साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपारो

त्यसपछि उनीहरू निकै बौलाहाझैं कराइरहे । लामो बाटो हिंडेपछि उनीहरूले पिएको मध्यपानले पनि छोड्दै गयो । बाटोमा भेटिएका एक पत्रकारले तिनका लागि बनाइदिएको बेहोसी कथा पढिरहे ।

Nepal Telecom ad

दम्भ र अहङ्कारले चूर भएका महाजनहरू एकदिन सल्लाह गरिरहेका थिए । एक अर्काप्रति शङ्का, संशय र चालबाजीले तिनीहरूको निंदहराम भएको थियो । सबैजना जर्‍याकजुरूक उठेर आफ्नै तालमा उनीहरू जादुगरकहाँ पुगेर विन्ति गरे ।
– “प्रधानमन्त्री बनाइदेऊ !”
जादुगरले स्वस्थानी पढ्दै सबैलाई पालैपालो पदासिन गराइ दिने कथा सुनाए । अघिपछि उनीहरूलाई मौसमले च्यालेन्ज गथ्र्यो । यसपटक तिनले मौसमलाई च्यालेन्ज गर्न आफै लागे । तैयव सुट्ट भट्टितिर छिर्‍यो । एक पेग लगायो । बाहिर निस्क्यो । हल्ला गर्न लाग्यो । हल्ला गरेर पनि पुगेन । समाजका शालिन मान्छेहरूलाई हात छोड्न थाल्यो । कराइरह्यो ।
– “किन चाहियो ?”

प्राणेश्वर अर्को छेउबाट ढल्पलिंदै आयो । उसले पनि तैयवको स्वरमा स्वर मिलायो । उसको स्वरमा स्वर मिलाएर भन्यो ।
– “यत्रोविधि किन चाहियो !”

रामदासको हालत त्यस्तै थियो । उनीहरू सबैले मिलेर उधुम मच्चाउन लागे । तिनको हावभाव, स्वभाव र शैली अचम्मको थियो । स्वास्थ्य विज्ञानले उनीहरूलाई प्यारालाइज्ड ठाने पनि मनोविज्ञानले तिनलाई मनोरोगीको रूपमा ठान्थ्यो । त्यसैले उनीहरूको वास्ता कसैले गर्दैन थिए । जब एक झापड खाएर तैयव तब अर्कोतिर लाग्यो । उसलाई भट्टिवालले हेरिरहयो ।
बाँकी दुईजना पनि फेरि कराउँदै हिंड्न थाले ।
– “चाहियो, अब हामीलाई पनि चाहियो ।”

बाटोमा हिंडिरहेका मान्छेहरू तिनको हल्लाखल्ला र रूवाइत सुनेर सोध्न थाले ।
– “फेरि अब के चाहिएको ?”
– “सार्वभौम सत्ता !”
– “कुन चिन्हको ?”
– “पान चिन्हको !”
– “लौ, त्यो त पल्टिसक्यो !”

त्यसपछि उनीहरू निकै बौलाहाझैं कराइरहे । लामो बाटो हिंडेपछि उनीहरूले पिएको मध्यपानले पनि छोड्दै गयो । बाटोमा भेटिएका एक पत्रकारले तिनका लागि बनाइदिएको बेहोसी कथा पढिरहे ।
– “उल्टो सत्ता !”
उनीहरूले बाटोमा कराउँदै दुनिया अगाडि फेरि पिल्पिलाउँदै भन्नथाले ।
– “परिवर्तनको रङ !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाजी

बाजी

डा. विदुर चालिसे
चुनावकाे चम्चा

चुनावकाे चम्चा

डा. विदुर चालिसे
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x