साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १४ औँ साधारण सभा र ‘लुसाको फेरो’ विमोचन

सुरभि साहित्य प्रतिष्ठानको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही दिन सुरभि साहित्य १३९ औँ आख्यान वाचन कार्यक्रम र अध्यक्ष बाजुराम पौडेलको उपन्यास ‘लुसाको फेरो’ विमोचन

Nepal Telecom ad

काठमाडौं, २०७९ साउन २१ । सुरभि साहित्य प्रतिष्ठानको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोही दिन सुरभि साहित्य १३९ औँ आख्यान वाचन कार्यक्रम र अध्यक्ष बाजुराम पौडेलको उपन्यास ‘लुसाको फेरो’ विमोचन भएको छ ।

तीन चरणमा गरिएको यो कार्यक्रम बिहान ११ बजेदेखि १४ औँ वार्षिक साधारण सभा सुरु भएको थियो । त्यसपछि १ बजेदेखि आख्यान वाचन प्रारम्भ भई यसै बिचामा पुस्तक लोकार्पण भएको थियो । साधारण सभा अध्यक्ष बाजुराम पौडेलको सभापतित्व र गोनपा वडा नं. ८ का पूर्व वडाध्यक्ष मनोजकुमार ढुङ्गानाको विशिष्ट आतिथ्य रहेको थियो ।

अन्य अतिथिहरूमा सुरभिका संरक्षक गोविन्द घिमिरे वेदमणि, साहित्यकार कणाद महर्षि, सल्लाहकार दीपकसिंह भण्डारी, छहारी युवाक्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, समाज सेवी भावना ठकुरी, वसन्त रिजाल, गोपाल बराललगायत रहनुभएको थियो । साधारण सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन पारित गरी नयाँ कार्य समितिको चयन गरेको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष- बाजुराम पौडेल, उपाध्यक्ष- परशुराम पराशर, सचिव- अच्युत घिमिरे, कोषाध्यक्ष- रामकुमार पण्डित क्षेत्री, सहसचिव- मेनका पोखरेल आचार्य, सदस्य- नगेन्द्र भट्टराई र प्रमोद प्याकुरेल गरी सात सदस्यीय कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिलाई गोपाल बराल, वसन्त रिजाल, भावना ठकुरी, दीपकसिंह भण्डारी, गोविन्द घिमिरे वेदमणिले बधाई तथा शुभकामना दिनुभएको थियो भने विशिष्ट अतिथि मनोजकुमार ढुङ्गानाले गत कार्यकालमा सुरभि साहित्य प्रतिष्ठानलाई सहयोग गरिएकोमा अबको कार्यकालमा आफू बाहिर बसेर पनि सकेसम्म सहयोग गर्ने बताउनुभयो ।

साधारण सभासमापन भएपछि आख्यान वाचन र कृति लोकार्पणको कार्यक्रम सुरु भएको थियो । कार्यक्रमको सभापतित्व वरिष्ठ साहित्यकार नरेन्द्रराज पौडेलले गर्नुभएको थियो भने प्रमुख अतिथि पूर्वमन्त्री दीनबन्धु अर्याल हुनुहुन्थ्यो । अन्य अतिथिहरूमा संरक्षक विजय चालिसे, युवराज मैनाली, गोविन्द घिमिरे वेदमणि, सल्लाहकार कणाद महर्षि, गङ्गा कर्माचार्य पौडेल, माधव खनाल, अतिथि राममणि पोखरेल, हरिभक्त सिग्देल र महेन्द्र चालिसे हुनुहुन्थ्यो ।

केही कथाहरूको वाचनपछि प्रमुख अतिथि, अतिथि लगायतले सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको नवीनतम उपन्यास ‘लुसाको फेरो’ विमोचन गर्नुभएको थियो । विमोचनपछि समालोचक युवराज मैनालीले पुस्तकको समीक्षा गर्नुभएको थियो । बिचबिचमा कथा वाचन र अतिथि वक्ताहरूले बधाई तथा शुभकामना दिनु भएको थियो । कथा वाचनमा सुशील आचार्य, रामचन्द्र दाहाल, लक्ष्मण खतिवडा, पवित्रा अधिकारी, भोलानाथ सुवेदी, गङ्गा कर्माचार्य पौडेल र गोविन्द सङ्गत महर्जनले कथा वाचन गर्नुभएको थियो ।

बिहान ११ बजेदेखिको साधारण सभा कार्यक्रम उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गर्नुभएको थियो भने दिउँसो १ बजेदेखिको कथा वाचन तथा पुस्तक विमोचनको कार्यक्रम सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गर्नुभएको थियो । दुवै कार्यक्रमको स्वागत मन्तव्य भने सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

– परशुराम पराशर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x