साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शालिकको आव्हान

फुटपाथ बिर्सिएर कारगेटमा हुँइकिएपछि मान्छेको मूल्य देशबाट हराएपछि यति हुँदा पनि जिउँदो मान्छे नबोलेपछि मन थाम्न नसकेर आज सडक बिच शालिकले फेरि कफन बाँधेको हो ।

Nepal Telecom ad

प्रेम राई परीक्षित :

सुकिलो आकाशमा उसले
किर्किटी उर्सा मेजरहरू जस्तै
चम्किला सपनाहरू टाँसेको थियो
मलिन अनुहारहरूमा
भविष्यको रङ्गहरु पोतेको थियो
धुमिल आँखाहरूले
प्याउली र गुरास सँगै फुलाएको थियो
मनमायाहरूको फाटेको गम्छाबाट
साङ्ग्रिलामयी देश चिहायाएको थियो
बिच सडकमा रगताम्य भएर
भनेको थियो
“साथी हो अब यो देश तपाईंहरूको जिम्मा हो”
इन्क्लाब जिन्दावाद भन्दै
माटोमा बिलिन भएको थियो
र स्थापित गरेको थियो मान्छेको रक्तिम इतिहास
तर आफ्नो महल ठड्याउन
अरुको फुस्को घर लिलाम गरिएपछि
तिनै युद्धवीरहरूलाई
अनागरिक र शरणार्थी बनाएपछि
देश बाँझो राखेर खाडी आवाद गरेपछि
यति हुँदा पनि जिउँदो मान्छे नबोलेपछि
मन थाम्न नसकेर
आज सडक बिच शालिकले फेरि कफन बाँधेको हो ।
आफ्नै अगाडि निर्मला पन्तको
अस्मिता लुटिएपछि
शक्तिको आडमा दोषीहरू लुकाएपछि
गङ्गामाया अनि गोविन्द केसीहरूका
सेताम्मे फुलेका केशहरूले न्याय नपाएपछि
कान्छी नकर्मीले सिटामोल नपाएर
छोरा गुमाउनु परेपछि
यति हुँदा पनि जिउँदो मान्छे नबोलेपछि
मन थाम्न नसकेर
आज सडक बिच शालिकले फेरि कफन बाँधेको हो ।
पैसाका बिटाहरूमा
नागरिक राज्यबाटै बेचिएपछि
दिनदहाडै परिवारको सपनाको हत्या भएपछि
आस्थाका धरोहरहरू
फुटपाथ बिर्सिएर कारगेटमा हुँइकिएपछि
मान्छेको मूल्य देशबाट हराएपछि
यति हुँदा पनि जिउँदो मान्छे नबोलेपछि
मन थाम्न नसकेर
आज सडक बिच शालिकले फेरि कफन बाँधेको हो ।
आफ्नै अघि
आफ्नै आमाको चीरहरण हुँदा
मिलमत्तोमा मूल्यवृद्धिले
सगरमाथा छोएपछि
बोल्धे र चमेलिको चुल्हो एकाएक चिसिएपछि
यति हुँदा पनि जिउँदो मान्छे नबोलेपछि
मन थाम्न नसकेर
आज सडक बिच शालिकले फेरि कफन बाँधेको हो !

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
निष्तब्ध कविता

निष्तब्ध कविता

प्रेम राई ‘परीक्षित’
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
रङ् भरौं उमङ्गका २०८३ सालमा

रङ् भरौं उमङ्गका २०८३...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x