साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भष्मासुरको अन्त्य

अनि खाली मत पेटिका सँगै एउटा खलनायकको अन्त्य हुन्छ त्यसपछी आकाश उघ्रन्छ घाम उदाउँछ फक्रिन्छ कक्रिएका फूलहरू ।

Nepal Telecom ad

प्रेम राई ‘परीक्षित’ :

मतपेटिका भरी
मैबाट बरदान पाएर
भष्मासुर
एका बिहानैदेखि
खेदिरहेछ मलाई नै
भन्छ देवलोक मेरो हो
भन्छ कैलाश मेरो हो
पार्वती मेरी हुन्
मेरो आदेशमा हावा बहनु पर्छ
मेरो इशारामा घाम जून डुब्नु पर्छ
भष्मासुर मलाई
कविता लेखेको निहुँमा खेदिरहन्छ
अनि मेरै वरदान पाएर
भष्मासुर मलाई नै सताइरहन्छ
भन्छ उसकै इशारामा
मेरो कलम चल्नु पर्छ
मेरो भावनाको म आफै मलामी जानू पर्छ
देखिरहेछ
प्रभुत्ववादको एउटा सपना
लठ्ठ भएर
परिको बैशालु अधरमा
कत्थक नृत्य पस्कँदै
भष्मासुर
जब स्पर्श गर्छ आफ्नै शीर
कठोर हातले
अनि
खाली मत पेटिका सँगै
एउटा खलनायकको अन्त्य हुन्छ
त्यसपछी
आकाश उघ्रन्छ
घाम उदाउँछ
फक्रिन्छ कक्रिएका फूलहरू

एउटा युग मुस्कुराउन थाल्छ
अनि उड्न थाल्छन् कैदी सपनाहरू
स्निग्ध आकाशमा ….
गाउन थाल्छन् कलमहरू
समृद्धिकासुन्दर सारेगमहरू ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
निष्तब्ध कविता

निष्तब्ध कविता

प्रेम राई ‘परीक्षित’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x