डा. विदुर चालिसेछेपारो
त्यसपछि उनीहरू निकै बौलाहाझैं कराइरहे । लामो बाटो हिंडेपछि उनीहरूले पिएको मध्यपानले पनि छोड्दै गयो । बाटोमा भेटिएका एक पत्रकारले तिनका लागि बनाइदिएको बेहोसी कथा पढिरहे ।

दम्भ र अहङ्कारले चूर भएका महाजनहरू एकदिन सल्लाह गरिरहेका थिए । एक अर्काप्रति शङ्का, संशय र चालबाजीले तिनीहरूको निंदहराम भएको थियो । सबैजना जर्याकजुरूक उठेर आफ्नै तालमा उनीहरू जादुगरकहाँ पुगेर विन्ति गरे ।
– “प्रधानमन्त्री बनाइदेऊ !”
जादुगरले स्वस्थानी पढ्दै सबैलाई पालैपालो पदासिन गराइ दिने कथा सुनाए । अघिपछि उनीहरूलाई मौसमले च्यालेन्ज गथ्र्यो । यसपटक तिनले मौसमलाई च्यालेन्ज गर्न आफै लागे । तैयव सुट्ट भट्टितिर छिर्यो । एक पेग लगायो । बाहिर निस्क्यो । हल्ला गर्न लाग्यो । हल्ला गरेर पनि पुगेन । समाजका शालिन मान्छेहरूलाई हात छोड्न थाल्यो । कराइरह्यो ।
– “किन चाहियो ?”
प्राणेश्वर अर्को छेउबाट ढल्पलिंदै आयो । उसले पनि तैयवको स्वरमा स्वर मिलायो । उसको स्वरमा स्वर मिलाएर भन्यो ।
– “यत्रोविधि किन चाहियो !”
रामदासको हालत त्यस्तै थियो । उनीहरू सबैले मिलेर उधुम मच्चाउन लागे । तिनको हावभाव, स्वभाव र शैली अचम्मको थियो । स्वास्थ्य विज्ञानले उनीहरूलाई प्यारालाइज्ड ठाने पनि मनोविज्ञानले तिनलाई मनोरोगीको रूपमा ठान्थ्यो । त्यसैले उनीहरूको वास्ता कसैले गर्दैन थिए । जब एक झापड खाएर तैयव तब अर्कोतिर लाग्यो । उसलाई भट्टिवालले हेरिरहयो ।
बाँकी दुईजना पनि फेरि कराउँदै हिंड्न थाले ।
– “चाहियो, अब हामीलाई पनि चाहियो ।”
बाटोमा हिंडिरहेका मान्छेहरू तिनको हल्लाखल्ला र रूवाइत सुनेर सोध्न थाले ।
– “फेरि अब के चाहिएको ?”
– “सार्वभौम सत्ता !”
– “कुन चिन्हको ?”
– “पान चिन्हको !”
– “लौ, त्यो त पल्टिसक्यो !”
त्यसपछि उनीहरू निकै बौलाहाझैं कराइरहे । लामो बाटो हिंडेपछि उनीहरूले पिएको मध्यपानले पनि छोड्दै गयो । बाटोमा भेटिएका एक पत्रकारले तिनका लागि बनाइदिएको बेहोसी कथा पढिरहे ।
– “उल्टो सत्ता !”
उनीहरूले बाटोमा कराउँदै दुनिया अगाडि फेरि पिल्पिलाउँदै भन्नथाले ।
– “परिवर्तनको रङ !”
०००
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































