साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरिष्ठता

हिन्दी या अङ्ग्रेजी कविताका पङ्तिलाई काटकुट र टाकटुक पारेर उसले आफ्ना उत्पादनका दुई चार किताब प्रकाशित गर्‍यो । खेताला लगाएर आफ्नो अभिनन्दन ग्रन्थ लेखायो ।

Nepal Telecom ad

रुद्र ज्ञवाली :

उसको मन बेचैन छ । बेचैन हुनुको कारण छ । कारण हो मनभित्र बसेको वरिष्ठताको प्रेत ।

वरिष्ठ हुने रहर कसलाई हुँदैन र ? वरिष्ठ अधिकृत । वरिष्ठ चिकित्सक । वरिष्ठ अधिवक्ता । वरिष्ठ न्यायाधीश । वरिष्ठ समाजसेवी । वरिष्ठ चिकित्सक । वरिष्ठ कलाकार । वरिष्ठ सङ्गीतकार । वरिष्ठ साहित्यकार ।

उसलाई पनि वरिष्ठ बन्ने रहर पलायो ।

साँच्चै वरिष्ठताको मापदण्ड के होला । ओछ्यानमा पल्टेको उसले गम्भीर चिन्तन गर्‍यो ।

अरू विधामा वरिष्ठ बन्नु त्यति सहज देखिएन । कतै डिग्री चाहिने, कतै सीप र कतै ठुलै लगानी चाहिने । सबै हिसाबले सजिलो पाटो साहित्यको लाग्यो ।

साहित्यका वरिष्ठतम् हाँगा पनि प्रशस्तै देख्यो । वरिष्ठ कवि, वरिष्ठ कथाकार, वरिष्ठ मुक्तककार, वरिष्ठ गजलकार, वरिष्ठ नियात्राकार, वरिष्ठ गीतकार, । थोरै मिहिनेत गर्ने हो भने कुनै एक वरिष्ठताको पगरी सजिलै भिर्न सकिन्छ भन्ने निष्कर्ष उसले निकाल्यो ।

सजिलोका लागि उसले आफ्नै नयाँ विधा उत्पादन गर्‍यो । तिनै उत्पादन बोकेर कार्यक्रम धाउन र कार्यक्रम शुरु नहुँदैदेखि मञ्चमा बस्न थाल्यो । बोल्ने पालो आउँदा लामालामा र गजबगजबका उपदेशहरूका घोट्टा पिलाउन थाल्यो । सम्पादक, समीक्षक र समालोचकलाई तरल पदार्थसहितिको पार्टी दिन थाल्यो ।

हिन्दी या अङ्ग्रेजी कविताका पङ्तिलाई काटकुट र टाकटुक पारेर उसले आफ्ना उत्पादनका दुई चार किताब प्रकाशित गर्‍यो । खेताला लगाएर आफ्नो अभिनन्दन ग्रन्थ लेखायो ।

धनकारी छँदै थियो, त्यसमा अलिकति मन पनि थप्योे । पुरस्कार स्थापना गर्‍यो र दिनुकोे अनुपातमा झन्नै दोब्बर आफूले पनि लियो ।

अचेल ऊ देशकै वरिष्ठ साहित्यकारमा गनिन्छ ।

०००
भैरहवा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x