साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लाज आफैँ लजायो

नेपालीको परिचयसँगै शान कल्ले बिकायो ? गाई मारी कुकुर, चितुवा बन्न कल्ले सिकायो ? साझामैत्री मुलुकहितको शान्ति कल्ले भजायो ? पाखण्डीका छलकपटले, लाज आफैँ लजायो ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा (जिताली) :

अत्याचारी अकुत लुटमा सर्म छाडेर आयो
भ्रष्टाचारी गति र मतिमा घूस भारी बजायो ।
गाईजात्रा प्रतिदिन गरी अङ्ग नाङ्गो बनायो
जात्रा हेरी मुलुकभरमा लाज आफैँ लजायो ।

खाँदा खाँदै घर शहरमा नाक छोप्ने बनायो
नाकै काट्यो प्रतिनिधि बनी नाच नाङ्गो नचायो ।
तन्नेरीको बल र पसिना पारि कल्ले पुर्‍यायो ?
देखी जात्रा सदनतिरको लाज आफैँ लजायो ।

जोजो हुन्छन् सुन, जमिनका धुन्दुकारी अघोरी
बन्छन् आफैं झटपट गरी न्यायकर्मी विचारी ।
जल्ले पायो लटपट गरी भाग ठूलो बजायो
हेदहिर्दै विविध घटना लाज आफैँ लजायो ।

नेपालीको परिचयसँगै शान कल्ले बिकायो ?
गाई मारी कुकुर, चितुवा बन्न कल्ले सिकायो ?
साझामैत्री मुलुकहितको शान्ति कल्ले भजायो ?
पाखण्डीका छलकपटले, लाज आफैँ लजायो ॥

गोर्खालीको पहुँच नबुझी हेप्न कल्ले लगायो ?
नेपालीको प्रखर गरिमा, स्वप्न कल्ले भगायो ?
हामी नै हौँ भुवनभरिका वीर ! जल्ले जनायो
देखी नेता हरिपसरिका ! लाज आफैँ लजायो ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौं,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मार्न थाले गाँठे !

मार्न थाले गाँठे !

डा. बमबहादुर जिताली
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
च्याँखे थाप्न थाले

च्याँखे थाप्न थाले

डा. बमबहादुर जिताली
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x