सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सौन्दर्य लोकतन्त्रको ?

टाउको अरुले नै फुटाइदिनुपर्ने कुर्शी अरुले नै जुटाइदिनुपर्ने कुरा चैं नयाँ नेतृत्व परिवर्तनको गर्ने तर सँधै आफू नै अध्यक्षमा बसिरहनुपर्ने ।

Nepal Telecom ad

कतै भट्टीमा, रेस्टुरेन्टमा र बारमा
केही भुटन, केही सितन र केही झोल खन्याएर
अंध्यारा कुनामा हप्काएर, फकाएर, कपाल कन्याएर
पैसा बाँटेर, दुनियाँ ढाँटेर
इमान्दार र नैतिकवानको पखेटा काटेर
जहाँ पनि जसरी पनि आफैंले जित्नु पर्ने
यहि रहेछ लोकतन्त्रको सौन्दर्य ?

भट्टीमा सुरा
एकान्तमा छुरा
अभावमा पैसा
संघमा गुट
आश्वासनको झुट
कहिले रङ्गको कहिले रुपको विनिमय
यहि रहेछ लोकतन्त्रको सौन्दर्य ?

लड्न चैं अरुले नै लड्दिनुपर्ने
घाइते अपाङ्ग भएर सड्दिनुपर्ने
झोला चैं अरुले नै बोक्दिनुपर्ने
सिद्धान्त चैं अरुले नै घोक्दिनुपर्ने
पदको लागि दुनियाँलाई बेकुफ बनाइने
अवसर
छोराछोरी आफन्त ससुरालीलाई नै चाहिने
टाउको अरुले नै फुटाइदिनुपर्ने
कुर्शी अरुले नै जुटाइदिनुपर्ने
कुरा चैं नयाँ नेतृत्व परिवर्तनको गर्ने
तर सँधै आफू नै अध्यक्षमा बसिरहनुपर्ने
यहि रहेछ लोकतन्त्रको सौन्दर्य ?

ठिकै छ हामीले चाहेको यहि हो भने
धाक धमास र प्रलोभनको नेतृत्व गर्ने
नेता चाहिएको हो भने
मलाई हार्नु नि उचित छ
यसैमा मेरो जित छ
किनकि
न मलाई हारको डर छ न भय
यहि हो लोकतन्त्रको सौन्दर्य ?

गौरादह, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
नयाँ वर्षमा

नयाँ वर्षमा

खगेन्द्र नेउपाने
हे भगवान !

हे भगवान !

खगेन्द्र नेउपाने
जतातिर हरियाे छ त्यतैतिर चर्नुपर्छ

जतातिर हरियाे छ त्यतैतिर...

खगेन्द्र नेउपाने
को हो त्यो ?

को हो त्यो ?

खगेन्द्र नेउपाने
रुख

रुख

खगेन्द्र नेउपाने
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम
सम्धी पुराण

सम्धी पुराण

घनश्याम रेग्मी
भन मित्र आगे

भन मित्र आगे

देव भट्टराई (२)