साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेषजराज प्रतिष्ठानको ५१ औँ रचनावाचन

भेषजराज साहित्य प्रतिष्ठानले नियमित रूपमा सञ्चालन गर्दै आएको रचनावाचनको ५१ औँ शृङ्खला वालिङ- ८, गरादी कम्प्लेक्समा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

Nepal Telecom ad

वालिङ । साउन २१, ०७९ । भेषजराज साहित्य प्रतिष्ठानले नियमित रूपमा सञ्चालन गर्दै आएको रचनावाचनको ५१ औँ शृङ्खला वालिङ- ८, गरादी कम्प्लेक्समा एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

पिरामिड कुटीको व्यवस्थापनमा भएको उक्त कार्यक्रम दुई चरणमा सम्पन्न गरिएको थियो । पहिलो चरणमा संस्कृत वाङ्मयमा जीवनोपयोगी पक्षहरू विषयमा मोहिनीशरण स्मृति प्रतिष्ठानका अध्यक्ष ध्रुवराज उपाध्याय अर्यालले प्रवचन गर्नुभएको थियो भने उहाँको प्रवचनमाथि विद्वान् केदारशरण विकलले टिप्पणी गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वालिङ बहुमुखी क्याम्पसका अध्यक्ष हुमकान्त कोइरालाले भेषजराज साहित्य प्रतिष्ठानले नियमित रचनावाचन कार्यक्रमसँगै विभिन्न विषयका बारेमा जानकारी गराउने उद्देश्यले यस्ता प्रवचनहरू पनि गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा कविहरू लेखनाथ काफ्ले, विप्लव खनाल, नारायणप्रसाद रेग्मी, डोलराज सुवेदी, कृष्णप्रसाद अर्याल, बोधराज न्यौपाने, अमृत रेग्मी, शम्भु अर्याल, मिलन समीर, देवराज गैरे लगायत १५ जना स्रष्टाहरूले आआफ्ना सृजना प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा जङ्गल थेरापी र योग साधना पनि गरिएको थियो । जसमा सहजीकरण क्रमशः डा. अच्युतशरण अर्याल र इन्द्रानी शर्माले गराउनुभएको थियो । त्यसपछि कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानका सल्लाहाकार डा. अच्युतशरण अर्यालले प्राकृतिक जीवनशेैलीका बारेमा, गङ्गा अर्यालले आहारशेैलीका बारेमा र विशाल ज्ञवालीले जलशैलीका बारेमा जानकारी दिनुभएको थियो । सङ्गीतको महत्त्व र यसको विविध पक्षहरूका बारेमा सप्तक सङ्गीत विद्यालयका अध्यक्ष देवराज गैरेले जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा अतिथिका रूपमा वालिङ नगरपालिका वडा नं ८ का जनप्रतिनिधि चोलाकान्त अर्याल, वडा नं. १० कि जनप्रतिनिधि गङ्गा शर्मा, वालिङ बहुमुखी क्याम्पसका सहायक प्राध्यापकहरू तोयनाथ कोइराला र विनोद खनालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

५०/५५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले गर्नुभएको थियो भने सञ्चालन सचिव श्यामप्रसाद ढुङ्गानाले गर्नुभएको थियो ।

– वालिङ, स्याङ्जाबाट श्याम ढुङ्गाना

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x