साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो सरकार तिमी नै चलाऊ

शासन चलाऊ तिमी मिलिजुली बस अब घरकुटी खेली मान्छे विहिन मझेरीमा राष्ट्रको अस्थिपन्जर रहेसम्म चलाऊ तिम्रो सरकार तिमी नै ।

Nepal Telecom ad

यो सरकार तिमीहरूको हो
तिम्राहरूको हो
यो सरकार प्रेमको होइन
हाम्रो होइन
जनताको होइन ।

खेतिपाती गर्ने किसानको हुँदै होइन
कुटो कोदालो चलाउने
गाई भैंसी भेडा बाख्रा पाल्ने
परदेशमा कमाएर परिवारको गर्जो टार्ने
सरकारका लागि बिप्रेषण आयात गर्ने
को त हुँदै होइन
गरिखानेहरूको हुँदै होइन।

यो तिम्रो हो
तिमीलाई पोस्ने को हो
भोका पेटमा आगो झोस्ने को हो
बिचौलियाको हो
नक्कली किसानको हो
नक्कली गोठालाको हो
नक्कली हलीको हो
तिमीले दिने अनुदानवालाहरूको हो
ठगिखानेहरूको हो ।

ल, चलाऊ तिमी
तिमी नै जनता
तिमी नै नेता
तिम्रो नै भूगोल
तिमी नै क्षेत्रफल
तल्सिङ तिमी
मोही तिमी ।

इमान र जमानमा बाँच्नेहरू
पाखुरा लिएर बसाई सर्दैछन्
तिम्राहरू धनको पोको बोकेर
उतै सुइकुच्चा ठोक्दैछन्
तिम्रा मान्दै गरेका तिम्रा होइनन्
नितान्त धनका हुन् धनका !

शासन चलाऊ तिमी मिलिजुली
बस अब घरकुटी खेली
मान्छे विहिन मझेरीमा
राष्ट्रको अस्थिपन्जर रहेसम्म
चलाऊ तिम्रो सरकार तिमी नै ।

०००
कैलाली, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
फर्मान प्रेमी

फर्मान प्रेमी

शिवप्रसाद जैशी
निस्सासिएछ हावा

निस्सासिएछ हावा

शिवप्रसाद जैशी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x