साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चारवटा ठोक्तक

जति टाढा म जान्छु, त्यति नजिक सरेकै थियौ कस्तो तिमी त छ्या ! भन्ने गर्या भुलेछौ कि क्या हो ? पराइले मलाई हेर्दासम्म पनि आँखा तरेकै थियौ ।

Nepal Telecom ad

एक
कोहि त लुकिलुकी हान्ने भएनन् भने
हो, देखिदेखी रिस मान्ने भएनन् भने
जिन्दगी कसरी अगाडि बढ्छ र प्रिय ?
दुई चार जना खुट्टा तान्ने भएनन् भने ।

दुई
दुई दिन मात्रै बग्ने बर्सातको भेल हो जीवन
एक्लो मात्रै होइन दुई आत्माको मेल हो जीवन
कहिले जित त कहिले हार भई नै रहन्छ
प्रतिस्पर्धात्मक रमाइलो खेल हो जीवन ।

तीन
पर्दिन म पर्दिन भन्दाभन्दै नजिक परेकै थियौ
जति टाढा म जान्छु, त्यति नजिक सरेकै थियौ
कस्तो तिमी त छ्या ! भन्ने गर्या भुलेछौ कि क्या हो ?
पराइले मलाई हेर्दासम्म पनि आँखा तरेकै थियौ ।

चार
इतिहासको पाना पल्टाइ नाम खोज्दै छु
गरेँ धेरै र त त्यस्तो इनाम खोज्दै छु
तिम्रो गुलामी गरेर थाकिसकेँ हौ म त
अन्तरीक्षमै आफ्नो लागि काम खोज्दै छु ।

हेटौँडा, मकवानपुर 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमृता लामिछाने
चार ठोक्तक

चार ठोक्तक

अमृता लामिछाने
उनको चुनाव चिन्ह के हो ?

उनको चुनाव चिन्ह के...

अमृता लामिछाने
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x