बालकृष्ण खनालभिउटावर
त्यो दुर्बिनबाट त कतै बाडीपहिरो कतै आग्जनी कतै तुइनबाट नदी तर्दै गर्दा तुइन चुटेर बग्दै गरेका मृत मानव शरीर । कतै रुवाबासी कतै नाराबाजी कतै वैदेशिक रोजगारबाट फर्किएका राता बाकस देखेर मेरो मन विक्षिप्त भयो ।

बालकृष्ण खनाल :
यो सालको दशैँ तिहारको बीचमा केही साथीहरूको समूह बनाएर आन्तरिक परेटकको रुपमा खुब घुमियो । तर सम्पुणर् देशको स्थिति देख्दा उदेक लागेर आयो ।
बौद्धिक मानव निर्माण वा उत्पादन गर्ने विद्यालय र शैक्षिक संस्था भन्दा कैयौँ गुणा धेरै । भिकारी, मगन्ते, जोगी, फकिर, लामा उत्पादन गर्ने मन्दिर, मज्जित, गुम्बा, चर्चाको विकास भएको देखियो । घुम्दै गर्दा कोही साथीहरूबाट इलामको चिया बगान र झापा दमकमा निर्मित भिउटावर हेर्न जाने प्रस्ताव आयो ।
अनि हाम्रो टोली त्यतैतर्फ लाग्यो । इलामको चियाबारी त राम्रै रहेछ तर घुम्दैगर्दा बिच बिचमा भूमाफियाहरूको दुर्गन्धले सताउँथ्यो । अनि लागियो दमकतर्फ ।
जब हामी त्यो भिउटावरको छायाँमा बसेर त्यो टावरको टुप्पातर्फ नजर दौडायौँ ।
कोही मान्छे अतालिए जस्ता देखिन्थे कोही रोइरहेका थिए कोही राम राम भन्दै चिच्याइरहेका थिए ।
हामी पनि हतार हतार गरेर टावरको टुप्पोमा पुग्यौँ । त्यहाँ एउटा दुर्विन थियो त्यो दुर्विनबाट हेर्दै विचल्लित हुँदै गर्थे मान्छेहरू ।
अनि मैले पनि के देखिँदो रहेछ भनेर हेरेँ । त्यो दुर्बिनबाट त कतै बाडीपहिरो कतै आग्जनी कतै तुइनबाट नदी तर्दै गर्दा तुइन चुटेर बग्दै गरेका मृत मानव शरीर । कतै रुवाबासी कतै नाराबाजी कतै वैदेशिक रोजगारबाट फर्किएका राता बाकस देखेर मेरो मन विक्षिप्त भयो । अनि हामी त्यो भिउटावरमा कहिलै नचढ्ने वाचा गरेर फर्कियौँ ।
०००
कैलाली
Subscribe
Login
0 Comments
Oldest






































