नन्दलाल आचार्यचुकुल
“चुनावी वर्ष हो यो २०७९ । वर्षभरि हर्ष र विस्मात् रहन्छ । तर अहिले हर्षले हैन वाध्यताले गाएको हो ।”

एकाबिहानै ठिटो कल चलाउँदै थियो । उसको अनुहारको आभा उडेको थियोे । ऊ थकित र कलान्त थियो ।
“महिना दिनको मेहनत नालीमा स्वात्तै बग्यो ।” ऊ एक्लै भुत्भुताउँदै थियोे ।
“ओई, तँलाई के भो ?” मैले सटीक प्रश्न सोधेँ ।
“चुनावले रन्थन्याएको हो, हजुर ।” उसले पनि उस्तै जवाफ पस्कियो ।
कुरा बुझ्दै जाँदा उसको छाया छापले हारेछ । अँध्यारो छापले जितेछ । म मर्निङवाकबाट फर्कँदा भने ऊ गीत गाउँदै थियोे । म छक्क परेर उभिएर टोहलाउन पुगेँ ।
ऊ चर्पीबाट निस्कँनासाथ सोधेँ; “के हो, चुनावी धङ्धङ्ती त क्षणिक पो रहेछ त !”
मलाई स्पष्टीकरण दिँदै उसले भनेको थियोे; “चुनावी वर्ष हो यो २०७९ । वर्षभरि हर्ष र विस्मात् रहन्छ । तर अहिले हर्षले हैन वाध्यताले गाएको हो ।”
चर्पीमा चुकुल रहेनछ । कसैले वाधा नपारून् भनी चर्पी प्रयोग गर्दा उसले गीत गुनगुनाएको रहेछ ।
२०७९-०१-२१
सिर्जना कुटी, सिरहा । हाल- सिद्धार्थटोल, उदयपुर ।
Subscribe
Login
0 Comments
Oldest









































