सुलसुलेकर्मदा सिर्जना मञ्चको भानु जयन्ती विशेष कविगोष्ठी
जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि भुवनहरि शर्मा सिग्देल प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित डा.बमबहादुर थापा जितालीको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति थियो ।

काठमाडौं, ०८० असार २८ । कर्मदा सिर्जना मञ्च नेपाल पाउँदीबजार, लमजुङले बिहीवार साँझ ५.०० बजे तीसौँ प्रविधिमैत्री कविगोष्ठी २१० औँ भानु जयन्ती विशेष गोष्ठी आयोजना गर्यो ।
अध्यक्ष जगदीश्वर पोखरेलको अध्यक्षता तथा वरिष्ठ कवि भुवनहरि शर्मा सिग्देल प्रमुख आमन्त्रित एवं विशिष्ट आमन्त्रित डा.बमबहादुर थापा जितालीको उपस्थितिमा भव्य रूपमा सम्पन्न भएको हो । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो ।
लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको साहित्यिक संस्थाले साहित्य, भाषा तथा कलाको श्रीवृद्धिमा गहन योगदान पुर्याउँदै आइरहेको छ । भानु जयन्तीको अवसरमा छन्द, स्वच्छन्द कविता, लोकछन्द, रोचक ढङ्गबाट स्रष्टाहरूले प्रस्तुत गरे । अधिकांश रचना आदिकवि भानुभक्त आचार्यमा समर्पित रचना वाचन गरेका थिए ।
यस अवसरमा रचना वाचन गर्ने स्रष्टाहरू कवि भुवनहरि सिग्देल, गङ्गा लिगल, डा.बमबहादुर थापा जिताली, पुरुषोत्तम सिग्देल, कलानिधि दाहाल, ठाकुर शर्मा, नरनाथ लुइँटेल, मुकुन्द शर्मा, गणेश आत्रेय, गोविन्द घिमिरे वेदमणि, विन्दु दाहाल, नारायणप्रसाद पोखरेल, खोलाघरे साहिँलो, डिल्लीप्रसाद दाहाल, त्रिलोचन आचार्य, द्वारिका कुइकेल, चूडा निर्भीक, दुर्गाप्रसाद सिग्देल, हरिप्रसाद चौलागाईं, जगदीश्वर पोखरेल, बी.पी. दाहाल, लक्ष्मीप्रसाद मिश्र, भिमकुमारी, पुष्पा मिश्र, वसन्त अधिकारी, सुरेशचन्द्र घिमिरे, सरिता पोखरेल वाग्ले, विदुर पोखरेल, चन्द्रावती अधिकारी, बिनुबाबा घिमिरे, उत्तम भेटुवाल, वीरबहादुर लोहनी, र उर्मिला पन्त पाण्डे हुनुहुन्थ्यो ।
प्रमुख आमन्त्रित भुवनहरि सिग्देलले कवितामा छन्द र भावको उचित संयोजन हुनु पर्ने बताउँदै छन्द संरचनामा नेपाली कविता मौलाइरहेको छ भन्नु भयो । आज वाचन रचनाले देशको वर्तमानलाई विषय बस्तु बनाई रचना गरिएका थिए । रचनाले आफूलाई मन्त्रमुग्ध बनाएको पनि उहाँले बताउनु भएको थियो । २१० औँ भानु विशेष कविगोष्टी महकीय रहेको उल्लेख गर्दै सिग्देलले भानुले भाषा सहित्यमा गर्नु भएको योगदानको चर्चा समेत गर्नु भयो ।
विशिष्ट अतिथि बमबहादुर थापा जितालीले लमजुङले साहित्यमा गरेको योगदानको परिचर्चा गर्नुभएको थियो । समीक्षक पुरुषोत्तम सिग्देलले वाचन गरिएका सिर्जनाको सुललित ढङ्गबाट एक एक गरी केलाएर समीक्षा गर्नु भएको थियो ।
उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले कर्मदाको गतिविधि प्रस्तुत गर्नु भएको थियो भने। गोष्ठीका अध्यक्ष जगदीश्वर पोखरेलले सहभागी सम्पूणर् स्रष्टाको गरिमायम उपस्थितिले कविगोष्ठी सफल भएको बताउँदै स्रष्टामा हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै गोष्ठी समापन भएको जानकारी दिनु भएको थियो । कविगोष्ठीको संयोजन र सहजीकरण पनि पोखरेलले नै गर्नु भएको थियो ।
०००
– जगदीश्वर
Subscribe
Login
0 Comments
Oldest











































