साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चुकुल

“चुनावी वर्ष हो यो २०७९ । वर्षभरि हर्ष र विस्मात् रहन्छ । तर अहिले हर्षले हैन वाध्यताले गाएको हो ।”

Nepal Telecom ad

एकाबिहानै ठिटो कल चलाउँदै थियो । उसको अनुहारको आभा उडेको थियोे । ऊ थकित र कलान्त थियो ।

“महिना दिनको मेहनत नालीमा स्वात्तै बग्यो ।” ऊ एक्लै भुत्भुताउँदै थियोे ।

“ओई, तँलाई के भो ?” मैले सटीक प्रश्न सोधेँ ।

“चुनावले रन्थन्याएको हो, हजुर ।” उसले पनि उस्तै जवाफ पस्कियो ।

कुरा बुझ्दै जाँदा उसको छाया छापले हारेछ । अँध्यारो छापले जितेछ । म मर्निङवाकबाट फर्कँदा भने ऊ गीत गाउँदै थियोे । म छक्क परेर उभिएर टोहलाउन पुगेँ ।

ऊ चर्पीबाट निस्कँनासाथ सोधेँ; “के हो, चुनावी धङ्धङ्ती त क्षणिक पो रहेछ त !”

मलाई स्पष्टीकरण दिँदै उसले भनेको थियोे; “चुनावी वर्ष हो यो २०७९ । वर्षभरि हर्ष र विस्मात् रहन्छ । तर अहिले हर्षले हैन वाध्यताले गाएको हो ।”

चर्पीमा चुकुल रहेनछ । कसैले वाधा नपारून् भनी चर्पी प्रयोग गर्दा उसले गीत गुनगुनाएको रहेछ ।

२०७९-०१-२१
सिर्जना कुटी, सिरहा । हाल- सिद्धार्थटोल, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
खरोखास मित्र

खरोखास मित्र

सुरेशकुमार पाण्डे
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
पैसा पोसाउने पेसा !

पैसा पोसाउने पेसा !

ठाकुरप्रसाद अधिकारी
फोकटलालको ज्ञानोपदेश

फोकटलालको ज्ञानोपदेश

दामाेदर न्याैपाने
दुईतिहाइको ठेडी

दुईतिहाइको ठेडी

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x