साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुद्धिमान राजा

मतदान गर्दा पनि यदि हाम्रो मत कुपात्रमा पर्यो भने देश कुहिन्छ या त बिक्री हुन्छ ।

Nepal Telecom ad

एकादेशमा एउटा राजाका तीनजना छोराहरू रहेछन । राजा बुढा हुँदै गएकोले राज्यको कार्यभार कुनै उनी एउटा छोरालाई सुम्पिन चाहन्थे । तर कुन छोरालाई राज्य सुम्पिदा राज्यको सुरक्षा र विकास होला भनि जाँच गर्न मन लागेछ ।

यसै उद्देश्यका लागि राजाले विभिन्न उन्नत जातका फलफूलका तीन बोरा बिउ दरबारमा झिकाएर छोराहरूलाई बाँड्दै भनेछन्- “बाबु हो, तिमीहरूले आ-आफ्नो भागको यो बिउलाई जतन गरिराख्नू । म भोलि नै दुई तीन बर्षका लागि तीर्थ गर्न जाँदैछु, फर्किएर आएपछि लिउँला ।”

राजा तीर्थाटनका लागि निस्किए ।

तीन वर्षपछि राजा तीर्थबाट फर्किएपछि छोराहरूलाई बोलाएर सोधे- फलफूलका बिउहरू तिमीहरू ककसले के के गर्यौ ? मलाई जानकारी देऊ ।

जेठो छोराले भनेछ- “भण्डार कोठामा राखेको छु । हेर्न सवारि होस् बुवा । उसले राजालाई बिउ राखेको कोठामा
लगेछ । कोठाको ढोका खोल्नासाथ ह्वास्स नमीठो गन्ध आएछ । बोराभित्रको सबै बिउ कुहिएर गन्हाई सकेको । यो दृश्य देखेपछि बाबुले सोचेछ कि यसको हातमा राज्य सुम्पियो भने राज्य पनि यसैगरि कुहिनेछ । राजा यो निष्कर्षमा पुगेछन् ।

त्यसपछि माइलो छोरालाई सोधेछन् । उसले भनेछ- “राखि रहँदा कुहिएला भनि मैले बेचिदिएँ ।” उसको कुरा सुनेपछि राजाले सोचेछन्- यसको हातमा राज्य सुम्पियो भने यसले राज्य नै बेच्ने रहेछ ।

त्यसपछि कान्छो छोरालाई त्यही प्रश्न सोधेछन् । उसले हराभरा बगैँचामा लगेर देखाउँदै भनेछ- हजुरले दिएको बिउ उमारेर बिरुवा मैले फलफूलका बिरुवा हुर्काएँ । ल हेर्नुहोस् कोही फुल्न लागेका छन्, कोही फल्न लागेका छन् ।

हराभरा, झकिझकाउ सुन्दर बगैंचा देखेपछि राजा खुसीले गदगद भएछन् र भनेछन्- यसको हातमा राज्य
सुम्पियो भने मेरो राज्य अवस्य पनि यसैगरी फल्नेछ, फुल्नेछ । राजा यो निष्कर्षमा पुगेछन् ।

अहिले हाम्रो देशमा थुप्रै नेताहरू छन्, कुन नेताले देश सडाउँछ, कुनले बेच्छ र कुनले फुलाउँछ फलाउँछ त्यसको पारख राम्रो सङ्ग गर्नुपर्ने ठूलो चुनौती हाम्रो अहिले हाम्रो सामु खडा भएको छ । राम्रोसँग जाँचबुझ नगरिकन छोरी दियो भने छोरीको जीवन बिग्रिन्छ । मतदान गर्दा पनि यदि हाम्रो मत कुपात्रमा पर्यो भने देश कुहिन्छ या त बिक्री हुन्छ । अस्तु ।

ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कवाडी र गफाडी

कवाडी र गफाडी

भक्तबहादुर नेपाली
झोलेसँग दोहोरी

झोलेसँग दोहोरी

भक्तबहादुर नेपाली
काग र कोइली

काग र कोइली

भक्तबहादुर नेपाली
कुइरे पस्यो यो देशमा

कुइरे पस्यो यो देशमा

भक्तबहादुर नेपाली
हँस्यौलीका तीन खित्का

हँस्यौलीका तीन खित्का

भक्तबहादुर नेपाली
त्यो सिंह मर्दछ

त्यो सिंह मर्दछ

भक्तबहादुर नेपाली
बजेट

बजेट

रामकुमार पण्डित क्षेत्री
ताली

ताली

चम्पा दिवस राई
गधाको कथा

गधाको कथा

माधव पोखरेल गोज्याङ्ग्रे
परिचय

परिचय

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x