साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमरेड

कम्रेड, म भित्र अब कमनिष्ट नखोज्नु कम निष्ठा खोज्नु म भित्र माओ हैन कमाओ खोज्नु कार्ल मार्क्स हैन अनुहार नचिनिने कालो मार्क्स खोज्नु लाल सलाम हैन दलाल सलाम खोज्नु... !

Nepal Telecom ad

प्रेम राई परीक्षित :

कमरेड !
आज म रेड उडेर
अलि कम रेड भएको छु
अलिअलि रातो
अलिअलि धसिङ्गरे
अनि धेरै कसिङ्गरे भएको छु
कमरेड
आजकल म निठा रातो रङ हराएर
कम रेड
यानेकी रातो कम भएको छु
बढि अरु नै भएको छु ।

कमरेड !
आजकल म बदलिएर
अलि रिमिक्स भएको छु
कोटमा पाइँजामा लगाएर
राम्रैसित झिमिक्स भएको छु
कमिसन र भ्रष्टाचारमा
फ्युजन भएको छु
कनसिरी कन्याउँदै
बाहिर टाइफिटिङ भित्र जुम्राको मिटिङ
म आफैलाई नचिनेर कन्फ्युजन भएको छु
गन्तव्य थाहा नभएर
आज आफै इल्युजन भएको छु

कमरेड !
आजकल
म भित्र रेड नखोज्नु
लाल सलामको लाल नखोज्नु
समय परिवर्तनशील छ
म पनि परिवर्तन भएकै छु
त्यसैले, कमरेड !
मसँग नरिसाउनु
म रेड हराएर
अलिअली धसिङ्गरे भएको छु
म निष्ठा हराएर
धेरै कसिङ्गरे भएको छु
म लाल सलाम हराएर
आजकल म
दलाल सलाम भएको छु ।

कमरेड !
कमनिष्ट भए पनि
म भित्र निष्ठा नखोज्नु
किनकी
म निष्ठा हराएर
आजकल कम निष्ठ भएको छु
मलाई कम्युनिष्ट हैन
कम निष्ट भन्नू
मलाई लाल सलाम हैन
दलाल सलाम भन्नु

कमरेड !
सर्वहारा होइन म
म भित्र हराभरा खोज्नु
किनकि
आजकल म
गरिब निमोठेर सरीफ भएको छु
गरिबको होइन
कमिसनको करिब भएको छु
त्यसैले, कम्रेड
म भित्र कमनिष्ट नखोज्नु
कम निष्ठा खोज्नु

कमरेड
म भित्र माओ नखोज्नु
मात्र कमाओ खोज्नु
म भित्र
लेनिन अनि कार्ल मार्क्स नखोज्नु
बरू मेरो अनुहारमा
कालो माक्स खोज्नु
कम्रेड म भित्र कमनिष्ट नखोज्नु
कम निष्ठा खोज्नु

जे भन्नुहोस्
शिरोधार्य छ मलाई
समयको माग हो
तपाईं घोडा
र म लगाम भएको छु
सबैलाई उछिन्दै
आज असली बाम भएको छु
कमरेड
तपाईं भिडमा हराउनुमा
मेरो के दोष छ र ?
सबैको मुखमा झुन्डिने
नाम होस या दुर्नाम
भ्रष्टाचारको गतिलो सर्वनाम भएको छु !!

त्यसैले
कम्रेड, म भित्र
अब कमनिष्ट नखोज्नु
कम निष्ठा खोज्नु
म भित्र माओ हैन कमाओ खोज्नु
कार्ल मार्क्स हैन
अनुहार नचिनिने कालो मार्क्स खोज्नु
लाल सलाम हैन
दलाल सलाम खोज्नु… !

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
निष्तब्ध कविता

निष्तब्ध कविता

प्रेम राई ‘परीक्षित’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x