साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुतो

गर्दछन् तिनै भष्म लेपन लुट्दछन् बसी राष्टको धन । साधु बन्दछन् वस्त्र ती धरी फैलियो लुतो फाल्नु के गरी ।

Nepal Telecom ad

देशमा बढे भ्रष्टका जरा
डस्छ रोगले पर्छ झन् थला ।
राजनीतिको गन्ध बेसरी
फैलियो लुतो फाल्नु के गरी ।।१।

लड्दछन् पसी भित्र बाहिर
मिल्दछन् तिनै खान खातिर ।
पाप कर्मले मिल्छ के हरि
फैलियो लुतो फाल्नु के गरी ।।२।

आसमा कठै! बाँच्दछन् कति
दीनको सधैँ हुन्छ दुर्गति ।
हेर्दछन् बसी बोटमा चरी
फैलियो लुतो फाल्नु के गरी ।।३।

गर्दछन् तिनै भष्म लेपन
लुट्दछन् बसी राष्टको धन ।
साधु बन्दछन् वस्त्र ती धरी
फैलियो लुतो फाल्नु के गरी ।।४।

लोभ शत्रु हो, हैन मित्र यो
याद होस् यही दिव्य चित्र हो।
ग्रस्त बोट छन् रुग्ण मञ्जरी
फैलियो लुतो फाल्नु के गरी ।।५।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दासी होइन नेपाली

दासी होइन नेपाली

उत्तम विचार
चुपचाप !!!

चुपचाप !!!

उत्तम विचार
सङ्कल्प !

सङ्कल्प !

उत्तम विचार
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x