सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लाज आफैँ लजायो

नेपालीको परिचयसँगै शान कल्ले बिकायो ? गाई मारी कुकुर, चितुवा बन्न कल्ले सिकायो ? साझामैत्री मुलुकहितको शान्ति कल्ले भजायो ? पाखण्डीका छलकपटले, लाज आफैँ लजायो ॥

Nepal Telecom ad

डा. बमबहादुर थापा (जिताली) :

अत्याचारी अकुत लुटमा सर्म छाडेर आयो
भ्रष्टाचारी गति र मतिमा घूस भारी बजायो ।
गाईजात्रा प्रतिदिन गरी अङ्ग नाङ्गो बनायो
जात्रा हेरी मुलुकभरमा लाज आफैँ लजायो ।

खाँदा खाँदै घर शहरमा नाक छोप्ने बनायो
नाकै काट्यो प्रतिनिधि बनी नाच नाङ्गो नचायो ।
तन्नेरीको बल र पसिना पारि कल्ले पुर्‍यायो ?
देखी जात्रा सदनतिरको लाज आफैँ लजायो ।

जोजो हुन्छन् सुन, जमिनका धुन्दुकारी अघोरी
बन्छन् आफैं झटपट गरी न्यायकर्मी विचारी ।
जल्ले पायो लटपट गरी भाग ठूलो बजायो
हेदहिर्दै विविध घटना लाज आफैँ लजायो ।

नेपालीको परिचयसँगै शान कल्ले बिकायो ?
गाई मारी कुकुर, चितुवा बन्न कल्ले सिकायो ?
साझामैत्री मुलुकहितको शान्ति कल्ले भजायो ?
पाखण्डीका छलकपटले, लाज आफैँ लजायो ॥

गोर्खालीको पहुँच नबुझी हेप्न कल्ले लगायो ?
नेपालीको प्रखर गरिमा, स्वप्न कल्ले भगायो ?
हामी नै हौँ भुवनभरिका वीर ! जल्ले जनायो
देखी नेता हरिपसरिका ! लाज आफैँ लजायो ।

०००
नागार्जुन न.पा.-१, रानीवन, काठमाडौं,

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मौकामा चौकाको चर्तिकला

मौकामा चौकाको चर्तिकला

डा. बमबहादुर जिताली
एनसेलको सेल

एनसेलको सेल

डा. बमबहादुर जिताली
बुढ्यौली सेलो

बुढ्यौली सेलो

डा. बमबहादुर जिताली
वर्तमान र विगतको मर्म

वर्तमान र विगतको मर्म

डा. बमबहादुर जिताली
हिजो-आज

हिजो-आज

डा. बमबहादुर जिताली
तपाईं पत्रकार ?

तपाईं पत्रकार ?

सुभाषचन्द्र देवकाेटा
कविता लेखेर के हुन्छ ?

कविता लेखेर के हुन्छ...

भानुभक्त कुभिण्डेली
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल