साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काँडा

तिम्रो आक्रमण अनि अतिक्रमण बिरुद्ध म आक्रोश पोखिरहन्छु अवरोध गरिरहन्छु, बिद्रोह गरिरहन्छु एक्लो बृहस्पति नै सही मेरा फूलहरूको झाङभित्र तिम्रो प्रभुत्ववाद विरुद्ध बस् ... म खबरदारी गरिरहने छु !!

Nepal Telecom ad

मैले तिमीलाई
अनाहकमा कहिले घोचेको छु र ?
मैले तिमीलाई बिनासित्तै
तिम्रो खुसी कहिले खोसेको छु र ?
मैले तिम्रा लक्षहरूमा
कहिले रोकेको छु र ?
तिमीले मेरो झाङहरूमा
कुनै प्रवाह नगरी
आफ्नो खुसी खोजिरहँदा
तिमीले मेरो मौनतामाथि
निरन्तर प्रहार गरिरहँदा
तिमीले मेरा आस्थामाथि
निरन्तर आँखा गाडिरहँदा
तिम्रा ती काला नङ्ग्राहरूमा
चुपचाप मेरैअघि मेरा फूलहरू
बलात्कृत भएको म कहाँ देख्न सक्छु र ?
तिम्रा स्वार्थी हतियारहरूले
मेरा झाङ्हरू रेटिरेटी हत्या भएको
म कसरी सहन सक्छु र ?
तिमीले
मेरा फूलहरूको
जताभावी अश्मिता लुटिरहँदा
यी काँडाहरूको कुनै मूल्य छैन भनी
तिमीले मेरो मानमर्दन गरिरहँदा
अनि मेरा हाँगाहरू लतारिरहँदा
म रमिते बनेर टुलुटुलु हेरिरहन कहाँ सक्छु र ?
म तिम्रो प्रतिकार नगरिरहन
म कहाँ सक्छु र ?
तिम्रोअघि मेरो स्वाभिमान
आत्मसमर्पण गरिरहन कहाँ सक्छु र ?
त्यसैले,
मेरो मौनता भङ्ग गरिरहने
तिम्रो एकलवादी सोच बिरुद्ध
मेरो अस्तित्व रक्षाका लागि
अझ तीखो भएर
तिम्रो आक्रमण अनि अतिक्रमण बिरुद्ध
म आक्रोश पोखिरहन्छु
अवरोध गरिरहन्छु, बिद्रोह गरिरहन्छु
एक्लो बृहस्पति नै सही
मेरा फूलहरूको झाङभित्र
तिम्रो प्रभुत्ववाद विरुद्ध
बस् … म खबरदारी गरिरहने छु !!

०००

काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x