साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनको चुनाव चिन्ह के हो ?

यी रुपमा राम्रा भएकाले हाम्रो मन मात्रै होइन, पूरै देश नै पो खान्छन् जस्तो लाग्न थाल्यो ।

Nepal Telecom ad

सूर्यमा अलिकति, रुखमा अलिकति
हसिया हथौड़ामा अलिकति, कलममा अलिकति
गिलासमा अलिकति च्वास्स
लौरोमा अलिकति बालेन देखेर
दिन पाउदिन क्यारे साँच्चै उनलाई भोट
हैन यो मन पनि के भको
सबैमा अलिकति मात्रै भन्छन्
हिजो भर्खर घरमै आएर
भोट मागेका दाजु कति राम्रा
चट्ट रुप मिलेका गोरा हेरिरहुँ लाग्ने
के ? कुन ? को ? कुन पार्टी पनि हेरिनछु
भुसुक्कै रुपमै भुलेछु
कोल्टे परेरै हेर्छु, हेर्दैनन्
नजिकै गएर हेर्छु टाढा सर्छ्न्
भएन,
आँखा अगाडि नै गएर बस्छु आँखा घुमाउछन्
मलाई त फिटिक्कै हेर्दैनन् त ?
साँच्चिकै उहाँलाई था भएछ कि क्या हो ?
मेरो त भोटर लिस्टमा नामै नभएको
अब त मैले निणर्य लिनै पर्ने भयो र सम्झिएँ,
मैले त राम्रालाई होइन
यी रुपमा राम्रा भएकाले हाम्रो मन मात्रै होइन,
पूरै देश नै पो खान्छन् जस्तो लाग्न थाल्यो
अघि भर्खर मन परेको अनुहार
अहिले कस्तोकस्तो लाग्न थाल्यो
के नमिले नमिले जस्तो लाग्न थाल्यो
सायद,
मलाई नहेरेको भएर त होइन ?
लौ न भन्दिनुस्-
उनको चुनाव चिन्ह कुन हो ?

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमृता लामिछाने
चारवटा ठोक्तक

चारवटा ठोक्तक

अमृता लामिछाने
चार ठोक्तक

चार ठोक्तक

अमृता लामिछाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x