साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

Nepal Telecom ad

एक

बाटो पहिल्यै किन्छु भन्थ्यौ पाइला किनेर देखाऊ
म मुटु ओछ्याउँछु सक्छौ तिमी हिंडेर देखाऊ
पर्ख न ! थोरै रगत झिक्छु मेरो पनि मिसाउँछु
कुन तिम्रो कुन मेरो लौ त चिनेर देखाऊ ।

दुई
घर हराउन सक्छ अनि गोठ हराउन सक्छ
तिम्रो मेरो मायाको बोट हराउन सक्छ
तिमी खुकुरी भई म अचानो हुँदा के भो ?
एक दिन मेरै पनि चोट हराउन सक्छ ।

तीन
कोहि त लुकिलुकि हान्ने भएनन् भने
हो, देखिदेखी रिस मान्ने भएनन् भने
जिन्दगी कसरी अगाडि बढ्छ र प्रिय ?
दुई चार जना खुट्टा तान्ने भएनन् भने ।

चार
मरुभूमिको दुनियाँलाई सहर बनाइदिन्छु
बर्सौंको मेहेनत एक प्रहर बनाइदिन्छु
आगोको इँट माथि परालको छानो राखी
हेर्नुस् त्यस्ता समुन्द्रमा घर बनाइदिन्छु ।

मकवानपुर, हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमृता लामिछाने
चारवटा ठोक्तक

चारवटा ठोक्तक

अमृता लामिछाने
उनको चुनाव चिन्ह के हो ?

उनको चुनाव चिन्ह के...

अमृता लामिछाने
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
0
Would love your thoughts, please comment.x
()
x