साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्कार हुन् औषध वृद्ध पाका

सत्कार हुन् औषध वृद्ध पाका हुन् सिर्जना गौरव सिद्ध खासा । पिरेर जो दुर्जन दुःख दिन्छ भोग्नेछ ऊ श्राप सदैव रुन्छ ।

Nepal Telecom ad

पदम दाहाल :

नसम्झ पाको बुझ शुद्ध ज्ञानी
समृद्ध हुन् वृद्ध कथा कहानी ।
तिन्मा छ ऊर्जा अझ शक्ति दामी
विशुद्ध सच्चाइ छ सोच नामी ।१।

शाखा प्रशाखा बनियून् सहारा
नबिर्सिदे सन्तति स्तम्भकार ।
सन्तानका कष्ट र दुःख फाल्न
खटी छिचोले बनिए जँघार ।२।

अर्ती दिने जो उपदेशदाता
त्यै वृद्ध हो रक्षक कर्मदाता ।
माया दया पालक पौरखी को ?
नबिर्सिदे सन्तति जन्मदाता ! ।३।

टेकोपिँडो ती फलबोट बार
नबिर्सिने अग्रज धीत धार ।
वृद्धाश्रमैले फल पाइँदैन
सन्ताप टारून् जल चाहिंदैन ।४।

अकर्मले भुल्दछ कर्मणा त्यो
कृतघ्न त्यो बन्छ अघोर खोटो ।
अग्राख पाका शिव शैलजा हुन्
नबिर्स है पूर्वज देवता हुन् ! ।५।

सत्कार हुन् औषध वृद्ध पाका
हुन् सिर्जना गौरव सिद्ध खासा ।
पिरेर जो दुर्जन दुःख दिन्छ
भोग्नेछ ऊ श्राप सदैव रुन्छ ।६।

०००
सङ्खुवासभा, हालः लोकन्थली, भक्तपुर ।
फो.नं. ९८४२०९९८३१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x