साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सौन्दर्य लोकतन्त्रको ?

टाउको अरुले नै फुटाइदिनुपर्ने कुर्शी अरुले नै जुटाइदिनुपर्ने कुरा चैं नयाँ नेतृत्व परिवर्तनको गर्ने तर सँधै आफू नै अध्यक्षमा बसिरहनुपर्ने ।

Nepal Telecom ad

कतै भट्टीमा, रेस्टुरेन्टमा र बारमा
केही भुटन, केही सितन र केही झोल खन्याएर
अंध्यारा कुनामा हप्काएर, फकाएर, कपाल कन्याएर
पैसा बाँटेर, दुनियाँ ढाँटेर
इमान्दार र नैतिकवानको पखेटा काटेर
जहाँ पनि जसरी पनि आफैंले जित्नु पर्ने
यहि रहेछ लोकतन्त्रको सौन्दर्य ?

भट्टीमा सुरा
एकान्तमा छुरा
अभावमा पैसा
संघमा गुट
आश्वासनको झुट
कहिले रङ्गको कहिले रुपको विनिमय
यहि रहेछ लोकतन्त्रको सौन्दर्य ?

लड्न चैं अरुले नै लड्दिनुपर्ने
घाइते अपाङ्ग भएर सड्दिनुपर्ने
झोला चैं अरुले नै बोक्दिनुपर्ने
सिद्धान्त चैं अरुले नै घोक्दिनुपर्ने
पदको लागि दुनियाँलाई बेकुफ बनाइने
अवसर
छोराछोरी आफन्त ससुरालीलाई नै चाहिने
टाउको अरुले नै फुटाइदिनुपर्ने
कुर्शी अरुले नै जुटाइदिनुपर्ने
कुरा चैं नयाँ नेतृत्व परिवर्तनको गर्ने
तर सँधै आफू नै अध्यक्षमा बसिरहनुपर्ने
यहि रहेछ लोकतन्त्रको सौन्दर्य ?

ठिकै छ हामीले चाहेको यहि हो भने
धाक धमास र प्रलोभनको नेतृत्व गर्ने
नेता चाहिएको हो भने
मलाई हार्नु नि उचित छ
यसैमा मेरो जित छ
किनकि
न मलाई हारको डर छ न भय
यहि हो लोकतन्त्रको सौन्दर्य ?

गौरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
मजदुर

मजदुर

खगेन्द्र नेउपाने
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x