साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कोरोना र मान्छे

किन नेगेटिभ भएको प्रमाण खोजिरहेछन् हस्पिटलहरूमा ? बलिया भन्नेहरू किन दुब्ला र निरीह भएका छन् ? किन नकाम छन् सुरक्षा घेरा ? किन बेकाम छन् एके-४७ र एम-१६ ? तिम्रो सहर भित्र ?

Nepal Telecom ad

शक्तिशाली भनिनेहरू
जाबो एक माईक्रोनभन्दा सानो
कोरोनाबाट
किन भाग्छन् परपर ?
किन ढाकिरहेछन् अनुहार
कालोबजारीको मास्कले ?
किन मार्न सक्तैनन् कोरोनाहरू
गोलिगठ्ठाहरूले ?
पानीका फोहोराहरूले ?
अनि अश्रुग्याँसका सेलहरूले ?
किन खोजिरहेछन् स्यानिटाइजर ?
सन्सारलाई मुठ्ठीमा कस्छु भन्नेहरू
किन खुम्चिएका छन्
घरको चौघेरा भित्र ?
किन बन्दी भएका छन् आइसोलेसनमा ?
किन भागिरहेछन्
बलिया भनाउदाहरू
जाबो ०.००६ भन्दा सानो कोरोनादेखि
कोशौ र कोशौ टाढा…?
किन छेक्दैन कोरोना
तिनका लम्बेतान कारगेटहरूले ?
पोजिटिभ पोजिटिभ भनेर नथाक्नेहरू
किन नेगेटिभ भएको
प्रमाण खोजिरहेछन् हस्पिटलहरूमा ?
बलिया भन्नेहरू
किन दुब्ला र निरीह भएका छन् ?
किन नकाम छन् सुरक्षा घेरा ?
किन बेकाम छन् एके-४७ र एम-१६ ?
तिम्रो सहर भित्र ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कमरेड

कमरेड

प्रेम राई ‘परीक्षित’
भगवान्, मलाई शिक्षक बनाइदेऊ !

भगवान्, मलाई शिक्षक बनाइदेऊ...

प्रेम राई ‘परीक्षित’
बन्सोको साम्राज्य

बन्सोको साम्राज्य

प्रेम राई ‘परीक्षित’
शालिकको आव्हान

शालिकको आव्हान

प्रेम राई ‘परीक्षित’
राज्यको खुराफाती

राज्यको खुराफाती

प्रेम राई ‘परीक्षित’
भष्मासुरको अन्त्य

भष्मासुरको अन्त्य

प्रेम राई ‘परीक्षित’
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x