन्यो दरबार
सत्ताभोगी भातेलाई भयो होनहार ।
अटालीमा अटाएका टाउके बसीबसी
टाउके र लाउकेले पारेका छन् खसी ॥

खसी पर्ने जति कठै ! विदेशमा लागे
विद्यार्थी र परिश्रमी उतैतिर भागे ।
बस्न-खान नसकिने ल्याएका छन् नीति
विकृति र विसङ्गति बसेको छ थिति ॥

कौसीबाट विकारको भल बगेको छ
जनताका आँगनमा ढल ढलेको छ ।
बालुवाको टारबाट बागमती बग्यो
जनताको सुखशान्ति, समुन्नति लग्यो ॥

बागमती सफाइको नाट्यशाला चल्यो
नाइकेका गोजीभित्र हीरामोती फल्यो ।
ढलमती बगेको छ बागमतीभित्र
भित्रभित्रै बनेको छ हन्तकाले चित्र ॥

बुढानील-कण्ठ बसे बुढी समाएर
परिश्रमी पठाउँछन् भेटी कमाएर ।
बालुवाको टारमाथि पानीसरि मनी
खन्याउँदा परदेश भएको छ धनी ॥

परदेश पुर्‍याए लाउकेले ।
बस्न-खान दिएनन् टाउकेले ॥

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x